Saturday, November 28, 2020

बंगलादेशसँग नेपालको बराबरी

- Advertisement -

काठमाडौं । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।

ब्मक दथ ब्मःबलब.लभत
बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सकेन् ।

खेल अवधि भर नेपालका अग्रपंक्तिका खेलाडी डरलाग्दो आक्रमण बनाउनबाट चुकेका थिए ।

तर, खेलको इन्जुरी समयमा नवयुग श्रेष्ठको हेड प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

रजिन धिमालको क्रसमा नवयुगको उत्कृष्ट हेडर पोस्टमा लागेर फर्कदा नेपाल जित निकाल्नबाट बन्चित भयो ।

 

यस्तै बंगलादेशविरुद्ध नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरे ।

रक्षात्मक खेल्दै काउन्टर अट्याकमा जोड दिएको बंगलादेशले पनि उत्कृष्ट आक्रमण गर्न सकेन ।

यस बराबरीसँगै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ बंगलादेशले जितेको छ ।

बंगलादेशले दुई खेलको सिरिजमा एक जित र एक बराबरी खेल्दै सिरिजमा कब्जा जमाएको हो ।

शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा बंगलादेशले नेपाललाई २(० ले हराएको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

क्ष्mबनभ mबथ अयलतबष्लः ज्ञठ उभयउभि, तभहत

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।

दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो ।

छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।

समूह ’बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । खेलपाटी डटकम बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पारस खड्का आईसीसीको दशककै उत्कृष्ट एसोसियट खेलाडीको सूचीमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले तयार पार्ने एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि परेका छन्। आईसीसीले मंगलबार सार्वजनिक गरेको...

बीबीएल : होबार्टमा आवद्ध को-कोले खेलेका छन् आईपीएल?

१० औँ सिजनको बीबीएल आउँदो १० डिसेम्बरदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । यो पटक पनि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बीबीएल खेल्दैछन् । उनले आसन्न सिजनमा...

बिग ब्यास : सन्दीपले होबार्टबाट खेल्ने

काठमाडौं,४ मङ्सिर- राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलिया चर्चित बिग ब्यास लिग (बिबिएल) होबार्ट हरिकेन्सबाट खेल्ने भएका छन् । यस अघिका दुई सिजन...

नेपाल र बंगलादेशबीचको खेल यसरी हेर्नुहोस् लाईभ !

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । ‘मुजिब वर्ष फिफा...

कुन च्यानल , कसरी ,कहां, कहिले र कति बजे नेपाल र...

नेपाल र बंगलादेश बिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुदैछ । यस खेलको बारेमा धेरै हाम्रा मित्रहरूको प्रश्न थियोस कुन च्यानल, कसरी ,कहां, कहिले र कति...

दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई आईपीएलको उपाधी जित्न सफल

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८।४ ओभरमा...

खुसिको खबर ! दिल्लीले टस जितेर ब्याटिङ रोज्यो, फाईनल खेलमा भने...

  इन्डियन प्रिमियर लिग (आईपीएल) टी(२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको...

आईपीएलको उपाधिका लागि आज सन्दीप लामिछाने आबद्ध दिल्ली र मुम्बई भिडेन

एजेन्सी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्ने भएका छन् । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया