Friday, November 27, 2020

व्याँसमा हिमपात भएपछि, बेसी झर्दै व्याँसी सौका

- Advertisement -

दार्चुलाको व्यासमा हिमपात हुन थालेपछि सौका समुदाय बेसी झर्न थालेका छन् ।  हिमपात भएसँगै व्यासको छांगरु र तिंकर क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार हिमपात भएको हो । छांगरु र तिंकर क्षेत्रमा आधा फुट हिउँ जमेको छ । भने डाडाकाडामा भने अत्यधिक हिउँ परेको छ ।
हिउँ पर्न थालेपछि चिसो निकै बढेको छ, व्यास १ छांगरुका स्थानीय योगेश बोहराले बताए । उनले भने आधा फुट हिउँ गाउँमा जमेको छ । हिमपातका कारण चिसो बढेको छ । हिमपातका कारण यहाँको दृश्य मनोरम भएको छ ।
चिसो बढेसँगै तिंकरका स्थानीय बुधबार खलंगा झर्दैछन् । गाउँमा चिसो ह्वात्तै बढेपछि भारतीय बाटो हुँदै सौका समुदायको बसाई सराई (कुञ्चा) खलंगा झर्न लागेका हुन् । छांगरुको कुञ्चा भने मंसिर १९ गते मात्रै झर्ने तयारी भएको बोहराले जानकारी दिनुभयो ।


सौका समुदाय आफ्नै नेपालको भूमि नभएर भारतीय बाटो भएर खलंगा झर्ने तयारी छन् ।  गत चैत देखि नेपाल भारत सीमा नाका बन्द छन् । व्यासीहरु आफ्नै भूमि भएर खलंगा आउन सक्ने अवस्था नरहेपछि भारतीय बाटो भएर खलंगा झर्ने तयारी भएको व्यास गाउँपालिका वडा नम्बर १ का वडासचिव विनोद बुढाथोकीले बताउनुभयो ।
गत जेठमा पनि व्यासीहरु भारतीय भूमी प्रयोग गरेरै छांगरु तिंकर उक्लिएका थिए । सरकारले व्यासीहरुलाई आफ्नै भूमि भएर आवत जावत गर्न बाटो बनाउन नसकेपछि व्यासीहरुले फेरि पनि भारतीय भूमिको प्रयोग गर्नुपरेको हो ।
सरकारले व्यासको छांगरु तिंकरका नागरिकलाई आफ्नो भूमिमा हिडाउँछौ भन्दै घाटिबगरको ५५० मिटर घोडेटो बाटो नेपाली सेनामार्फत काम गरायो । त्यो ठाउँमा बाटो बनेपनि त्यो भन्दा अप्ठ्यारो ठाउँ रहेको तम्बाकु भीरमा बाटो बनाउन नसक्दा स्थानीयले अहिले पनि भारतीय बाटो प्रयोग गर्नुपरेको सचिव बुढाथोकीले बताउनुभयो  ।


सीमा रक्षक भएर बस्दै आएका दुवै गाउँका स्थानीय हिमपात र चिसो बढेसँगै बेसी (सदरमुकाम खलंगा) झर्ने तयारीमा छन् ।  गत जेठ महिनामा व्यास उक्लिएका सौंका समुदायका ६० परिवार पशु चौपायासहित मंसिर ३ गते बुधबार औल अर्थात खलंगा झर्दैैछन् उनीहरु मंसिर ८ गते मात्रै खलंगा पुग्नेछन् । यस्तै १०५ परिवार मंसिर १९ गते व्यासबाट हिड्ने तयारी गरिएको वडा सचिव बुढाथोकीले जनाउनुभयो ।


व्यासीहरु अहिले खेतीपाती लगाएर खलंगा झर्न थालेका छन् । नेपालतिरको कल्जुदेखि तम्बाकु भीरसम्म बाटो अप्ठ्यारो छ । यो ठाउँमा पशु चौपायासहित कुञ्चा आउन सक्ने अवस्था नभएपछि भारतीय पक्षसँग समन्वय गरेर भारतीय बाटोको प्रयोग गर्दै खलंगा आउन लागेका हुन ।
व्यासीहरु छांगरुको गागाबाट सितापूल पार गरेर खलंगा आउने छन् । भारतीय बाटो हुँदै खलंगा सम्म पुग्दा पनि यात्रा भने त्यति सजिलो हुँदैन् । तर आफ्नो भूमि भएर बाटो नै बनाउन नसकेपछि स्थानीयले पुन पनि भारतलाई नै आग्रह गर्नुपरेको व्यासीहरु बताउँछन् ।
उनीहरु छांगरुबाट पहिलो दिन गव्र्याङ, दोस्रो दिन लामारी, तेस्रो दिन निजाङ, चौथो दिन गर्वाधार, पाचौ दिन एलागाड हुँदै छैटौं दिनमा सदरमुका खलंगा पुग्ने गर्छन् । व्यासीहरुको बसाई सराईलाई स्थानीय भाषामा कुञ्चा भनिन्छ ।
पञ्चायती कालमा नेपालतिर घोरटो बाटो राम्रो थियो । कैलाश मानसरोवर तिर्थ यात्रा जाने तथा तिब्बतको व्यापार गर्ने बाटो यहि थियो । त्यो बाटो झण्डै ०५९।६० सालसम्म चल्यो । त्यसयता बनेका सरकारहरुले लगानी लगाए तर बाटो बनाएनन् ।
बाटो निर्माण मर्मतको नाममा बर्षेनी बजेट खर्च भयो तर आउँदाजाउँदा भारतकै भूमि प्रयोग गर्नुपर्छ । पछिल्लो समय पनि संघीय सरकार, प्रदेश सरकार, महाकाली नदी नियन्त्रण आयोजना, व्यास गाउँपालिका लगायतका कार्यालयबाट खर्च भइरहेको छ ।
समुद्री सतहबाट १२ हजार फिट उचाईमा रहेको सो गाउँमा हिमपात हुने भएका कारण जाडो छल्न आउनुपर्ने स्थानीयको बाध्यता छ । यहाँका स्थानीय कुञ्चा सर्दा सम्पूर्ण परिवारको साथै पशुहरु, खाने राशन, कपडा र भाडाकुडासहित आउने गर्छन् ।
खेतीपाती लगाएर आएका व्यासीहरु पुनः बैशाख जेठमा खेतीपाती भित्र्याउन उक्लने गर्छन् । स्थानीय वर्षको एक पटक उवा, नप्पल, तिते फापर, पल्ती र आलु जस्ता बाली लगाउने गर्छन् ।
यस क्षेत्रमा बसोबास गर्ने स्थानीयको मुख्य पेशा कृषि र व्यापार हो । व्यासको छांगरु र तिंकरमा मात्रै झण्डै एक हजार बढि जनसंख्याको बसोबास रहेको छ । परापूर्वकालदेखि नै व्यासीहरुको दोहोरो बसाई हुँदै आएको छ । उनीहरुको घर जग्गा जमिन सदरमुकाम खलंगामा समेत छ । उनीहरुले व्यासको छांगरु तिंकर जस्तै खलंगामा तिंकर छांगरुको बसाई छुट्टाछुट्टै बसालेका छन् । sarathikhabar. बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तराईमा हुस्सु, पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको...

देशभर चिसो बढ्दो तथा केही ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना देखिएकाले होसियारी अपनाउन सम्बन्धित सबैलाई मौसमविद्ले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज...

चिसो मौसममा कोरोना संक्रमणबाट कसरी जोगिने ?

काठमाडौं । चिसो मौसममा भाइरसहरु थप सक्रिय हुने गरेको चिकित्सकहरु बताउँछन् । यो मौसममा रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने, स्वास फेर्न कठिन हुने जस्ता...

सुदूरका उच्च पहाडी क्षेत्रमा हल्का हिमपात

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम  क्षेत्रका हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिएको उल्लेख गरेको छ । सोमबार...

देशभर चिसो वृद्धि, काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

सुनाखरी न्युज/ काठमाडौँ – उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको...

देशभर चिसो बढे संगै, जुम्लाको तापक्रम माइनसमा

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको...

जनावरको साथ साथै, गरिबको दु:खी असाह्यको सारथि बन्यो (आई केयर यु)

ई केयर यु ग्रुप ले महेन्द्रनगर को पुस्पलाल चोकमा आउदै गरेको तिहार र हिउद लाई लक्षित गरि न्यानो लुगा बितरण गरेको छ । जसमा २००...

बाहिरिँदै मनसुन, कहिलेसम्म हट्ला?

काठमाडौं, असोज १५- नेपालबाट क्रमशः मनसुन बाहिरिने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। मौसमविद् विभूति पोखरेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट लगभग यो...

मनसुन अझै केही दिन रहने, यस्तो छ आइतबारसम्मको वर्षा अनुमान

काठमाडौं, असोज ९ मनसुन अझै केही दिन रहने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्। तर पानी पर्ने क्रम भोलि शनिबारबाट कम हुने सम्भावना छ। मौसमविद्...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया