सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा खाद्यबाली उत्पादनमा बृद्धि हुँदा किसान हर्षित !

बैतडी- बैतडीमा यो बर्ष खाद्यबाली उत्पादनमा बृद्धि भएको छ । गत बर्षभन्दा यो बर्ष खाद्यबाली उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

मुख्य खाद्यबालीका रुपमा रहेको मकै यो बर्ष २० हजार १५९ मेट्रिक टन उत्पादन भएको छ । गत बर्ष मकै १९ हजार ७६४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । जिल्लाको १२ हजार ३ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिने गरिएको छ ।

यस्तै यसबर्ष धानबाली उत्पादनमा पनि बृद्धि भएको छ । यो बर्ष १८ हजार ४९ मेट्रिक टन धानउत्पादन भएको छ । गत बर्ष धान १७ हजार १९० मेट्रिक टन उत्पादन भएको थियो । बैतडीको ९ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिदै आएको छ ।
जिल्लाको सबैजसो ठाउँमा मकैखेती गरिन्छ भने पाटन, हाट, सलेना, सुर्नयालाई धान खेतीको पकेट एरियाका रुपमा चिनिन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यो बर्ष किसानले उन्नत जातको बिउको प्रयोग गरेकाले खाद्यबाली उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ।

यो भन्दा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको भएपनि जंगली जनावरका कारण केही कम उत्पादन भएको बताईएको छ ।
विनोद सिंह विष्ट ले ninglashainionline.com मा लेखेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.