सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना सङ्क्रमणका कारण धनगढीका युवकको मृत्यु

sharethis sharing button

Sana Kishan
सुदूर प्रेस संवाददाता

धनगढी– कोरोना सङ्क्रमणका कारण धनगढीका एक युवकको भारतमा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–६ नजरिया टोल निवासी अन्दाजी ३५ वर्षीय टिकाराम कुँवरको भारतको सुरतमा हिजो मृत्यु भएको उनका आफन्त डन्डीराज सुबेदीले जानकारी दिए । गुजरात सुरतमा काम गर्दै आएका उनलाई  करिब चार महिना अघि सङ्क्रमण पुष्टि भएको थियो । सुरुमा सरकारी अस्पतालमा भर्ना भएका उनलाई उपचार हुन नसक्ने भन्दै पछि मिसन नामको निजी अस्पताल भर्ना गरियो । उनको उपचारका क्रममा  साढे आठ लाख खर्च भइसकेको थियो । अस्पतालले थप ५ लाख रकम लाग्ने बताएपछि उनी सँग भएको पैसा सकिएका कारण धनगढीका युवाहरूले रकम सङ्कलन गर्न टिकाराम बचाउ अभियान सञ्चालन गरेका थिए । तर उनको उपचारकै क्रममा हिजो निधन भयो, बचाउन सकिएन अभियानका सदस्य डन्डीराज सुबेदीले  भने । मृतकका श्रीमती र तिन साना छोरा छोरी छन् । छोरा छोरी धनगढीमै छन् भने श्रीमती भारतमा श्रीमान् सँगै थिइन  । हिजो उनको भारतमै दाहसंस्कार गरिएको छ । sudurpress.com बाट सबार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.