सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलडाँडी गाउँपालिकामा आइतवार सार्वजनिक विदा दिने

जिल्लाको ग्रामीण क्षेत्र बेलडाँडी गाउँपालिकाले आइतवार ७ गते सार्वजनि विदा गर्ने भएको छ । ५ नं. वडाका वडाध्यक्षको असामयिक निधनले पुरै गाउँपालिका अत्यन्त दुःखी एवं मर्माहित हुदै दिबंगत आत्माको चिर शान्तीको कामना गर्दै ७ गतेका लागि बेलडाँडी गाउँपालिका भित्रका सरकारी कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको बेलडाँडी गाउँपालिकाले जनाएको छ ।

 

Sana Kishan

गाउँपालिकाले शुक्रवार जारी गरेको विज्ञप्ती अनुसार समवेदना, भावपूर्ण श्रद्धान्जली अर्पण समेत गर्दै दुःखी परिवार प्रति सहानुभूति प्रकट समेत गरेको जनाइएको छ । मृतक अध्यक्ष कृष्ण बहादुर रोकायाको सम्झनामा पुरै गाउँपालिका भावुक भएको छ । आज विहान आफ्नो घर भन्दा करिव २ सय मिटर टाढा बैजनाथ मन्दिरको नजिकै गुटिलको रुखमा झुण्डीएको अवस्थामा फेला परेका थिए । अहिले वहाँको शव पोस्टमार्टमका लागि बेलौरी लगिएको छ ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.