Friday, December 4, 2020

नलगाउनुस् अग्ला हिल भएका जुत्ता, यस्तो छ कारण

- Advertisement -

शहरी महिला अग्ला हिलयुक्त जुत्ता–चप्पल लगाउन मन पराउँछन्। हिलयुक्त जुत्ता–चप्पल लगाएर युवतीहरू आफूलाई ‘फेसनेबल’ देखाउन खोज्छन्। कम उचाइ भएका युवतीहरू आफूलाई अग्लो देखाउन यस्ता जुत्ता–चप्पल लगाउँछन्।

फेसनेवल देखाउन र आत्मसन्तुष्टिका लागि प्रयोग गरिएका यस्ता जुत्ता–चप्पलले स्वास्थ्यमा भने गम्भीर खालका समस्या निम्त्याउन सक्छ। अग्ला हिलयुक्त जुत्ताले तत्कालीन रूपमा दुर्घटनाको खतरा बढाउँछ भने दीर्घकालीन रूपमा शरीरमा विभिन्न किसिमका समस्या सिर्जना हुन्छ।

हिल लगाउँदा शरीरको सन्तुलन मिल्दैन। अग्ला हिल लगाएर बाटोमा हिँड्दा दुर्घटनाको डर हुन्छ। नमिलेको, ओह्रालो बाटोमा हिल सजिलैसँग अड्याउन गाह्रो हुने समस्या हुन्छ। यस्तो अवस्थामा लडेर ठूला चोटपटक लाग्ने तथा हात खुट्टा भाँचिने खतरा हुन्छ।

लामो समयसम्म अग्ला हिल भएका जुत्ता–चप्पल लगाउँदा खुट्टामा समस्या देखिन्छ। यसले खुट्टाको स्वरूप नै बिगार्ने, सुन्निने, लगातार खुट्टा दुख्ने तथा नसामा समस्या आउनेजस्ता समस्या देखिन्छन्। यसका कारण खुट्टाको अगाडिको नसा र कुर्कुच्चा सुन्निने समस्यासमेत हुन्छ।

पैताला दुख्ने समस्या समेत आउँछ। यस्तै पैतालाको मांसपेशी तन्किएर दीर्घकालीन रूपमा नसासम्बन्धी रोगको सम्भावना समेत बढ्छ।

अग्लो हिल लगाउँदा कालान्तरमा घुँडा र मेरुदण्डमा नकारात्मक असर पार्छ। घुँडामा अतिरिक्त दबाब परेर अर्थाइटिस, ब्याक पेन, मांसपेशीमा दुखाइजस्ता समस्या देखिन्छन्। त्यस्तै कम्मरको नसामा समस्या देखिनुका साथै साइटिका नामक रोग लाग्ने सम्भावना हुन्छ।khabardarinews बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

भाग्यमानीको हातमा कति ओटा शंख वा चक्र हुन्छ…..? थाहा पाउनुहोस्

काठमाडौं । हरेक मानिसको जन्मजात नै शंक र चक्र हात खुट्टामा हुने गर्दछ । हिन्दु धर्म अनुसार यसलाई भाग्य पनि भन्ने गरिन्छ । कतिले...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

डा. गोविन्द केसी २१ दिनपछि कोरोना संक्रमण मुक्त

On डा. गोविन्द केसी २१ दिनपछि कोरोना संक्रमण मुक्त काठमाडौं : प्रा.डा. गोविन्द केसी २१ दिनपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि...

कपाल झरेर दोधारमा हुनुहुन्छ ? सचेत हुनुहोस् यी ९ समस्याले ग्रसित...

on कपाल झरेर दोधारमा हुनुहुन्छ ? सचेत हुनुहोस् यी ९ समस्याले ग्रसित भएमा झर्ने गर्छ कपालकपाल झरेर हैरान भइयो के गर्ने ? अहिले यस्तो...

अनुहारमा नुन दल्नुहोस्, अनि हेर्नुहोस् ‘चमत्कार

 अनुहारमा पिप्मल आउने बर्सातको मौसम सकिएको छ । के तपाईकाे अनुहारमा पिम्पल आउन छाड्यो ? यदि हटेको छैन भने तपाईको छाला ओइली हुनुपर्छ ।...

बायाँ तर्फ ढल्केर सुत्नुहुन्छ ? यस्ता छन् बायाँ तर्फ ढल्केर सुत्नुका...

काठमाडौँ । धेरैजसो स्वास्थ्य जीवनको कुरा गर्दा हामी कस्तो खानपान गर्ने भन्ने विषयमा मात्र चर्चा गर्छौ । सन्तुलित खानपान र व्यायाम नै हामीलाई पर्याप्त...

बालबालिकाप्रति नगर्नुस् यस्ता गल्ती, सिकाउँनुस् यस्ता कुरा

काठमाडौं । तपाईं आफ्ना बालबालिकालाई परनिर्भर त बनाइराख्नु भएको छैन ? छ भने उनीहरूलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्दा राम्रो हुन्छ । बालबालिकालाई हरेक काममा सहयोग गर्नुभन्दा...

श्रीमती लाई बि’ग्रन नदिन ध्यान दिनु पर्ने कुराहरु ( प्रदेशी मित्रहरुले...

वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतिहरु नेपालमा बि’ग्रिएको धेरै समाचार प्रकासनमा आएका छन् । श्रीमानको कमाइमा श्रीमातीको मस्ती, विदेशमा श्रीमानलाई सास्ती, नेपालमा श्रीमतिको अर्कैसंग म’स्ती,...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया