Wednesday, December 2, 2020

बीबीएल : होबार्टमा आवद्ध को-कोले खेलेका छन् आईपीएल?

- Advertisement -

१० औँ सिजनको बीबीएल आउँदो १० डिसेम्बरदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । यो पटक पनि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बीबीएल खेल्दैछन् । उनले आसन्न सिजनमा होबार्ट हरिकेन्सबाट बीबीएल खेल्न लागेका हुन् ।

सन्दीप तेस्रो पटक बीबीएलमा सहभागिता जनाउन लागेका हुन् । यसअघि उनले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए । सन्दीपले हालसम्म बीबीएलमा २० इनिङ्समा २६ विकेट लिएका छन् ।

आसन्न सिजनमा सन्दीप सम्मिलित होबार्टले पहिलो म्याच सिड्नी सिक्सर्सविरुद्ध खेल्ने छ । यी दुई टिमबीचको खेल १० डिसेम्बरमा नेपाली समयअनुसार दिउँसो २ बजेदेखि होबार्टमा सुरु हुनेछ ।

लिग चरणमा सबै टिमले १४/१४ म्याच खेल्ने छन् । दोस्रो म्याच होबार्टले १३ डिसेम्बरमा एडिलेट स्टाइकर्सविरुद्ध खेल्ने छ ।

 

त्यस्तै, होबार्टका बाँकी म्याच १५, १९, २७, ३० डिसेम्बर, ५, ७, १२, १८, २२, २४ र २६ जनवरीमा छन् ।

१० औँ संस्करणमा पनि होबार्टको कप्तानी अष्ट्रेलियान टिमका अनुभवी विकेटकीपर/ब्याट्सम्यान म्याथ्यू वेडले गर्नेछन् । होबार्टमा युवादेखि अनुभवी खेलाडीको मिश्रण छ । यो टिममा सन्दीपसहित सात जना आईपीएल खेलिसकेका खेलाडी छन् ।

 

आईपीएल खेलिसकेका होबार्टका ८ खेलाडी :

म्याथ्यू वेड : टिम कप्तान वेड आईपीएल खेलिसकेका अनुभवी खेलाडी हुन् । उनले दिल्ली डेयरडेविल्सबाट आईपीएलमा सहभाविगता जनाइसहेका छन् ।

३२ वर्षीय वेडले अष्ट्रेलियाका लागि ९४ वानडे, ३२ टेष्ट र ३० टी-२० म्याच खेलिसकेका छन् । उनले टेष्टमा चार र वानडेमा एक शतक बनाएका छन् ।

जेम्स फल्कनर : होबार्टका अर्का महत्वपूर्ण खेलाडी हुन् जेम्स फल्कनर । उनले राजस्थान रोयल्स र किंग्स इलावेन पञ्जावबाट आईपीएल खेलिसकेका छन् ।

तीव्र गतिका बलिङ गर्ने ३० वर्षीय फल्कनर राम्रो ब्याटिङ पनि गर्न सक्छन् । उनले अष्ट्रेलियाका लागि ६१ वानडे, २४ टी-२० र एक टेष्ट म्याच खेलेका छन् ।

फल्कनरले वानडेमा एक शतकसमेत बनाइसकेका छन् । साथै उनले अष्ट्रेलियाका लागि ६९ वानडेमा ९६, २६ टी-२० मा ३६ र एक टेष्टमा ६ विकेट लिएका छन् । फल्कनरले २०१७ यता अष्ट्रेलियाको टिमबाट खेल्ने मौका पाएका छैनन् ।

टिम पेन : यी खेलाडी टिमका सबैभन्दा अनुभवी खेलाडीमध्ये एक हुन् । अष्ट्रेलियाको टेष्ट टिमका कप्तानसमेत रहेका उनले पुणे वारियर्सबाट आईपीएल खेलिसकेका छन् ।

पेनले अष्ट्रेलियाका लागि हालसम्म ३५ वानडे, ३१ टेष्ट र १२ टी-२० खेलेका छन् । ३५ वर्षीय उनी विकेटकीपर/ब्याट्सम्यान हुन् ।

सन्दीप लामिछाने : नेपाली लेगस्पिनर लामिछानेले विश्व चर्चित सबै लिग खेलिसकेका छन् । उनले आफूले खेलेका सबै लिगमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

यो पनि पढौं- होबार्टमा अनुबन्ध हुँदा सन्दीपले पाए मोटो रकम!

सन्दीपले २०१८ देखि २० सम्म दिल्ली क्यापिटल्समा जोडिएर आईपीएलमा सहभागिता जनाइसकेका छन् । साथै, उनले नेपालका लागि २१ वानडे र १० टी-२० म्याच खेलिसकेका छन् ।

टी-२० क्रिकेटमा २० वर्षीय लामिछानेको उच्च प्रदर्शन चार ओभरमा ११ रन दिएर चार विकेट लिनु हो । उनले तेस्रो पटक बीबीएल खेलिरहेका हुन् ।

यो पनि पढौं- सन्दीप जोडिएसँगै यस्तो बन्यो होबार्ट हरिकेन्स (नामसहित)

स्कट बोल्याण्ड : ३१ वर्षीय स्कट बोल्याण्ड पनि होबार्टका महत्वपूर्ण सदस्य हुन् । तीव्र गतिका बलर बोल्याण्डले राइजिङ पुणे सुपरजाइन्ट्सबाट आईपीएल खेलिसकेका छन् । उनले अष्ट्रेलियाका लागि १४ वानडे र चार टी-२० पनि खेलिसकेका छन् ।

डी’अर्सी सर्ट : डी’अर्सी पनि होबार्टका प्रमुख सदस्य हुन् । उनी ओपनिङ ब्याट्सम्यानको भूमिकामा रमाउँछन् ।

चौका/छक्काको वर्षा गर्न माहिर डी’अर्सीले राजस्थान रोयल्सबाट आईपीएल खेलिसकेका छन् । साथै, उनले अष्ट्रेलियाका लागि २० टी-२० र आठ एकदिवसीय म्याच पनि खेलेका छन् ।

 

बीबीएलमा डी’अर्सीले शतकसमेत बनाइसकेका छन् ।

पीटर ह्यासकम्ब : गत सिजनमा मेलबर्न स्टार्सबाट बीबीएल खेलेका पीटर यो सिजनमा पनि होबार्टमा जोडिएका छन् । उनी अनुभवी विकेटकीपर/ब्याट्सम्यान हुन् ।

पीटरले राइजिङपुणे सुपरजाइन्ट्सबाट आईपीएल खेलिसकेका छन् । २९ वर्षीय ह्यान्सकम्बले अष्ट्रेलियाका लागि २२ वानडे, १६ टेष्ट र २ टी-२० म्याच खेलेका छन् ।

यो पनि पढौं- यी ३ विदेशी खेलाडी, जाे आईपीएल २०२१ नखेल्न सक्छन्

किमोे पउल : यी २२ वर्षीय वेष्ट इण्डिजका अलारउन्डर खेलाडीले पहिलो पटक बीबीएल खेल्न लागेका हुन् । उनी पछिल्लो समय विभिन्न देशका लिगका प्रुमख रोजाईमा पर्दै आएका छन् ।

पउलले दिल्ली क्यापिटल्सबाट आईपीएलमा भाग लिइसकेका छन् । उनले वेष्ट इण्डिजका लागि १९ वानडे, १८ टी-२० र तीन टेष्ट खेलिसकेका छन् । किमो बलिङका साथै राम्रो ब्याटिङ गर्न पनि सक्षम छन् ।bajhangnews.बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पारस खड्का आईसीसीको दशककै उत्कृष्ट एसोसियट खेलाडीको सूचीमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले तयार पार्ने एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि परेका छन्। आईसीसीले मंगलबार सार्वजनिक गरेको...

बिग ब्यास : सन्दीपले होबार्टबाट खेल्ने

काठमाडौं,४ मङ्सिर- राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलिया चर्चित बिग ब्यास लिग (बिबिएल) होबार्ट हरिकेन्सबाट खेल्ने भएका छन् । यस अघिका दुई सिजन...

बंगलादेशसँग नेपालको बराबरी

काठमाडौं । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । ब्मक दथ ब्मःबलब.लभत बंगलादेशविरुद्ध...

नेपाल र बंगलादेशबीचको खेल यसरी हेर्नुहोस् लाईभ !

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । ‘मुजिब वर्ष फिफा...

कुन च्यानल , कसरी ,कहां, कहिले र कति बजे नेपाल र...

नेपाल र बंगलादेश बिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुदैछ । यस खेलको बारेमा धेरै हाम्रा मित्रहरूको प्रश्न थियोस कुन च्यानल, कसरी ,कहां, कहिले र कति...

दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई आईपीएलको उपाधी जित्न सफल

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८।४ ओभरमा...

खुसिको खबर ! दिल्लीले टस जितेर ब्याटिङ रोज्यो, फाईनल खेलमा भने...

  इन्डियन प्रिमियर लिग (आईपीएल) टी(२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको...

आईपीएलको उपाधिका लागि आज सन्दीप लामिछाने आबद्ध दिल्ली र मुम्बई भिडेन

एजेन्सी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्ने भएका छन् । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया