Friday, December 4, 2020

मंसिर ०५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

- Advertisement -

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको समेत मौका छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आलोचना गर्न सक्छन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । पठन पाठनमा त्यति समय दिन नसकिएला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यापार तथा उद्योग तर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुनेछ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानी साथ जुट्नुपर्नेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइ लेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काममा अवरोध आउने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला ।khabarpatrikanp बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अन्डा खाइसकेपछि त्यसको बो’क्रा फ्याल्ने हैन यसरी स’जाउनुहोस् घर

कुरा सामान्य हो, तर निकै उपयोगी छ । तपाई-हामी अन्डा खाइसकेपछि त्यसको बो’क्रा डस्विनमा मि’ल्काउँछौं । ग्रामिण क्षेत्रमा खास स’मस्या नहोला, तर श’हरमा घरबाट...

शुक्रबारको दिन यस्तो रंगको वस्त्र लगाउँदा बढ्छ सहनशीलता र पराक्रम

काठमाडौँ । शुक्रवारको दिन दैन्त्यहरुका गुरु शुक्रले राज गर्ने गर्छन । शुक्रको प्रकृति दयालु, नाजुक तथा मैत्री भावले भरिपुर्ण हुन्छ । यस प्रकारले यो...

के तपाई लाइ थाह छ कुन बार कुनदेवी देवताको पुजा आराधना...

धर्मशास्त्र ।हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन...

मंसिर १९ गते शुक्रबारको राशिफल पढ्नुहोस,भेटी स्वरुप एक सेयर गर्नुहो

१२ बजेर ३३ मिनेट उप्रान्त तिष्य । योग–शुक्ल,०८ घडी ५६ पला,बिहान १० बजेर १५ मिनेट उप्रँन्त ब्रम्ह । करण–बालव,बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, बे-वास्ता नगर्नुहोला, पूरा पढेर ॐ...

on सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, बे-वास्ता नगर्नुहोला, पूरा पढेर ॐ लेखि सेयर गरौं !!! सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवा स्ता...

९ लाख ब’लेको ब’त्तिलाई द’र्शन गर्नुहोस र ॐ लेखी सेयर गर्नुहोस,...

ध’नकि खानी,ध’नको देवी मानिने लक्ष्मी मातालाई प्र’सन्न गर्नको लागि मा’निसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् ।महालक्ष्मीको पूजा र आ’राधना गर्नाले धन र...

आजको राशिफल, २४ घण्टा भित्र खुसिको खबर सुन्न पाउनु हुनेछ !...

वि.सं.२०७७ साल मंसिर १८ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन ।...

हेर्नुहोस मंसिर १७ गते बुधबार डिसेम्बर २ तारीखको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल मंसिर १७ गते बुधबार इश्वी सन २०२० डिसेम्बर २ तारीख मार्गशीर्ष कृष्णपक्ष द्वितीया तिथी मृगशिरा नक्षत्र पश्चात आर्दा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया