Wednesday, November 25, 2020

कोरोना कहरले फेरियो कञ्चनपुरका व्यवसायीको व्यवसाय

- Advertisement -

महेन्द्रनगर । दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिएका छन् । कोरोना कहरमा वितेका आठ महिनासम्म टेन्ट हाउसको व्यापार सुनसान बनेपछि उनले व्यवसाय परिवर्तन गरेर जीविकोपार्जन गर्ने योजनाअनरुप कागतीखेती, कुखुरा र बाख्रापालनमा लागेको बताए ।

“टेन्ट भाडामा दिएर वार्षिक अठारदेखि २० लाखसम्मको कारोवार हुन्थ्यो”, सञ्चालक जोशीले भने, “टेन्टका कर्मचारी पाल्न र जीविका चलाउन पनि अन्य व्यवसाय गर्नुको विकल्प भएन ।” उनले बिहेको मौसम आएपनि टेन्ट भाडाको कुनै व्यापार नरहेको बताए । विसं २०५६ देखि महेन्द्रनगरमा टेन्ट हाउस सञ्चालन गर्दै आएका जोशीले आफूले यस्तो महाकष्टको सामना गर्नुपर्छ भनेर कल्पनासमेत नगरेको बताए । “टेन्ट भाडामा नगएको आठ महिना भो”, उनले भने, “अन्यत्रको व्यापारले सघाउ पुग्ने आशा छ ।” जोशीले दश वर्षका लागि वार्षिक ८५ हजार भाडा तिर्ने गरी तीन बिघा जमिन भाडामा लिएको बताए ।

कोरोना सङ्क्रमण बढिरहेकाले पुरानै अवस्थामा फर्किन समय लाग्ने देखेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका प्रकाश जोशी पनि भैँसीपालनको तयारीमा जुटेका छन् । गुलरीयामा मालिकाअर्जुन टेन्ट हाउस सञ्चालन गर्दै आएका जोशीले कोरोनामा व्यापार नहुँदा बैंक किस्ता तिर्न पनि गाह्रो भइरहेको बताए । “वैकल्पिकका रुपमा यहाँ भैँसीपालन सुरु गरेको छु”, उनले भने, “तीन वटा भैँसी, एउटा पाडो र एउटा गाईपालनबाट व्यवसाय सुरु गरेँ ।” उनले कृषिलाई विकल्पका रुपमा मात्रै नभएर व्यावसायिक रुपमा अघि बढाउँदै लैजाने योजनामा रहेको जनाए ।

त्यसैगरी कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किने पनि अधिकांश कृषि, व्यापार र व्यवसायमा लागिरहेका छन् । एघार वर्ष दुबईमा काम गरेर कोरोना कहरबाट घर फर्किएका यहाँको शुक्लाफाँटा नगरपालिका–१ का पदम सिंहले पनि माछापालन, कुखुरा र बाख्रापालनको थालनी गरेका छन् । “कोरोना कहरमा कम्पनी नै बन्द भएपनि यहाँ आएर आयमूलक व्यवसायमा लाग्न बडिमालिका पशुपक्षी, मत्स्य विकास फार्म दर्ता गरेर अघि बढेको छु”, सिंहले भने, “यसका लागि बैंकबाट ऋण लिइरहेको छु ।” उनले उक्त व्यवसायका लागि सुरुआतमा २० लाख बढी लगानी भएको बताए । शुक्लाफाँटा–२ मा उनले एघार कठ्ठामा उक्त व्यवसाय सञ्चालन गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले पछिल्लो समय कृषि र पशुपक्षी व्यवसाय गर्ने युवा उद्यमीको सङ्ख्या बढिरहेको बताए । “कोरोनाले गर्दा अहिले स्थानीयस्तरमै केही गरौं भन्ने भावना देखिएको छ”, सिंहले भने, “मन्त्रालयबाट पनि आयमूलक कृषि व्यवसायमा लाग्ने युवालाई सम्बोधन गर्नु भन्ने स्पष्ट निर्देशन छ ।” उनले कोरोना प्रभावित युवालाई स्वरोजगार बनाउन प्रदेश सरकारले लिएको आवेदनमा कृषितर्फ मात्रै यहाँ एक हजार २०० भन्दा बढी युवाले आवेदन भरेको बताए । “यहाँ पशुपक्षीतर्फ अझ बढी युवा आकर्षित भएको आवेदनबाट देखिएको छ ।”

उनले भने, “अहिले पनि कोरोना प्रभावित भएर आएका १५ जना युवालाई दातृ निकायको सहयोगमा च्याउखेती तालीम दिइरहेका छौँ ।”स्वदेशमा रोजगारी नभएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भारत जानेको सङ्ख्या तिहारपछि झन् बढिरहेको छ । प्रदेश सरकारले नौ हजार जनालाई कृषितर्फ स्वरोजगार बनाउने लक्ष्यसहित लिएको आवेदनमा ८२ हजार बढीले आवेदन दिएका छन् । कञ्चनपुरको डोकेबजार नाका हुँदै आज विहान ३०० जना भारत गएको डोकेबजार प्रहरी चौकीका प्रहरी नायव निरीक्षक भुपाल थापाले जानकारी दिए । “यो नाकाबाट विहान ७ देखि बेलुकी ६ बजेसम्मलाई आवतजावत गर्न दिइएको छ”, उनले भने, “तिहार आसपासको समयमा दैनिक २५० देखि ४०० सम्म नेपाली रोजगारीका लागि भारत गएको देखिन्छ ।” मानखण्ड बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चपुरमा फरवार्डका चार शाखाको औपचारिक रुपमा उद्घाटन

कञ्चनपुर । ग्रामिण क्षेत्रको विकास गर्न तथा त्यहाँ रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक शशक्तिकरणमा जोड्ने हो भने माइक्रोफाइनान्स क्षेत्रलाई सरकारले प्राथमिकता...

घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले...

किसानहरुले उत्पादन गरेको तरकारीले बजार पाउन थाल्यो !

बैतडी : पछिल्लो समय बैतडीमा किसानहरुले गरेको तरकारी उत्पादनले बजार पाउन थालेको छ । लामो समयदेखिको कोरोना महामारीका कारण बाहिरबाट तरकारीको आयात बन्द हुदा जिल्लामा...

९५ रुपैयाँमै टेलिकमको भ्वाइससहित ८ जीबी डेटा प्याक, फेसबुक र युट्युवमा...

नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वको अवसरमा विभिन्न छुट र अफर सहितको नयाँ प्याकेज ल्याएको छ । कम्पनीले फेस्टिभल अफरका...

भारतबाट आलु आयत नभएपछि नेपालको आलुले राम्रो मूल्य पायो

विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ । विगतका वर्षहरूमा १५ देखि २५...

आज बुधवार सोच्नै नसकिने गरि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार...

आज बुधवार सुनको मूल्य बढेको छ । मंगलवार ३ हजार रुपैयाँले घटेको सुनको मूल्य बुधवार फेरि बढेको छ । बुधवार सुन तोलामा १०० रुपैयाँले बढेर ९४...

कञ्चन झलारी बचत तथा ऋण सहकारीद्वारा ६७ करोड बढीको कारोबार

शुक्लाफाँटा नगरपालिका वडा नं. १० मा केन्द्रीय कार्यालय रहेको कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा कुल ६७ करोड ८०...

प्रतिकिलो १ लाख ३८ हजार रुपैयाँ पर्ने यो कस्तो तरकारी हो...

हाम्रो दैनिक जीवनमा प्रयोग हुने तरकारीको मूल्य जति नै महंगो भए पनि प्रतिकिलो १ हजार रुपैयाँ भन्दा तल नै छ । तर, संसारमा यस्तो...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया