सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलडाँडी ५ का वडाध्यक्षले आत्महत्याको बाटो किन रोजे ?

कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण रोकाया शुक्रबार बिहान मन्दिर जान्छु भन्दै घरबाट निस्किए । बिहान करिब ७ बजेतिर हिडेका रोकाया घरबाट करिब ५ सय मिटरको दूरीमा रहेको वैजनाथ मन्दिर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार मृतक रोकायाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको छ । तर रोकायाले आत्महत्या किन गरे ? त्यसको कारण अझै खुल्न नसकेको सोधखोज जारी रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए । ‘घटनास्थल मुचुल्काको काम सकेर शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएका छौँ,’ प्रहरी नायव उपरीक्षक थापाले भने, ‘आत्महत्याको कारण खुलेको छैन् । हामी अनुसन्धान गरिरहेका छौँ ।’

मंसिर ३ गतेदेखि वडा कार्यालय नगएका वडाध्यक्ष रोकायाले सहकर्मीसँग भने काम विशेषले बाहिर जानुपर्ने भन्दै राम्रोसँग काम गर्न सुझाएका थिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

‘तिहार अगाडीदेखि म विदामा बस्छु अब तपाईले कार्यवाहकको जिम्मेवारी सम्हाल्नुपर्छ भन्नुहुन्थ्यो,’ वडा सदस्य कमला ओखेडाले दिनेश खबरसँग भनिन्, ‘अस्ती बुधबार कार्यालय सहयोगी मार्फत कार्यवाहकको जिम्मेवारी दिएको पत्र मलाई थमाउनुभएको थियो । त्यही दिनदेखि उहाँ कार्यालय आउनुभएन ।’

Dirghayu Ads

ओखेडाका अनुसार वडाध्यक्ष रोकायाले टेलिफोन समेत गरी समयमै कार्यालय जान र राम्रोसँग काम गर्न भनेका थिए । रोकायाका सहकर्मीहरुका अनुसार उनले आफ्ना तनाव र समस्याका बारेमा कुराकानी भने गरेका थिएनन् । ‘घरायसी कारण भए थाहा भएन तर हामीसँग त्यस्तो कुनै पनि कुरा शेयर गर्नुभएको थिएन,’ वडा सदस्य ओखेडाले भनिन्, ‘उहाँ निकै मिलनसार स्वभावको हुनुहुन्थ्यो । एक्कासी दुःखद खबर सुन्दा पत्याउनै सकिएन ।’

उनले परिवारसँग समेत आफ्ना तनाव वा कुनै समस्याको बारेमा कुनै कुराकानी नगरेको पाइएको छ । ‘त्यस्तो कारण केही पनि थिएन, ’ मृतक वडाध्यक्षका नातिले भने, ‘बाजेले हामीसँग पनि कुनै कुरा गर्नुभएको थिएन । राम्रै कुरा गर्नुहुन्थ्यो । बिहान मन्दिर जान्छु भनेर घरबाट निस्किनुभएको हो ।’
बझाङ पुख्र्यौली घर भएका रोकाया लक्ष्मी पुजाका दिन सडक दुर्घटनामा परेका थिए। मोटरसाइकल अनियन्त्रित भएपछि भएको दुर्घटनामा परी निधारमा चोट लागेको थियो । उनको निधारमा ५ वटा टाँका लागेको उनका नातिले बताए। एका एक वडाध्यक्षले आखिरआत्महत्याको बाटो किन रोजे ?सबै आश्चर्य चकित भएका छन् । सुदूर प्रेस बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.