Tuesday, November 24, 2020

देशभर चिसो वृद्धि, काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

- Advertisement -

सुनाखरी न्युज/ काठमाडौँ – उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो।

मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ। “तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ”, मौसमविद् अर्यालले भने। दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ। मौसमविद्का अनुसार पानी प¥यो भने अझै जाडो बढ्छ। तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नाका साथै तराईका भूभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव छ डिग्री र अधिकतम तापक्रम २२ दशमलव तीन डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस छ।sunakharinews.com बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...

चिसो मौसममा कोरोना संक्रमणबाट कसरी जोगिने ?

काठमाडौं । चिसो मौसममा भाइरसहरु थप सक्रिय हुने गरेको चिकित्सकहरु बताउँछन् । यो मौसममा रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने, स्वास फेर्न कठिन हुने जस्ता...

सुदूरका उच्च पहाडी क्षेत्रमा हल्का हिमपात

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम  क्षेत्रका हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिएको उल्लेख गरेको छ । सोमबार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया