Sunday, November 29, 2020

कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड

- Advertisement -

महेन्द्रनगर । । कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ५०२ जनाको मृत्यु भएको छ एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि कात्तिक २७ मा १० हजार ७ जनाको मृत्यु भएको थियो ।

एकैदिन मृतकको संख्यामा सर्वाधिक वृद्धि भएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ४२ हजार ९४२ पुगेको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार २०० जनाको मृत्यु भएको छ । युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५२ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ५९८ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५२ हजार ७४५ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायत लगायत युरोपभरि नै मृतकको संख्या बढ्दै गएको छ । युरोपमा भने बेलायतपछि फ्रान्समा सबैभन्दा बढीको मृत्यु भएको छ। फ्रान्समा अहिलेसम्म ४६ हजार २७३ जनाको मृत्यु भएको छ । यस्तै स्पेनमा पनि ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा स्पेन तेस्रो स्थानमा छ ।

संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४६ हजार ६६२ संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड ५९ लाख ३६ हजार ९०१ पुगेको छ ।

यसमध्ये ३ करोड ८९ लाख ५८ हजार ८०२ जना संक्रमण मुक्त भएका छन् । विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ५६ लाख ३४ हजार ९८३ पुगेको छ । उपचार गराइरहेकामध्ये १ लाख ६८७ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।  manasakhanda.com बाट सबार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मिसन नेपाल राष्ट्र निर्माण अभियान कञ्चनपुरको अध्यक्षमा बोहरा

महेन्द्रनगर १४ मंसिर मिसन नेपाल राष्ट्र निर्माण अभियान कञ्चनपुरको अध्यक्षमा मोहन बहादुर बोहरालाई दिईएको छ । अभियानको केन्द्रीय कार्यलयले वेदकोट नगरपालिका १ का बोहरालाई मिसन...

एम्नेस्टी इन्टरनेसनल शुक्लाफाँटा युथ नेटवर्कको नयाँ कार्य समिति चयन

महेन्द्रनगर १४ मंसिर । मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि विश्वव्यापी रुपमा कार्यरत संस्था एम्नेस्टी इन्टरनेसनको युथ नेटवर्कको नयाँ कार्य समिति चयन भएको छ ।...

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

यूकेमा ९ सय बढीलाई रोजगारी दिदै ७ मिलियनको टर्नओभर गर्न सफल...

लण्डन । बेलायतमा बिगत दुइ दसक देखि क्लिनिङ्ग सेवा प्रदान गर्दै आएका नेपालको स्थाई घर म्याग्दीका योगेन क्षेत्रीको वाईबीसी कम्पनीले दिएको उत्कृष्ट सेवाबाट ग्राहकहरु...

नेपाल प्रजातान्त्रिक महासंघको सूचना, प्रविधि तथा प्रचार विभाग कञ्चनपुरको संयोजकमा भट्ट

हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ मंसिर । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाका रुपमा स्थापित नेपाल प्रजातान्त्रिक महासंघले सूचना, प्रविधि तथा प्रचार विभागको सुदूरपश्चिममा संगठन विस्तार कार्य...

‘स्मार्ट’ बन्दै विद्युत् प्राधिकरण

तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्ने कुराको जानकारी लिन अब नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घरघरमा...

अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआर निर्माणको प्रक्रिया शुरु

  अत्तरिया -अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआरका निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्ने उक्त क्षेत्रमा योजनावद्ध औद्योगिक विकासका...

कञ्चनपुरमा स्क्रब टाइपसका बिरामीको संख्या बढ्दो, पहिलो चौमासिकमै १५ जनामा संक्रमण

कञ्चनपुरः कञ्चनपुरमा चालु आर्थिक वर्षमा स्क्रब टाइपसका बिरामीको संख्या बढ्दोक्रममा देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कञ्चनपुरमा १५...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया