Wednesday, December 2, 2020

आवाज निकाल्ने बित्तिकै लुकिहाल्ने लजालु कालो पोखरी

- Advertisement -

चरिकोट दोलखा, मङसिर २ गते । हिमाली जिल्ला दोलखामा अवस्थित कालोपोखरी निकै अदभूत र लजालु छ । तपाइँ चुपचाप कुनै आवाज ननिकाली जानुभयो भने पोखरीको स्वरुप छर्लङ्ग देख्न सक्नुहुन्छ तर थोरै पनि मानिसको आवाज होहल्ला सुन्नेबित्तिकै बादलको घुम्टोभित्र लुक्ने गर्दछ ।
“सुरुमा त हामीलाई पनि विश्वास लागेको थिएन् तर जब हामीले पोखरीको गतिविधि नजिकै पुगेर नियाल्यौँ तब पोखरीमा हल्ला गर्न नहुने रहेछ भन्ने थाहा भो।” गौरीशंकर गाउँपालिकाको अध्यक्ष स्वयमबहादुर खड्काले बताउनुभयो । “हामी पुग्दा खुल्ला पोखरी हल्लापछि बादलले पुरै ढाक्यो।”
जिरी नगरपालिका वडा नम्बर –१ स्थित चार हजार ४३० मिटरको उचाइमा अवस्थित यस पोखरीको विशेष धार्मिक महत्व रहेको गौरीशंकर गाउँपालिका नेकपाका अध्यक्ष जंग गुरुङले बताउनुभयो ।
दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ को सिमानामा रहेका प्रसिद्ध जट्टापोखरी, पाँचपोखरीभन्दा पश्चिमतिर करिब डेढ घण्टाको यात्रामा पुग्न सकिन्छ । यस पोखरीमा दिउँसो नै तारा देखिनेदेखि विभिन्न अदभूत क्रियाकलाप हुने गरेको उहाँ बताउनुहुन्छ । यहाँ तारा देख्नेहरु भाग्यमानी सावित हुने र मागेको पुग्ने जनविश्वास रहिआएको छ ।

गौरीशंकर गाउँपालिकाको मार्बु, चंखुबाट जाने सीमित यात्रु, चौरी र भेडा गोठालाहरुले मात्र देखेका कालोपोखरी माथिबाट हेर्दा कालो देखिन्छ ।
पाँचपोखरी, जट्टापोखरी जाँदा कालोपोखरी दर्शन गरेर जानुपर्ने र फर्कदा हेर्नुहुँदैन भन्ने धार्मिक मान्यता रहिआएको छ । जोकोहीलाई पुग्न कठिन भौगोलिक ठाउँमा अवस्थित र हरेक मौसममा हुस्सुले ढाकिराख्ने भएकाले पनि यसको दर्शन धेरैले गर्न पाएका छैनन् । स्थानीयले यस पोखरीलाई कालोपोखरी बाहेक भूतपोखरी र बौलाहा पोखरीको नामले पनि चिन्ने गरेको गौरीशंकर गाउँपालिकाका स्थानीय टीका गुरुङ बताउनुहुन्छ । “सानो आवाजमा पनि बादलले छोप्ने र सुनसानमा खुला हुने गर्छ ।” उहाँले भन्नुभयो । “धेरै पहिले आफूलाई तान्त्रिक विद्यामा शक्तिशाली मान्ने एक झाँक्री र पोखरीको ना बीच लडाइँ हुँदा झाँक्रीसंगै पुगेका साथीले सिकाएको मन्त्र जपेर पुजा गरी साथ नदिँदा नागले झाँक्रीलाई मारेपछि मानिसहरु यस पोखरीको नजिक जान डराउने गरेको सुनेको थिए।” यहाँ पूजा गर्न टाढैबाट फूल अक्षता, त्रिशूल, भेटी चढाउँछन् ।
कालोपोखरी धार्मिक महत्व मात्रै नभइ प्राकृतिक रुपमा समेत मनोरम रहेको उल्लेख गर्दै गौरीशंकर गाउँपालिका अध्यक्ष खड्काले चंखुदेखि कालोपोखरी हुँदै पाँचपोखरी, जट्टापोखरीसम्म जोड्ने पदमार्गलाई व्यवस्थित गर्ने बताउनुभयो ँ बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

श्रीमती लाई बि’ग्रन नदिन ध्यान दिनु पर्ने कुराहरु ( प्रदेशी मित्रहरुले...

वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतिहरु नेपालमा बि’ग्रिएको धेरै समाचार प्रकासनमा आएका छन् । श्रीमानको कमाइमा श्रीमातीको मस्ती, विदेशमा श्रीमानलाई सास्ती, नेपालमा श्रीमतिको अर्कैसंग म’स्ती,...

लसुन र प्याजले पनि चम्काउँछ अनुहार, यसरी गर्नुहोस् प्रयोग

काठमाडौँ । सफा, मुलायम, चम्किलो अनुहार कसरी बनाउने ? यसका अनेकौ काइदा छन्। घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ। धेरैले अनुहारको सौन्दर्यका...

दुई मुखे सर्प देख्ने बित्तिकै लाइक गरी कमेन्टमा ॐ लेख्दै सेयर...

काठमाडौ । विश्वमा विभिन्न किसिमका सर्पहरु पाइन्छ । हामिलाई हाम्रो घर खेत परीपरी पाइने बिभिन्न सपहरु बारे मात्र थाँहा छ । यस्तै भारतमा पनि...

अकस्मात् धन लाभ हुनुभन्दा अगाडि देखिन्छन् यस्ता सङ्केत,के तपाईले देख्नुभएको छ...

काठमाडौँ । हिन्दु धर्म अनुसार शुभ र अशुभको पुरानो मान्यता अझै मान्ने गरिन्छ । विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ ।त्यस्ता...

सपनामा सर्प देख्नुभयो ? यस्तो हुन सक्छ संकेत ! ॐ लेखी...

जनावरहरु सपनामा देखिनुले धेरै संकेत गर्दछ । त्यस्तै सर्प सपनामा देखिनु पनि विभिन्न जीवनका घटनाहरुसँग सम्बन्धित हुने उल्लेख छ। सर्प यौन को संकेत हो। सर्पको...

शुक्रबार जन्मने मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ ? हेर्नुहोस् !

एजेन्सी : मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । वैदिक सनातन धर्म अनुसार पनि मानिसको साल, महिना,...

प्रश्नको अन्तिममा निम्न शब्दहरु जोडेर सोधेमा उत्तर लेख्ने तरिका

–सिंहालोकन गर्नुहास् –विवेचना गर्नुहोस् –पुष्टि गर्नुहोस् –वर्णन गर्नुहोस्, –उल्लेख गर्नुहोस, –चर्चा गर्नुहोस् –टिप्पणी गर्नुहोस् –व्याख्या गर्नुहोस, –स्पस्ट पार्नुहोस् –आफ्नो धारणा लेख्नुहोस् –आलोचनात्मक टिप्पणी गर्नुहोस् –प्रकाश पार्नुहोस् –समालोचनात्मक मूल्याङ्कन गर्नुहोस् –तर्क प्रस्तुत गर्नुहोस् –विश्लेषण गर्नुहोस् –टिपोट प्रस्तुत गर्नुहास् उत्तर – प्रश्नमा प्रयोग...

कपाल लामो र बाक्लो बनाउन चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी घरेलु...

काठमाडौँ । भनिन्छ, महिलाको सौन्दर्य उसको कपालमा पनि हुने गर्दछ। लामो, कालो, मुलायम कपाल बनाउने धेरेको चाहना हुन्छ।यही चाहनालाई पुरा गर्नका लागि विभिन्न किसिमका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया