सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पर्सामा कोरोना संक्रमित एक महिलाको मृत्यु !

वीरगन्ज : पर्सामा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगन्ज महानगरपालिका १५ की ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजले वीरगन्जको नगवास्थित बाबा होटलमा सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा ती महिलाको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।

ढाड दुख्ने र श्वास प्रश्वासमा समस्या भएपछि ती महिलालाई उपचारका लागि आइतबार बेलुकी नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उपचारका क्रममा कोरोनाको आशंकामा स्वाब संकलन गरी जिन एक्स्पर्ट विधिबाट पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Dirghayu Ads

संक्रमण पुष्टि भएपछि ती महिलालाई आइतबार राति नै बाबा होटलमा सञ्चालित कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । आइसीयुमा राखेर उपचार गर्ने क्रममै उनको सोमबार साँझ साढे ५ बजे मृत्यु भएको हो ।

योसँगै पर्सामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । (annapurnapost.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.