Wednesday, December 2, 2020

कक्षा १२ को परीक्षाको समय डेढ घन्टा मात्रै

- Advertisement -

काठमाडौं, कोरोना त्रासको कारण रोकिएको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि सुरु हुँदै छ।

यस वर्ष परीक्षाका लागि पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। डेढ घन्टामै हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिँन लागेको हो। बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ।

२० प्रतिशत अंक आन्तरिक मूल्यांकनबाट थपिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। शर्माका अनुसार पुरानै मोडेलमा भए पनि प्रश्न संख्या घट्ने छ।

सरकारले परीक्षा सञ्चालनमा सहमति दिएपछि ९ मंसिरदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न लागिएको हो। ८ वैशाखदेखि सञ्चालन हुने तय भएको परीक्षा कोरोना संक्रमण बढेपछि स्थगित भएको थियो। नयाँ तालिकाअनुसार बिहान ८ देखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यस वर्ष कक्षा–१२ को फारम भरेका सबै विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । त्यसअनुसार देशभर चार हजार एक सय पाँचवटा परीक्षा केन्द्र कायम भएका छन्।

विद्यार्थी आफैँले पढेको विद्यालयमा पुग्न सम्भव नभएमा हाल विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयबाटै परीक्षा लिने व्यवस्थासमेत मिलाइएको छ। यस वर्ष कक्षा–१२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थी छन्।

सरकारले एसइई र कक्षा ११ का विद्यार्थीका लागि भने परीक्षाबिनै माथिल्लो कक्षामा अध्ययन गर्न पाउने व्यवस्था गरिसकेको छ। एसइई र कक्षा ११ का विद्यार्थीका लागि भने आन्तरिक मूल्यांकनकै आधारमा माथिल्लो कक्षामा पढ्न पाउने व्यवस्था गरिएको हो pathivaradaily.com

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आज विश्व एड्स दिवस , विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व एड्स दिवस हो, एक अन्तर्राष्ट्रिय दिन जुन यस रोगको बारेमा जागरूकता जगाउन र यससँग संघर्ष गरिरहेका व्यक्तिहरूको समर्थन देखाउन समर्पित छ। https://youtu.be/d5pJjF_dre4   विश्व एड्स...

त्रिविका कक्षा अब भौतिक उपस्थितिमै

काठमाडौँ, मङ्सिर १५ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन...

पशुपतिनाथ पुस १ गतेदेखि खुला

काठमाडौं । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि...

कञ्चनपुरमा नक्कली नोट छाप्ने कारखाना पत्ता लाग्यो, ३ जना नियन्त्रणमा

कञ्चनपुरमा नक्कली नेपाली नोट छाप्ने कारखाना पत्ता लागेको छ। जिल्लाको सदरमुकाम रहेको महेन्द्रनगर बजार गल्ली नम्बर २ मा सञ्चालन गरिएको नक्कली नेपाली रकम छाप्ने...

नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर : खानेपानी मन्त्री बिना मगर

कञ्चनपुर, १५ मंसिर । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले नागरिकको जनजीविकासँग जोडिएका विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका...

बैतडी : पञ्चेश्वरको धिरमडा सोलार लिप्ट खानेपानी योजना सम्पन्न, नागरिकहरुलाई राहत

मंसिर १५/  बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ५ धिरमडामा सोलार लिप्टिङ खानेपानी योजना सम्पन्न भएको छ । ग्रामीण जलस्रोत ब्यबस्थापन परियोजना पञ्चेश्वर गाउँपालिका र...

मिसन नेपाल राष्ट्र निर्माण अभियान कञ्चनपुरको अध्यक्षमा बोहरा

महेन्द्रनगर १४ मंसिर मिसन नेपाल राष्ट्र निर्माण अभियान कञ्चनपुरको अध्यक्षमा मोहन बहादुर बोहरालाई दिईएको छ । अभियानको केन्द्रीय कार्यलयले वेदकोट नगरपालिका १ का बोहरालाई मिसन...

एम्नेस्टी इन्टरनेसनल शुक्लाफाँटा युथ नेटवर्कको नयाँ कार्य समिति चयन

महेन्द्रनगर १४ मंसिर । मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि विश्वव्यापी रुपमा कार्यरत संस्था एम्नेस्टी इन्टरनेसनको युथ नेटवर्कको नयाँ कार्य समिति चयन भएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया