Wednesday, November 25, 2020

सास फेर्न गाह्रो हुने समस्या सामधान गर्ने यस्ता छन् घरेलु उपाय,बेलैमा थाहा पाईराख्नुहोस

- Advertisement -

सास फेर्न गाह्रो हुँदा असहज र कष्टकर अनुभव हुने गर्छ । सिढीमा चढेपछि वा रुघाखोकीबाट पीडित हुँदा सास फेर्न गाह्रो हुन्छ ।सास फेर्न गाह्रो हुने समस्या धेरै कारणले हुन सक्छ । यो अस्थायी वा केही गम्भीर स्वास्थ्य अवस्थाको कारण पनि हुन्छ ।कहिलेकाँही सास फेर्दा देखिने समस्यालाई घरमै सजीलै समाधान गर्न सकिन्छ । तर, प्रत्येक दिन वा लगातार सास फेर्न समस्या भएमा चिकित्सकसँग परामर्श लिनु पर्ने हुन्छ ।

सास फेर्न गाह्रो हुने समस्या भए गर्न सकिने घरेलु उपायःअदुवा वा अदुवा हालेको चियाले फाइदा गर्छ । अदुवाले श्वासप्रश्वासको संक्रमणको कारण हुने सासको समस्यालाई कम गर्न मद्दत गर्छ ।अदुवामा भएको एन्टी–इन्फ्लेमेटरी गुणका कारण फोक्सो फुल्ने समस्यालाई कम गर्न सक्छ । रुघाखोकी वा फ्लुबाट पीडित भएको कारण सास फेर्न गाह्रो महसुस भइरहेको छ भने नाकमा सिँगान र फोक्सोमा खकार भरिएको कारणले हुन सक्छ ।

खकार तथा सिँगान हटाउनका लागी वाफ लिन सकिन्छ । वाफ लिदा सास फेर्ने मार्ग खाली हुन्छ र सास फेर्न सहज हुन्छ ।असहज महसुस भएमा वा सास फेर्न गाह्रो भएको बेला, चिसो हावाको लागी फ्यानको नजिकै बस्न सकिन्छ । सास फेर्दा हावाको शक्ति महसुस गर्नाले शान्त हुन मद्दत गर्छ ।

सीधा भइ आरामदायी पोजिसनमा भुईं वा कुर्सीमा बसी बिस्तारै नाकबाट ४ देखि ५ सेकेन्डका लागि सास तानेर मुखबाट सास फेर्दा सहज हुन्छ ।मांसपेशीलाई कडा हुन नदिन कफीमा भएको क्याफिनले पनि मद्दत गर्न सक्छ । कफी दमाबाट पीडित व्यक्तिको लागि एकदम प्रभावकारी साबित भएको छ । कालो कफीले फोक्सोको कार्य सुधार गरी सास फेर्दा हुने समस्यालाई हटाउन मद्दत गर्छ । samacharlibrary

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया