सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तथ्यांक विभागमा २२ जना करार कर्मचारीको माग

काठमाडौँ। केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाका लागि २२ जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ ।

स्थानीय तहहरूको गणना क्षेत्र नक्सा तयारीका लागि २२ जना तथ्यांक संकलक र  डिजिटाइजर करारमा नियुक्त गर्न लागेको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

जिओमेटिक्स इन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण वा प्रमाणपत्र (प्लस टु) उत्तीर्ण गरी तीन महिना जीआइएस सम्बन्धी काम गरेको व्यक्तिले यो पदका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।

योग्य उम्मेदवारहरूलाई सात दिनभित्र विभागको प्रशासन शाखामा आवेदन दिन भनिएको छ । बढीमा आगामी फागुन मसान्त सम्म करार अवधी रहने यो पदका लागि मासिक पारिश्रमिक २८ हजार २०० तोकिएको छ ।

१२ औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ देखि असार ८ सम्म हुने भनिएको छ ।prasashan बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.