सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रचण्डकी नातिनीसँग रोमान्टिक राजेश हमाल

काठमाडौं–आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहाल अभिनेता राजेश हमालको जोडी भएर देखिएकी छिन् । स्मिता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियोमा स्मिता राजेशसँग रोमान्टिक देखिएकी हुन्

Sana Kishan

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ ।

सुनिल क्षेत्रीको कथा तथा कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर करेक्सन, नवराज उप्रेतीको छायांकन र सरोज ओलीको निर्देशन छ । onlineNepal बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.