Friday, December 4, 2020

कालीगण्डकीको गहिरो खाेँचमा बञ्जी र स्वीङको मज्जा

- Advertisement -

पर्वत – संसारकै सबैभन्दा गहिरो गल्छी बनाएर बग्ने कालीगण्डकी नदीको खोँचमा मनोरञ्जन लिनकै लागि आन्तरिक पर्यटकहरूको ओइरो लागेको छ । पर्वत सदरमुकाम कुश्मा बजार र बाग्लुङको बलेवा क्षेत्र जोड्ने गरी निर्माण सम्पन्न भएको एसियाकै अग्लो बञ्जी जम्पमा अहिले पालो कुरेरै मज्जा लिनेहरुको लर्को लागिरहेको छ ।

विगतका समयमा अग्ला पुलहरु अवलोकनकै लागि पर्वतसम्म आउने पर्यटकहरु अब भने पहिलो प्राथमिकतामा बञ्जी जम्पलाई राखेर आउन थालेका छन् । पाँच वर्षभन्दा बढी समय लगाएर कालीगण्डकी नदीमाथि निर्माण सम्पन्न भएको दुई सय २८ मिटर अर्थात सात सय ४८ फिट अग्लो बञ्जी जम्पले यतिबेला जिल्लाकै पर्यटनलाई महत्वपूर्ण टेवा पुर्याएको छ । कोभिड-१९ को महामारीमा पनि देशका विभिन्न स्थानबाट बञ्जी जम्प गर्न र स्वीङ खेल खेल्नकै लागि पर्वतसम्म आउने गरेका छन् । हेर्न आउनेहरुको भीड पनि उत्तिकै हुने गरेको छ ।

निर्माण कम्पनीले बञ्जी मात्रै नभएर एड्भेञ्चर परियोजनाका रुपमा विश्वकै अग्लो स्वीङ, स्काइ साइकलिङ, गुलेली पिङ र रिसोर्ट समेत सञ्चालनमा ल्याएको छ ।

एड्भेञ्चर बञ्जी 

कालीगण्डकी नदीको खोँचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने गरी निर्माण भएको पुल पाँच सय २५ मिटर लामो र दुई सय २८ मिटर अग्लो छ । निर्माण कम्पनीले यस पुलबाट हुने साहसिक खेललाई विश्वकै दोश्रो अग्लो स्थानबाट हुने खेलको रुपमा समेत दाबी गर्दै आएका छन् ।

अहिले विश्वकै अग्लो बन्जी मकाउमा सात सय ६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँधमाथि सात सय २० फिट उचाइमा रहेको निर्माण कम्पनी द क्लिफ प्रालिका अध्यक्ष राजु कार्की बताउनुहुन्छ । स्विट्जरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रुपमा स्थापित गर्न सफल भएको सञ्चालकहरुको दाबी छ ।

बञ्जीसँगै कम्पनीले दुवै खेल एकै पटक सञ्चालन गर्न सकिने गरी स्वीङ पनि निर्माण गरेको छ । निर्माण कम्पनीले विश्वकै अग्लो दावी गरेको स्वीङ बञ्जी जस्तै तर लठ्ठा कम्मरमा बाँधेर पुलबाट हाम फाल्ने र मच्चिने खेल हो ।

बञ्जी जम्प गर्नकै लागि रुपन्देही जिल्लाबाट आएका युवा सौरभ शर्माले आफूलाई फरक  आनन्दको अनुभूति भएको बताउनुभयो । बञ्जी गरिसकेपछि उहाँले भन्नुभयो, ‘बञ्जी विशेषगरी दुई मिनेटको खेल हो, तर यो दुई मिनेट जीव भर स्मरणयोग्य रहिरहनेछ ।’

कसरी निर्माण भयो बञ्जी ?

२०७३ सालदेखि यो परियोजना निर्माण सुरु भएको हो ।  सुरुमा सिन्धुपाल्चोक जिल्ला घर भएका राजु कार्कीले सम्भाव्यताका अध्ययन गर्दै परियोजना सुरु गर्ने जमर्को गरे पनि पछि पर्वत जिल्लाका व्यवसायीहरु युवराज जोशी, नेत्र पराजुली, राजन जोशी, नवराज शर्मा र फ्रान्सेली नागरिक फ्लोरेन्सको लगानीमा यो परियोजना निर्माणले गति लिएको हो ।

कम्पनी दर्ता गरेर निर्माण सुरु भएको परियोजना यही कात्तिकमा बल्ल पूर्णता पाएको हो । सुरुमा २० करोडको लागतमा परियोजनालाई सम्पन्न गर्ने लक्ष्य लिए पनि भौगोलिक समस्या र कोभिड-१९ को महामारीका कारण २८ करोड लगानी पुगेको लगानीकर्ताहरु बताउँछन् । निर्माणका लागि प्रभु बैंकले समेत ऋण लगानी गरेको छ।

अहिले बञ्जी जम्प वा स्वीङ दुबै खेल खेल्न चाहनेहरुका लागि  ६ हजार पाँच सय रुपैयाँ तोकिएको छ । पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुविधासहित बञ्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको छ । १५ कात्तिकदेखि दुवै खेल र रिसोर्ट पूर्ण रुपमा सञ्चालनमा आएका छन् भने बलेवा  क्षेत्रमा निर्माण भएको करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टतर्फ निर्माण भएको गुलेली शैलीको पिङमा पनि उत्तिकै आकर्षण थपिएको छ ।

स्काइ साइक्लिङ

​स्टील कोर केबल प्रयोग गरी स्काइ साइक्लिङ तयार गरिएको छ । विश्वकै सबैभन्दा उचाइमा सञ्चालित कालीगण्डकी खोँचको स्काइ साइक्लिङ २ सय २८ मिटर अग्लो छ भने लम्बाइ तीन सय मिटर छ । दुईतर्फी तीन सय मिटर लम्बाइ रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लिङ गर्न मिल्ने कम्पनीका सञ्चालक नेत्र पराजुलीले बताउनुभयो ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइक्लिङ तयार गरिएको र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने उहाँको भनाइ छ । साइक्लिङका लागि  आवश्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्नेछ ।

साइकल र यात्री दुवैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ । लिकमा रेल गुडेझैँ फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुदाइन्छ । स्काइ साइक्लिङको सञ्चालन भने केही महिनापछि गरिने कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभयो ।

कसरी पुग्ने ?

पर्वतमा सञ्चालित द क्लिफ प्रालि पोखराबाट ५५ किलोमिटर र अन्नपूर्ण बेसक्याम्पको गेटवे नयाँ पुलबाट १५ किलोमिटर दूरीमा अवस्थित छ । काठमाण्डौ, चितवन, पोखराबाट पर्वत कुश्मासम्म सजिलै सार्वजनिक बस पाइन्छ । पोखराको बाग्लुङ बसपार्कमा गएर कुश्मासम्म पुग्ने ’सेयरिङ ट्याक्सी’ मा पनि जान सकिन्छ ।

द क्लिफमै गाडीसहितको प्याकेज बुक गरेर  पोखरा–कुश्मा दुईतर्फी गाडीको सुबिधा लिन सकिन्छ । जम्प नगर्ने तर हेर्न मात्र जान चाहने व्यक्तिले २ हजार रुपैयाँ तिरेर ’गो एन्ड सी’ प्याकेज रोजेर दुईतर्फी गाडीको सुविधा लिन सक्छन् । khabardarinews बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त भएका छन्। शनिबार कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएका सन्दीपले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् संक्रमण मुक्त भएको जानकारी...

नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ९ हजार २...

बेलायतमा फाइजरको खोपलाई अनुमति

बेलायतले अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका कोभिड–१९ विरुद्धको खोप सार्वजनिक प्रयोगका लागि स्वीकृति दिएको छ । उक्त खोपलाई स्वीकृति...

रामचन्द्र पौडेलको आरोप: ओली सरकार अधिनायकवादतर्फ लाग्यो

तनहुँको ब्यास नगरपालिको बुल्दी खोलामा बनेको पुल उद्घाटन जाने क्रममा पक्राउ परेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार अधिनाकयवादतर्फ अघि बढेको आरोप लगाएका छन्। उनी...

बेलायतले खोल्यो वर्क परमिट, नेपालबाट पनि आवेदन दिन पाइने

लन्डन । बेलायत सरकारले मंगलबार १ डिसेम्बरदेखि 
अंकमा आधारित भिसा प्रणाली शुरु गरेको छ । बेलायतले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका 
प्रतिभावान तथा दक्ष...

लैंगिक हिंसा विरुद्ध शुक्लाफाँटा नगरपालिकाको अन्तरक्रिया

शुक्लाफाँटा नगरपालिका महिला तथा वालवालिका शाखाको आयोजनामा ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’को अवसरमा बुधवार “लैङ्गिक हिंसाको अन्त्यको प्रतिवद्धता ः व्यक्ति समाज र सबैको...

सुदूरपश्चिमका सबै जिल्लामा समाजिक विकास कार्यालय स्थापना

- सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रदेशस्तरीय सामाजिक विकास कार्यालय स्थापना भएका छन् । डडेल्धुराको शिक्षा विकास तथा समन्वय एकाईमा समाजिक विकास कार्यालय स्थापना गरिएको...

दुई प्रतिशत ब्याजमा ५० लाखसम्म कर्जा लिन सकिने

काठमाडौं । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविस्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय सञ्चालनका लागि सुरुवाती पूँजी उपलब्ध गराउन सरकारले नवप्रवर्तन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया