सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरपालिकाले बहुप्रादेशिक शिक्षालय संचालन गर्दै

कञ्चनपुर, ७ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिकाले बहुप्रादेशिक शिक्षालय संचालन गर्दैछ । नगरपालिकाले महाकाली उप प्रादेशिक अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा संचालनका लागि अनुमति पाएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिष्द(सिटिईभिटीई)बाट महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा संचालनका लागि अनुमति पाएको हो । सिटिईभिटिईको गत २६ कार्तिकमा बसेको परिषद्को बैठकले भीमदत्त नगरपालिका र महाकाली अस्पतालको साझेदारी स्वरुपमा कार्यक्रम संचालन गर्न बहुप्राविधिक शिक्षालयलाई डिप्लोमा तहका शैक्षिक कार्यक्रम संचालनका लागि सम्बन्धन दिने निर्णय गरेको थियो ।

World Link Ads
Mahakali Polytechnic

भीमदत्त नगरपालिकाले महाकाली अस्पतालसंगको साझेदारीमा बहुप्रादेशिक शिक्षालय संचालनका लागि सिटिईभिटिईसंग अनुमतिका लागि आवेदन दिएको थियो । देशका ७ सय ५३ पालिमा मध्ये भीमदत्त नगरपालिकाले बहुप्रादेशिक शिक्षालय संचालनका लागि अनुमति पाएको पहिलो पालिका भएको दावि गरेको छ । स्थानीय तहसंगको साझेदारीमा सात विषयका प्राविधिक कक्षा संचालनका लागि अनुमति दिएको सिटिईभिटीईले भीमदत्त नगरपालिकालाई चालु शैक्षिक सत्र २०७७÷०७८ बाट कक्षा संचालनका लागि अनुमति दिएको हो ।

 

सिटिईभिटीईले प्रमाण पत्र तहका सात विषयका कार्यक्रम संचालन गर्न, भौतिक समाग्रंी तथा मेशिन औजार र प्रशिक्षकको व्यवस्थापन पूर्वाधार निर्देशिका, पाठ्यक्रम बजोमि गुणस्तरिय प्रशिक्षकका लागि व्यवस्था गर्न अनुमति दिएको भीमदत्त नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रशाद भट्टले अनुमति पाएसंगै कक्षा संचालनका लागि आवश्यक प्रकृया अघि बढाईने बताए । प्रमुख प्रशासकीय अधिकृत भट्टका अनुसार प्रमाण पत्र तहका नर्सिङ्ग, समान्य चिकित्सा, मेडिक ल्याब टेक्नोलोजी, डेन्टल साईन्स, रेडियो डाइग्नोजिष्टक, अप्थाल्मिक साईन्स र डिप्लोमा ईन फार्मेसीका कक्षा संचालन हुने छन् ।

सातै विषयमा ४० का दरले २सय ८० विद्यार्थीले अध्ययन गर्न पाउनेछन । शनिबार एक कार्यक्रमका विच शिक्षा विज्ञान तथा प्राविधिकमन्त्री गिरिराज मणि पोखरेलका सल्लाहकार जिवन गौतमले प्राविधिक शिक्षालयका कक्षा संचालनका लागि अनुमति पत्र भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट र महाकाली उप प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) लाई हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेशमा प्राविधिक शिक्षा विस्तार हुने विश्वास दिलाउनुभयो । ‘चिकित्साा शिक्षा आयोगबाट अन्तिम पत्र पाउन मात्रै बाँकी हो, ‘उनले भने, ‘त्यो पनि छिट्टै हुन्छ ।’

Sana Kishan

मन्त्रालयले भीमदत्त नगरपालिका जस्तै देशभरीका सबै पालिमा प्राविधिक शिक्षा पठन पाठनका लागि खाका तयार पारेको बताए । ‘डिप्लोमा स्तरको प्राविधिक शिक्षा पालिकाले समेत संचालन गरे, शिक्षा व्यवसायिक र सीपमुलक हुन्छ, ‘उनले भने, ‘यसबाट आवश्यक जनशक्ति र रोजगारी सृजना हुन्छ ।’ महाकाली उपप्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले सिटिईभिटिईबाट बहुप्राविधिक शिक्षालले अनुमति पाएसंगै यस क्षेत्रको शैक्षिक विकास हुने बताए ।

‘यसबाट एक क्षेत्र मात्र नभई बहुक्षेत्र लाभान्वित हुन्छन, ‘उनले भने, ‘दक्ष स्वास्थ्य जनशक्तिबाट सेवा विस्तार हुन्छ ।’ कार्यक्रम अत्यन्तै नयाँ र नमुना भएको बताउदै अध्यक्ष जोशीले यसलाई अघि बढाउनका लागि सबै पक्षको हातेमालो आवश्यक रहेको औल्याए । कञ्चनपुरमा बहुप्रादेशिक शिक्षालय स्थापनासंगै यस क्र्षेत्रका स्थानीय एव विद्यार्थी समेत हर्षित भएका छन् ।

अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य कैलाशचन्द्र गिरीले यस अघि निजी कलेजमा बढि शुल्क लिएर अध्ययनरत विद्यार्थीलाई सहुलियत हुने बताए । ‘सरकारले प्राविधिक शिक्षालाई समेत सरकारीकरण गर्दै छ, त्यो, राम्रो काम पनि हो, ‘उनले भने, ‘यसबाट विद्यार्थी बढि लाभान्वित हुन्छन ।’ विद्यार्थीले बाह्य गएर बढि शुल्क तिरेर पढनुपर्ने बाध्यता हट्दै जनशक्ति समेत उत्पादन हुने बताए । अभिभावक संघ कञ्चनपुरका सचिव कर्ण बहादुर चन्दले बहुप्राविधिक शिक्षालय स्थापनासंगै विद्यार्थी र अभिभावक समेत लाभान्वित हुने बताए ।

 

‘सस्तो, सुलभ, गाँउघरमै, बसेर विद्यार्थीले सीपमुलक शिक्षा आर्जन गर्न पाउँछन, ‘चन्दले भने, ‘यसबाट अभिभावकलाई समेत आर्थिक भार हुँदैन ।’ शिक्षालय कञ्चनपुरमा स्थापना भएसंगै अभिभावक हर्षित भएको उनले बताए । जनप्रतिनिधीले समेत यस क्षेत्रमा सरकारी तहबाट बहुप्राविधिक शिक्षालय स्थापनासंगै प्रदेशकै विकास हुने बताएका छन । भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले चुनावी प्रतिबद्धता र जनताको चाहना, समसापेक्ष शिक्षाको माग अनुरुप सिटिईभिटीईबाट सम्बन्धन प्राप्त शिक्षालय ल्याएको बताए ।

‘हिजो हामीले जनतासंग जुन जिवनोपयोगी, सीपमुलक शिक्षा बनाउने प्रतिबद्धता जाहेर गरेका थियौँ, त्यही अनुरुप एक कदम अघि बढेका हौँ, ‘मेयर विष्टले भने, ‘अब यसलाई अघि बढाउँछौँ ।’ आम नागरिक एव सरोकारवालाको सहकार्य, साथसर्मथनमा नयाँ अभ्यास एव कार्यको थालनी भएकाले मेयर विष्टले बताए । ‘अब सम्बन्धन पाईसकेका छौँ, ‘मेयर विष्टले भने, ‘बाँकी भौतिक पूर्वाधार जनशक्तिको काममा अघि बढ्छौँ ।

’ संविधान सभा सदस्य टिकेन्द्र प्रशाद भट्टले बहुप्राविधिक शिक्षालयसंगै यस क्षेत्रको विकास हुने अपेक्षा राखे । उनले स्थानीय तह भीमदत्त नगरपालिका र महाकाली अस्पतालको साझेदारीमा संचालन हुने शिक्षालयले दिगोपन हुनुपर्ने सुझाव दिए । सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खडकाले प्रदेशका तर्फबाट बहुप्राविधिक शिक्षालयको बृद्धि विकास एव अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

‘यहाँबाट नयाँ कामको शुरुवात भएको छ, ‘उनले भने, ‘आगामी प्रदेशको बजेटमा समेटछौँ ।’ उनले नमुनाका रुपमा अघि बढाउने बताउदै प्रदेशका तर्फबाट सम्पूर्ण सहयोग गरिने बताए । भीमदत्त नगरपालिकाले बहुप्राविधिक शिक्षालय संचालन गरेसंगै यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । स्थानीय सरकारका तर्फबाट अघि सारिएको कार्य समाजिक दिगो विकास, सम्बृद्धिको भएको टिप्पणी गरेका छन् । पहिलाद रानाले जनसरोकार पोस्टमा लेखेका छन । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.