Saturday, November 28, 2020

बैतडीका कच्ची सडकमा जीप ब्यबसायीको मनोमानी, क्षमता भन्दा बढी यात्रु, चर्को भाडा, यात्रु मारमा !

- Advertisement -

–मंसिर २र बैतडीका कच्ची सडकहरुमा जीप ब्यबसायीहरुको मनोमानी चल्ने गरेको छ । अधिकासं कच्ची सडकहरुमा सञ्चालनमा रहेका जीप ब्यबसायीहरुले यात्रुहरुसगं चर्को भाडा असुल्ने गरेका छन । जिल्लाका अधिकासं सडकहरुमा भाडाँको बिषयमा जीप ब्यबसायीहरुको मनोमानी चल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन ।

जिल्लाको दोगडाकेदार गाँउपालिकाको सिल्लेगाडा–रिम सडक खण्डमा सञ्चालनमा रहेका जीप ब्यबसायीहरुले यात्रुहरुसगं चर्को भाडा असुल्ने गरेको पाईएको छ ।

लगभग आधा दर्जन जीपहरु मात्रै उक्त सडकखण्डमा सञ्चालनमा रहेकोले ब्यबसायीहरुको मनोमानी चल्ने गरेको स्थानियहरुको भनाई छ । गाउँमा पहिलो चोटी गाडी गुड्दा हर्षित भएका स्थानियहरु चर्को भाडा तिरेर यात्रा गर्नु पर्दा समस्या भएको बताउँछन ।

“सिल्लेगाडा–रिम सडकखण्डमा कम मात्रामा जीपहरु चल्छन त्यसैले जीप ब्यबसायीको मनोमानी चलेको छ ” एक स्थानियले भने । सिल्लेगाडा देखि रिम सम्मको दुरी २०÷२२ किलोमिटर मात्रै रहेको छ । ब्यबसायीहरुले यात्रुहरुबाट ४ सय देखि ६ सय ५० सम्म भाडा असुल्ने गरेका छन ।

यस्तै गाउँपालिकाको खोचलेकदेखि सित्तडसम्म १७ किलोमिटरको दुरीमा पनी जीप ब्यबसायीहरुले यात्रुहरुसगं ४ सय भन्दा माथि भाडाँ असुल्ने गरेका छन । अहिले स्थानिय सरकारहरुलाई भाडा तोक्ने अधिकार भए पनि कच्ची सडकहरुको भाडा नतोकिदा ब्यबसायीहरुको लुटतन्त्र चलीरहेको हो ।

जिल्लाका अन्य कच्ची सडकहरुमा पनी जीप ब्यबसायीहरुले चर्को भाडा असुल्दा यात्रुहरु मार्कामा परेका छन । यता जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले भने बिना रुट प्रमिटका सडकहरुमा भाडाँदर नतोकिएकोले समस्या हुने गरेको जनाएको छ । “जिल्लाका अधिकासं सडकहरुको भाडाँ दर तोकिएको छैन ।

” जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख राजेन्द्र रावलले भने । “बढी भाडा लिएको पाईएमा हामीले कार्बाही गर्छौ” । अहिले गाउँगाउँमा सडक सञ्जाल बिस्तार भएर केही सहज भए पनि सम्बन्धित निकायहरुले भाडाँदर नतोकिदिदा यात्रुहरु मारमा परेका छन । (जनक साउदले रेडियो बैतडी मा लेखेका छन ।)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआर निर्माणको प्रक्रिया शुरु

  अत्तरिया -अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआरका निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्ने उक्त क्षेत्रमा योजनावद्ध औद्योगिक विकासका...

कञ्चनपुरमा स्क्रब टाइपसका बिरामीको संख्या बढ्दो, पहिलो चौमासिकमै १५ जनामा संक्रमण

कञ्चनपुरः कञ्चनपुरमा चालु आर्थिक वर्षमा स्क्रब टाइपसका बिरामीको संख्या बढ्दोक्रममा देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कञ्चनपुरमा १५...

स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ जोखिम भत्ता वितरण

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितको परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ जोखिम भत्ता वितरण गरेको...

भोलि चिनियाँ रक्षामन्त्री आउँदै, परराष्ट्रद्वारा सार्वजनिक

काठमाडौं, मंसिर १३ ।  चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आउदै हुनुहुन्च । उहाको भ्रमणबारे...

बैतडीमा बलात्कार लुकाउन एक तोला सुनः छ महिनापछि बाहिरियो घटना

१२ मङ्सिर, बैतडी: एक तोला सुनको प्रलोभनमा सामसुम पार्न खोजेको बलात्कार घटना झन्डै ६ महिनामा सार्वजनिक भएको छ। आरोपितले तमसुक गरेअनुसार सुन नदिएपछि पीडित पक्षले...

आईएमयू नेपालबाट कोभिड–१९ सबै रिपोर्टिंङ

भुवनेश्वरी जोशी १३ मङ्सिर, डोटी । विश्व व्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको मुख्य पाटो स्वाब संकलन र परीक्षण सम्बन्धि काम को विवरण...

स्थानीय तहका प्रशासकीय प्रमुख सरुवा अधिकार प्रदेशलाई दिने तयारी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण गर्न प्रस्ताव गरिँदै छ । स्थानीय...

कञ्चनपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु

कञ्‍चनपुर — भीमदत्त नगरपालिका–२ महोलियामा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । शुक्रबार राति ट्यांकी सफा गर्ने क्रममा उनीहरुको मृत्यु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया