Friday, December 4, 2020

आज छठ पर्व: अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिईने

- Advertisement -

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ। आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन्।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ।

यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ।

यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरूसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ।

यसै बीच जनकपुरधाममा श्रद्धालुहरू इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा यो पर्व गए रातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् । गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुहरूले जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठ पर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन्।khabardarinews  बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, बे-वास्ता नगर्नुहोला, पूरा पढेर ॐ...

on सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, बे-वास्ता नगर्नुहोला, पूरा पढेर ॐ लेखि सेयर गरौं !!! सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवा स्ता...

९ लाख ब’लेको ब’त्तिलाई द’र्शन गर्नुहोस र ॐ लेखी सेयर गर्नुहोस,...

ध’नकि खानी,ध’नको देवी मानिने लक्ष्मी मातालाई प्र’सन्न गर्नको लागि मा’निसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।महालक्ष्मीको पूजा र आ’राधना गर्नाले धन र...

आजको राशिफल, २४ घण्टा भित्र खुसिको खबर सुन्न पाउनु हुनेछ !...

वि.सं.२०७७ साल मंसिर १८ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन ।...

हेर्नुहोस मंसिर १७ गते बुधबार डिसेम्बर २ तारीखको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल मंसिर १७ गते बुधबार इश्वी सन २०२० डिसेम्बर २ तारीख मार्गशीर्ष कृष्णपक्ष द्वितीया तिथी मृगशिरा नक्षत्र पश्चात आर्दा...

नाग देबको स्वरुप भएको रुद्राक्षलाई ॐ लेखि सेयर गर्नुहोस ७ दिनभित्रमा...

सा’त दि’नभित्’रमा त’पाइले सो’चेको का’म ब’न्नेछ बि’ल्कु’लै बे’वास्ता न’गर्नुहो’ला, ॐ ले’खि से’यर ग’रौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको श’क्ति...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ , ॐ लेखि सक्दो धेरै...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

मंसिर १६ गते मंगलबारको राशिफल हेर्नुहोस्

वि.सं.२०७७ साल मंसिर १६ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन ।...

धन लाभ हुनुअघि मिल्छन् यस्ता संकेत ॐ लेखी पुरा पढ्नुहोस…

हिन्दू धर्मशास्त्रमा शुभ र अशुभ विषय बारे उल्लेख गरिएको पाउन सकिन्छ।अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ तर केहीले भने यस्ता...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया