Saturday, November 28, 2020

जाडोमा स्वस्थ रहन अपनाउनुस् यी उपाय

- Advertisement -

जाडोको मौसममा रुघाखोकी, ज्वरो, जण्डिस आदि समस्याले सताउँछ। विशेषगरी बालबािलका र वृद्धवृद्धा यो समयमा बढी प्रभावित हुन्छन्। त्यसैले जाडोबाट बच्न आफू र बालबालिका र वृद्धवृद्धाका लागि सावधानी अपनाउनुपर्छ।

चिसोबाट बच्न न्यानो कपडा लगाउनुका साथै तातो तथा झोल पदार्थहरू सेवन गर्नु लाभदायक मानिन्छ। जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै धेरै राम्ररो हुन्छ । हिँड्डुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनुपर्छ। बच्चाहरूलाई धेरै बाक्ला कपडा लगाइिदएर गुम्स्याउँदा पनि पसिना निस्केर त्यसैको चिसोले निमाेिनया हुनसक्छ।

हात, शरीरमा रोग लाग्नुको धेरै मध्ये एक प्रमुख कारण हो। जाडोको समयमा हात धुने वा सफा राख्न अल्छी गरिन्छ। स्वस्थ रहनका लागि बारम्बार हात धुन जरुरी हुन्छ। हात सफा राख्नको लागि ‘स्यानिटाइजर’ को प्रयोग गर्न सकिन्छ। हात धुँदा हतार नगरी कम्तीमा २० सेकेण्ड साबुन पानीले धुनुपर्छ। हात पुछ्नका लागि आफ्नो छुट्टै सफा तौलिया वा ‘टिसु पेपर’को प्रयोग गर्न सकिन्छ। हातले अनावश्यक रूपमा मुख र नाक छुनुहुँदैन।

आफूले प्रयोग गर्ने फोन, कम्प्युटर आदि ‘एन्टिसेप्टिक वाइप्स’को प्रयोग ले नियमित सफा राख्न जरुरी हुन्छ। प्रयोग गरिसकेको टिसु पेपर जस्ता कुराहरु सहि ठाँउमा फाल्नु पर्छ। रुघाखोकी भएका व्यक्तिबाट टाढा बस्ने वा सँगै हुँदा आफ्नो नाक र मुख छोप्ने गर्नुपर्छ।

रोग प्रतिरोधात्मक शक्ति बढाउन नियमित व्यायाम गर्नुपर्छ। बिरामी भइसकेको छ भने पनि व्यायाम गर्न सकिन्छ। शरीरले आराम पाउन निकै जरुरी हुन्छ। त्यसकारण कम्तीमा ८–१० घण्टा सुत्नुपर्छ। फलफूल र हरियो सागसब्जीले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकोले अरु खानेकुरा भन्दा यी खानेकुरामा जोड दिनुपर्छ। मौसमी फलफूल विशेष गरेर भिटामिन ‘सी’युक्त फलफूलको सेवन धेरै गर्नुपर्छ ।

दूधमा प्रोटिन, भिटामिन ‘ए’, ‘बी १२’, क्याल्सियम हुने भएकाले जाडोमा यसको सेवन गर्नु उत्तम मानिन्छ। जाडोको समयमा आँगन, छत वा पार्कमा बसेर घाम ताप्नु पनि स्वास्थ्यका लागि लाभदायी हुन्छ। बन्द कोठाभित्र बसेर आगो वा हिटर ताप्ने गर्नुहुँदैन। राम्रोसँग हावा आवतजावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्नुपर्छ। khabardarinews.com बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो धर्म हो त्यसैले एक सेयर गरौं) मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् ।...

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र...

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया