सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा एक जना वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा भेटिए

महेन्द्रनगर ।
कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ ।

बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए ।

वडाध्यक्ष रोकायाको शव घर नजिकैको मन्दिर छेउको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

घटनास्थल मृतक वडाध्यक्षको घरबाट एक किलोमिटरको दुरीमा छ ।

Dirghayu Ads

बिहान ७ बजेतिर घरबाट निस्किएका वडाध्यक्ष रोकाया बेलडाँडी गाउँपालिका–५ स्थित बाबाथान मन्दिर नजिकै रुखमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी थापाको प्रहरी टोली घटनास्थलतर्फ हिडेको छ । दैनिक सञ्चार बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.