Sunday, November 29, 2020

कस्तो खानाले पेट सफा हुन्छ ?

- Advertisement -

घरमा बसिरहँदा वा शारीरिक श्रम नगर्दा खानेकुरा सहजै पच्दैन । त्यसमाथि परिवारसँग बसेको बखत मीठो मसिनो खान मन लाग्छ । तारेको, भुटेको, मसलेदार खानेकुरा खाइरहँदा पेटमा भने गडबड सुरु हुन्छ । ग्याष्ट्रिक, कब्जियत, पखला, वान्ता जस्ता समस्या हुन्छ । पाचन तन्त्र कमजोर हुँदै गर्दा हामीले खाएको खानेकुराहरु पच्दैन । खानेकुरा राम्ररी पचेन भने आवश्यक पोषक तत्व पनि शरीरले ग्रहण गर्न सक्दैन । यसको नतिजा, शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।

पाचन तन्त्रले कसरी काम गर्छ ? :- पाचन तन्त्रले कसरी काम गर्छ भनेर बुझ्न सकियो भने खानपानमा लापरबाही गर्न मन लाग्दैन । जस्तो हामी विभिन्न खानेकुरा खाने गर्छौं । ति खानेकुरा पचाउने प्रक्रिया मुखबाट नै सुरु हुन्छ । दाँतले खानेकुरा स-सानो टुक्रा बनाएर ¥यालमा रहेको इन्जाइमले यसलाई अरु मिहिन बनाउने काम गर्छ । उक्त खानेकुरा यसरी ग्लुकोज, एमिनो एसिड र फ्याटी एसिडमा बद्लिन्छ । यी तत्व रगतको माध्यामबाट शरीरका विभिन्न भागमा पुग्छ ।massivekhabar बाट सभार

सानो आन्द्रामा पुग्दा खानेकुरा आधा पचिसकेको हुन्छ । त्यसपछि खानेकुरा ठूलो आन्द्रामा पुग्छ । यसमा उपयोगी तत्व शरीरले ग्रहण गर्छ । बाँकी रहेका खानेकुरा दिसा–पिसाबको रुपमा बाहिर निस्कन्छ । यो पाचन प्रक्रियालाई सहज बनाउनका लागि हामीले ताजा, पोषिलो खानेकुरा सेवन गर्नुपर्छ । खानेकुराको सन्तुलन मिलाउनुपर्छ ।

कसरी खाने ? :- उचित समय तालिका मिलाएर खानुपर्छ । खाना बिस्तारै चपाएर खानुपर्छ । पेटको गडबडी वा अपचबाट पीडित व्यक्तिले खानपानमा अझ ध्यान दिनुपर्छ । राती अबेर खाना खान हुँदैन ।

के खाने ? :- फाइबर पाचनतन्त्रका लागि एकदमै उपयोगी हुन्छ । खानामा फाइबर कम हुँदा पाचनमा गडबडीलगायत कब्जियत, पखला लगायतका समस्या आउँछ । साथै पेट एवं आन्द्रा सम्बन्धि रोगहरु लाग्न सक्छ । खानासँगै तरल पदार्थ पनि पर्याप्त मात्रामा लिनुपर्छ । झोल पदार्थ सेवन गर्नुपर्छ । तर खाना खानुभन्दा आधा घण्टा अघि वा पछिको समयमा पानी सेवन गर्नु उपयुक्त हुँदैन । दही जस्ता पाचनमा सहयोग पु¥याउने पदार्थ आफ्नो खानेकुरामा सामेल गर्नुपर्छ । यसमा यस्तो ब्याक्टेरिया हुन्छ, जसले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ ।

त्यसैगरी अमिलो फल खासगरी कागती पाचन यन्त्रका लागि निकै उपयोगी हुन्छ । जडिबुटी र मसलाको प्रयोग :- जडिबुटी र मसलाले भोजनमा स्वाद मात्रै बढाउँदैन, यसले तपाईंको पाचनमा पनि सहयोग पु¥याउँछ । यसको स्वाद र गन्ध दुवै ग्यास्ट्रिक र ¥याल पैदा गर्न सहायक हुन्छ । उदाहरणका लागि धनिया, अदुवा, जिरा, मरिच, खुर्सानी र बेसारले पित्त अम्ललाई बढाएर कार्बोहाइड्रट र बोसोलाई पचाउन मद्दत पु¥याउन सक्छ ।

धुम्रपान त्यागौं ;- धुम्रपान गर्दा यसले तपाईंको खाद्यनलीभन्दा मुनी मांशपेसीलाई कमजोर बनाउँछ । जसबाट पेटमा एसिड बन्ने प्रक्रियालाई रोक्न थुप्रै समस्या उत्पन्न हुन्छ । यसैगरी थोरै रक्सी पिउनु वा सिमामा बसेर पिउनुले तपाईंको शरीरलाई कुनै हानी गर्दैन । तर, बढि रक्सी पिउँदा यसले पेटमा एसिडको उत्पादन बढाउन सक्छ । र, अन्य पाचनसम्वन्धि समस्याहरुलाई पनि देखापर्न सक्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जान्नुहाेस, निलो दाग बो क्सी ले रग त चुसेर देखिएकाे हाे...

मानिसकाे शरिरमा निलाे दाग देखा पर्याे भने बाेक्सिकाे आराेप लगाउने गर्छन् । के साँच्चै बाेक्सिले टाेकेकाे हाे त ? कहिले काहिँ देखिने याे दाग...

स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु यास्ता छन् जानिराखाैँ

मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् । धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी...

जा’डोमा ता’तो तातो गु’न्द्रुक खानुको कति धेरै फाईदाहरु

दुः’ख वा अभा’वको खान्की भनिन्थ्यो, गुन्द्रुकलाई । तर, अहिलेका पुस्ता गुन्द्रुक भनेपछि हुरुक्कै हुन्छन् । त्यसो त अहिले हाम्रो मेनुमा विश्वकै खानेकुरा उपलब्ध छ...

प्रे’शर हा’ई छ ? झुक्किएर पनि खा’नु हुदैन यस्ता कुरा

उच्च र’क्त’चाप व्य’वस्थापनका लागि सि’फारिस गरिएको खा’नपान व्य’वस्थालाई चि’कित्सा वि’ज्ञानमा दा’श खानपान वि’धि भनिन्छ । यो खानपान वि’धिलाई उच्च र’क्तचापको रो’कथाम र उ’पचार एवं...

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो धर्म हो त्यसैले एक सेयर गरौं) मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् ।...

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र...

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया