Friday, November 27, 2020

पायल्सको उपचारका लागि अमृत समान छ घिउकुमारी, यसरी गर्नुहोस् प्रयोग

- Advertisement -

काठमाडौँ । पायल्स रोगका बिरामीहरु दिन प्रतिदिन बढ्दो अवस्थामा छन्। दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन बढ्ने चिकित्सकहरु बताउँछन्। कब्जियत नै पायल्सको मुल कारण हो ।

जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले भित्रका रक्तशिरालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ ।

पायल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। पायल्स रोग निको पार्ने केही घरेलु विधि यहाँ प्रस्तुत गरिएको छ । यी विधि अपनाउँदा पायल्स हुन नदिन र पायल्स भएकाहरुलाई निको पार्न उपयोगी सिद्ध हुनेछ।

पायल्स भएका विरामीहरुका लागि घ्यूकुमारी अचुक औषधी हो । पायल्स भएमा विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ।

एक दिनमा ३–४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ। काँचो केरा उसिनेर बिहान–बेलुका खाँदा पनि पायल्स रोगीका लागि निकै फाइदाजनक हुन्छ । पायल्सका रोगीले तारेकोरभुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसा युक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ। अलिभ (जैतुन)को तेल लगाउँदा पायल्सका विरामीहरुका लागि आराम मिल्छ ।

मूलाको रस बिहान बेलुका खाँदा पायल्सका रोगीलाई फाइदा हुन्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ। दिसा गर्दा समस्या हुनु नै यसको खास लक्षण हो।

मलाशयमा भारीपन हुने, दिसा राम्रोसँग नहुने, दुख्ने जस्ता सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दुखाई बढी हुन्छ । गुद्वारमा मासुको डल्ला निस्कने, त्यसमा चिलाउने हुन्छ ।

कब्जियत आउन नदिनका लागि खानपानमा सर्तकता अपनाउनु पर्छ । किनभने अपच हुने खाने कुराहरु, जस्तो कि मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मसलेदार, मासुजन्य खानेकुरा कब्जियतको कारण बन्छ ।

अनियमित खानपान पनि यसको कारण हुनसक्छ । जस्तो कि भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ताभन्दा बढी खाने बानीले कब्जियत रोग पैदा गर्छ । त्यस्तै दिसा रोक्ने बानी अर्को कारण हो ।

स्वस्थ्य खानपान र जीवनशैलीले यस्तो समस्या निवारण गर्न सकिन्छ । पायल्सको समस्या छ भने चाहि त्यसको प्रकृति अर्थात श्रेणी अनुसार उपचार विधि अपनाउनु पर्छ । सामन्य स्थितिमा खान पान, जीवन शैली, व्यायाम आदिबाट यसको निदान खोज्न सकिन्छ ।

पायल्स भएको अवस्थामा बोसोयुक्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बोनेटेड ड्रीकं आदिको सेवन गर्नु हुँदैन । मदिरापान, धुमपानले पनि यसलाई जटिल बनाउँन सक्छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो धर्म हो त्यसैले एक सेयर गरौं) मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् ।...

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र...

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको...

मंसिर ११ र १२ गते ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’...

बिहीबार र शुक्रबार देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैछ । नियमित कार्यक्रम अन्तर्गत मंसिर ११ र १२ गते भिटामिन ‘ए’ र जुकाको...

धनिया स्वादका लागि मात्र होइन यी रोगको औषधि पनि हो

हाम्रो भान्सामा प्रयोग हुने धनिया स्वादका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । धनियाले विभिन्न रोगको औषधिको रुपमा समेत काम...

सास गन्ध आएर हैरान हुनहुन्छ ? यसो गर्नुहोस् !

सास गन्ध आएर अरुका अगाडि राम्रोसँग कुराकानी गर्नसमेत अप्ठ्यारो स्थिति आउँदा लाजको अनुभव हुने नै भयो । साथै श्वासको गन्धले मानिसको स्वास्थ्य र खानपिनको...

पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य

शरीरमा रहेका विकारहरू निकाल्ने प्राकृतिक तरिका हो पिसाबमोचन । यसको सामान्य रंग फिक्का पहेंलो वा अलिकति गाढा पहेंलो हुनसक्छ । पिसाबको रंग हेरेर  तपाईंले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया