Monday, November 30, 2020

बैतडीको खोडपे आउने बिहे कञ्चनपुरको नाकामै रोकियो

- Advertisement -

बैतडी — भारत उत्तराखण्डको टनकपुरका मोहनचन्द्र पाठक भाइ जीवनको जन्ती लिएर मंगलबार गड्डाचौकी नाकामा पुगे । बैतडीको खोड्पे जाने जन्ती दिउँसोसम्म नाकामै अलपत्र पर्‍यो । चम्पावतका जिल्ला अधिकारीको सिफारिससहित पुगेका उनीहरू दिउँसो मात्रै नेपाल भित्रिए । पीसीआर परीक्षणसँगै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर मात्रै जन्तीलाई भित्रिन दिइएको हो ।

‘डीएमको सिफारिससहित आएका छौं, यताबाट पीसीआर मागिरहेका छन्,’ पाठकले भने, ‘आधाजतिले त पीसीआर रिपोर्ट पनि बोकेका छन् ।’ राति विवाह गरेर बुधबार जन्ती फर्किसकेको छ । दिउँसै बिहेको लगन भए पनि नाकामा अल्झिँदा राति भएको पाठकले बताए । उनले नाकामा पुगेकामध्ये केही जन्ती पनि फिर्ता पठाएको बताए । कञ्चनपुरको महाकाली नगरपालिका–३ का महेश चन्दका भाइहरू उत्तराखण्डकै खटिमामा बस्छन् । खटिमामै बस्ने भतिजाको विवाह नेपालतर्फ तय भएको छ । तर उनलाई पनि नाका बन्द हुँदा जन्ती कसरी ल्याउने भन्ने अन्योल छ । भीमदत्त नगरपालिकाको हल्दुखाल आउने जन्तीलाई कसरी ल्याउने भनेर उनी जनप्रतिनिधिहरूसँग सोधिरहेका छन् ।

सीमावर्ती क्षेत्रमा वारिपारि विवाहको चलन पुस्तौंदेखिको हो । विगतको तुलनामा हालका वर्षमा यो चलन केही कम भए पनि यस वर्ष लकडाउन र नाका बन्द हुँदा झनै समस्या भएको छ ।

गत वर्ष नै निश्चित भएको विवाह पनि नाका बन्द हुँदा रोकिएको छ । ‘भतिजाको विवाह वैशाखमै गर्ने तयारी थियो, त्यतिबेला लकडाउनले आउनजानै पाइएन,’ चन्दले भने, ‘अहिले पनि नाकामा आउजाउ गर्न गाह्रो भएकाले कसरी जन्ती ल्याउने भन्ने भइरहेको छ ।’ उनका भतिजाको विवाह मंसिर दोस्रो साताका लागि तय गरिएको छ ।

भारतबाट आउनमात्रै होइन, भारततर्फ जन्ती जान पनि विभिन्न झमेलाहरू छन् । जिल्ला प्रशासन कार्यालयको सिफारिससँगै सीमित संख्यामा जन्ती लैजान पाउने गरिएको छ । अहिले जिल्ला प्रशासनमा भारततर्फ जन्ती जानका लागि तीनवटा सिफारिस माग गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । ‘सामाजिक कार्य भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने जन्तीलाई आउनजान दिने भन्ने भएको छ,’ उनले भने, ‘भारतबाट आउने जन्तीका लागि भने हामीले पीसीआर अनिवार्य भनेका छौं ।’

उनका अनुसार मंगलबार भित्रिएको जन्तीमा पनि अधिकांशको पीसीआर गरिएको थियो । पीसीआर परीक्षण नभएकालाई नाकाबाटै फिर्ता पठाइएको उनले बताए । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि चैत ११ देखि नाकामा आउजाउ असहज छ । त्यहीबेलादेखि बिहेबारीलगायत अन्य सामाजिक कार्यहरू प्रभावित भएका छन् । वारिपारि विवाह भएका छोरीबेटीहरूले पनि चाडपर्वका समयमा आउजाउ गर्न पाएका छैनन् । ‘भाइटीकाका लागि माइत जाने भनेको आधार कार्ड वा सिफारिस माग्न थाले,’ सीमावर्ती बजार खटिमामा माइत भएकी भीमदत्त–६ वनगाउँकी पार्वतीदेवी चन्दले भनिन्, ‘सानैमा बिहे भयो, हामीसँग आधार कार्ड कहाँबाट हुन्छ ?’ पछिल्लो समय रोजगारीसँगै उपचार र पेन्सनका लागि जानेहरूलाई जिल्ला प्रशासनको सिफारिसमा जान दिने गरिएको छ ।radio7star बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मिसन नेपाल राष्ट्र निर्माण अभियान कञ्चनपुरको अध्यक्षमा बोहरा

महेन्द्रनगर १४ मंसिर मिसन नेपाल राष्ट्र निर्माण अभियान कञ्चनपुरको अध्यक्षमा मोहन बहादुर बोहरालाई दिईएको छ । अभियानको केन्द्रीय कार्यलयले वेदकोट नगरपालिका १ का बोहरालाई मिसन...

एम्नेस्टी इन्टरनेसनल शुक्लाफाँटा युथ नेटवर्कको नयाँ कार्य समिति चयन

महेन्द्रनगर १४ मंसिर । मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि विश्वव्यापी रुपमा कार्यरत संस्था एम्नेस्टी इन्टरनेसनको युथ नेटवर्कको नयाँ कार्य समिति चयन भएको छ ।...

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

यूकेमा ९ सय बढीलाई रोजगारी दिदै ७ मिलियनको टर्नओभर गर्न सफल...

लण्डन । बेलायतमा बिगत दुइ दसक देखि क्लिनिङ्ग सेवा प्रदान गर्दै आएका नेपालको स्थाई घर म्याग्दीका योगेन क्षेत्रीको वाईबीसी कम्पनीले दिएको उत्कृष्ट सेवाबाट ग्राहकहरु...

नेपाल प्रजातान्त्रिक महासंघको सूचना, प्रविधि तथा प्रचार विभाग कञ्चनपुरको संयोजकमा भट्ट

हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ मंसिर । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाका रुपमा स्थापित नेपाल प्रजातान्त्रिक महासंघले सूचना, प्रविधि तथा प्रचार विभागको सुदूरपश्चिममा संगठन विस्तार कार्य...

‘स्मार्ट’ बन्दै विद्युत् प्राधिकरण

तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्ने कुराको जानकारी लिन अब नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घरघरमा...

मन्त्री मगरद्वारा बेलौरी क्षेत्रका विकास निर्माणका योजनाको अनुगमन

लाल ब. एस के , कंचनपुर गृहनगरी पुगेपछि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाको स्थलगत अनुगमन एव जनतासंग भेटघाटमा व्यस्त छिन । ...

अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआर निर्माणको प्रक्रिया शुरु

  अत्तरिया -अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआरका निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्ने उक्त क्षेत्रमा योजनावद्ध औद्योगिक विकासका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया