Tuesday, November 24, 2020

बिग ब्यास : सन्दीपले होबार्टबाट खेल्ने

- Advertisement -

काठमाडौं,४ मङ्सिर- राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलिया चर्चित बिग ब्यास लिग (बिबिएल) होबार्ट हरिकेन्सबाट खेल्ने भएका छन् ।

यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपलाई टोलीले सम्झौता नविकरण नगरेपछि नयाँ टोलीको खोजी गरेका थिए । जसमा होबार्ट हरिकेन्सबाट खेल्ने पक्का भएको सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिएका छन् ।

होबार्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ।

सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन्।

यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए। उनले खेलेको दुबै सिजनमा स्टार्स फाइनलमा पुगेको थियो।

सन्दीपले दुई सिजनमा २० इनिङ्स खेल्दा ७.२७ को इकोनमीमा २६ विकेट लिएका छन्। बीबीएलमा उनको उच्च प्रदर्शन चार ओभरमा ११ रन दिएर तीन विकेट लिनु हो।

सन्दीपले बीबीएल २०१८ मा सात इनिङ्समा ६.९७ को इकोनमीमा ११ विकेट लिएका थिए। गत सिजनमा उनले १३ म्याचमा ७.४४ को इकोनमीमा १५ विकेट हात पारेका थिए।

यसअघि हरिकेन्सले विदेशी खेलाडीको रूपमा किमो पउल, कोलिन इन्ग्राम, टिम डेविड, डेविड मलानलाई अनुबन्ध गरिसकेको छ।

सन्दीपसहित हरिकेन्सले विदेशी खेलाडीको रूपमा पाँच जनालाई अनुबन्ध गरिसकेको छ। यो पटक नयाँ नियमअनुसार प्लेइङ-११ मा तीन विदेशी खेलाडी राख्न पाइने छ।

१० औँ सिजनको बीबीएल १० डिसेम्बरदेखि सुरु हुनेछ। उद्घाटन खेलमा होबार्ट हेरिकेन्स र सिड्नी सिक्सर्स खेल्ने छन्। सिड्नी गत सिजनको विजेता टिम पनि हो।

सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए ।ninglashainionline.com बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बीबीएल : होबार्टमा आवद्ध को-कोले खेलेका छन् आईपीएल?

१० औँ सिजनको बीबीएल आउँदो १० डिसेम्बरदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । यो पटक पनि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बीबीएल खेल्दैछन् । उनले आसन्न सिजनमा...

बंगलादेशसँग नेपालको बराबरी

काठमाडौं । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । ब्मक दथ ब्मःबलब.लभत बंगलादेशविरुद्ध...

नेपाल र बंगलादेशबीचको खेल यसरी हेर्नुहोस् लाईभ !

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । ‘मुजिब वर्ष फिफा...

कुन च्यानल , कसरी ,कहां, कहिले र कति बजे नेपाल र...

नेपाल र बंगलादेश बिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुदैछ । यस खेलको बारेमा धेरै हाम्रा मित्रहरूको प्रश्न थियोस कुन च्यानल, कसरी ,कहां, कहिले र कति...

दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई आईपीएलको उपाधी जित्न सफल

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८।४ ओभरमा...

खुसिको खबर ! दिल्लीले टस जितेर ब्याटिङ रोज्यो, फाईनल खेलमा भने...

  इन्डियन प्रिमियर लिग (आईपीएल) टी(२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको...

आईपीएलको उपाधिका लागि आज सन्दीप लामिछाने आबद्ध दिल्ली र मुम्बई भिडेन

एजेन्सी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्ने भएका छन् । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने...

खेलकुद गतिविधि सञ्चालन गर्न सरकारको अनुमति

काठमाडौं । दिनप्रतिदिन कोभिड संक्रमित बढ्दै गएका बेला सरकारले गत चैतदेखि बन्द रहेका खेलकुद गतिविधिहरू सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । विश्वभर महामारीका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया