Saturday, November 28, 2020

मृतक वडाध्यक्ष रोकायाको अन्त्येष्टी

- Advertisement -

कञ्चनपुर, ०६ मंसिर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकायाको अन्त्येष्टी गरिएको छ । शुक्रबार बिहान घर नजिकैको किसान मध्यवर्ती बनमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका वडाध्यक्ष रोकायाको झिलमिला स्थित आर्यघाटमा शनिबार अन्त्येष्टी गरिएको हो ।

वडाध्यक्ष रोकायाको असामयिक, अकल्पनीय र अविश्वस्नीय निधन प्रति बेलडाँडी गाउँपालिकाले दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली तथा परिवारजन प्रति समवेदना व्यक्त गरेको छ ।

५५ वर्षीय मृतक रोकायाको अन्तिम दाहसंस्कारमा सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्का, पुनर्वास नगरपालिका नगर प्रमुख जीवनराज थापा र उपप्रमुख शारदा शर्मा बिष्ट, बेलौरी नगरपालिकाकी उपप्रमुख चित्र कुमारी चौधरी, वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द र उपप्रमुख सुशीला सिंह, बेलडाडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री र उपाध्यक्ष कमला देवी कार्की सहितका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरका जिल्ला अध्यक्ष वीर बहादुर थापा (पातल), नेकपा जिल्ला कमिटी सदस्य पल्लव राज भट्ट, नेकपा बेलडाँडी गाउँ कमिटी इन्चार्ज अक्कल बिष्ट सहित नेकपाका नेता कार्यकर्ताहरुको उपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीको झण्डा ओढाई एक मिनेट मौन धारण सहित अन्तिम दाहसंस्कार गरिएको बताइएको छ । यसैबीच, वडाध्यक्ष रोकायाको निधनमा बेलडाँडी गाउँपालिकाले आइतबारका दिन शोक विदा दिने निर्णय गरेको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खानेपानी मन्त्री मगर निर्वाचन क्षेत्रका योजनाको अनुगमन र जनतासंग भेटघाटमा ब्यस्त 

लाल बहादुर एस के / पुनर्वास                          खानेपानी मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले...

कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनपुर। कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित हात्तीबोझामा आइतबार बेलुकी पचुईबाट बेलौरीतर्फ आउँदै गरेको...

बेलडाँडी ५ का वडाध्यक्षले आत्महत्याको बाटो किन रोजे ?

कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण रोकाया शुक्रबार बिहान मन्दिर जान्छु भन्दै घरबाट निस्किए । बिहान करिब ७ बजेतिर हिडेका रोकाया...

बैतडीको खोडपे आउने बिहे कञ्चनपुरको नाकामै रोकियो

बैतडी — भारत उत्तराखण्डको टनकपुरका मोहनचन्द्र पाठक भाइ जीवनको जन्ती लिएर मंगलबार गड्डाचौकी नाकामा पुगे । बैतडीको खोड्पे जाने जन्ती दिउँसोसम्म नाकामै अलपत्र पर्‍यो । चम्पावतका...

धनगढीमा आज राजा समर्थकले प्रदर्शन गर्ने

धनगढी–राजा समर्थकहरूले आज धनगढीमा प्रदर्शन गर्ने भएका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागी दबाब दिन बृहद प्रदर्शन गर्न लागिएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया