Friday, November 27, 2020

आफ्नै बारीको भनेर फर्सीको मुन्टा खाने गर्नुभएको छ भने एकचोटी अवश्य पढ्नुहोस।हजुरको शरीरमा यस्तो हुँदै छ।नछुटाई पढ्नुहोला

- Advertisement -

हुन त बजारमा वा तपाईँको करेसावारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातीमध्ये एक हो फर्सीको मुन्टो वा भनौ फर्सीको पातको साग । उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो ।तर, फर्सीको पात वा मुन्टो खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टो खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी तपाईँलाई फर्सीको पातको साग खानुको फाइदाबारे जानकारी दिन चाहन्छौ ।

फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको साग भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । हामीलाई स्वस्थ रहनका लागि शरीरमा यि सबै तत्वको आवश्यक्ता पर्दछ।युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि तपाईँलाई खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको पातलाई आफ्नो नियमित भोजनमा समावेश गरेर तपाईँ उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षीत रहन सक्नु हुनेछ ।

फर्सीको पातको नियमित सेवनले हुने फाइदाबारे:बढ्दो उमेरलाई छेक्न: फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले तपाईँको बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । यदि तपाईँ आफ्नो बढ्दो उमेरलाई लुकाउन चाहनु हुन्छ र जवान देखिन चाहनु हुन्छ भने फर्सीको पातको साग आजैदेखि खान सुरु गरिदिनुस् ।

आँखा स्वास्थ्यको लागि लाभकारी: फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो हो । साथै आँखा कमजोर हुँदा फर्सीको पातको साग खानाले आँखाको रोशनी बढाउनमा मद्दत गर्छ ।

कोलेस्ट्रोललाई नियन्त्रण गर्न: अहिलेको समयमा उच्च कोलेस्ट्रोलको समस्याले प्रायः जसो सबै पीडित छन् । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको पात भने निकै नै उपयोगी हुन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ ।

प्रजनन क्षमतामा वृद्धि: तपाईँको विहे भइसकेको छ तर, अहिले सम्म आमा वा बुबा बन्ने सौभाग्य पाउनु भएको छैन भने फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । किनकी फर्सीको पातको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले तपार्ईँको प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

मधुमेहलाई गर्छ नियन्त्रण: मधुमेह रोग अहिलेको समयमा सुन्नमा सामान्य भएतापनि खतरनाक रोग हो । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । फर्सीको पातको सागमा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले तपाईँको ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

छालाको लागि फाइदाजनक: फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई निकाल्नमा मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ ।

क्यान्सरबाट जोगाउन: फाइबर एक यस्तो तत्व हो जसको सेवनले तपाईँलाई अनेक फाइदा हुन्छ । फर्सीको पातमा पाइने फाइबरले तपाईँको शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउँछ ।

पाचन प्रणालीलाई स्वस्थ राख्छ: फर्सीको पातमा पाइने पोटासियमले तपाईँको पाचन प्रणालीलाई स्वस्थ राख्नमा मद्दत गर्छ । साथै फर्सीको पातको सेवनले तपाईँको उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।bulbulpost बाट सभाेर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो धर्म हो त्यसैले एक सेयर गरौं) मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् ।...

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र...

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको...

मंसिर ११ र १२ गते ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’...

बिहीबार र शुक्रबार देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैछ । नियमित कार्यक्रम अन्तर्गत मंसिर ११ र १२ गते भिटामिन ‘ए’ र जुकाको...

धनिया स्वादका लागि मात्र होइन यी रोगको औषधि पनि हो

हाम्रो भान्सामा प्रयोग हुने धनिया स्वादका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । धनियाले विभिन्न रोगको औषधिको रुपमा समेत काम...

सास गन्ध आएर हैरान हुनहुन्छ ? यसो गर्नुहोस् !

सास गन्ध आएर अरुका अगाडि राम्रोसँग कुराकानी गर्नसमेत अप्ठ्यारो स्थिति आउँदा लाजको अनुभव हुने नै भयो । साथै श्वासको गन्धले मानिसको स्वास्थ्य र खानपिनको...

पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य

शरीरमा रहेका विकारहरू निकाल्ने प्राकृतिक तरिका हो पिसाबमोचन । यसको सामान्य रंग फिक्का पहेंलो वा अलिकति गाढा पहेंलो हुनसक्छ । पिसाबको रंग हेरेर  तपाईंले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया