Wednesday, December 2, 2020

केही हप्तामै वितरण गरिने कोरोना खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत ! जानकारीको लागी पढेर शेयर गर्नुहोस ।

- Advertisement -

अमेरिकी कम्पनी मोडेर्नाका अनुसार सार्वजनिक गरिने तयारीमा रहेको पाइजर भ्याक्सिनको प्रभावकारिता ९५ प्रतिशत नजिक रहेको तथ्य बाहिर आएको छ ।

साथै उक्त खोपले कोरोना महामारी अन्त्य गर्नेमा आत्मविश्वास उत्पन्न भएको पनि कम्पनीले जनाएको छ । मोडेर्नाले यो तथ्य आउनुलाई ‘महान दिन’को रुपमा व्याख्या गरेको छ । साथै यसैलाई लिएर केही हप्ताभित्रै खोपको स्वीकृति लिनका लागि आवेदन दिने पनि कम्पनीले जनाएको छ ।

यद्यपि उक्त खोपको परीक्षणमा अमेरिकामा जम्मा ३० हजार मानिस सहभागी थिए । जसमध्ये आधालाई चार हप्ताको अन्तरमा दुई डोज खोप दिइएको थियो । र बाँकी खोप ‘डमी’को रुपमा थिए ।

र खोपको प्रभावकारिता भने पहिलो ९५ मा आधारित रहेर व्याख्या गरिएको हो । कम्पनीका अनुसार अनुसन्धानको क्रममा खोपले ९४ दशमलब ५ प्रतिशत काम गरेको थियो ।
यस्तै ११ जना गम्भीर प्रकृतिका संक्रमितहरुमाथि पनि खोप लगाउँदा उनीहरुलाई निको भएको र पछि समस्या नदेखिएको अनुसन्धानले देखाएको छ ।

‘समग्र प्रभावकारिता उल्लेखनीय छ । यो एक महान दिन हो,’ मोडेर्नाका प्रमुख मेडिकल अधिकृत ताल जाक्सले बीबीसीलाई बताएका छन् । मोडेर्नाका अध्यक्ष डा. स्टेफन होगले भने जब यसको नतिजा आयो अपत्यारिलो जस्तै लागेको प्रतिक्रिया दिए । उनले भनेका छन्, ‘हामीमध्ये कसैले पनि कोभिडलाई रोक्न यो खोप ९४ प्रतिशत प्रभावकारी होला भन्ने आशा गरेका थिएनौँ, यो वास्तवमै आश्चर्यजनक जानकारी हो ।’

खोप कहिले पाइन्छ त ?

खोप कहिले उपलब्ध हुन्छ भन्ने कुरा तपाईँ कहाँ हुनुहुन्छ र कति वर्षको हुनुभयो भन्ने कुराले निर्धारण गर्ने मोडेर्नाले जनाएको छ । साथै यो आगामी हप्ताहरुमै अमेरिकामा सुरु भने हुनेछ । र देशभर २ करोड डोज उपलब्ध गराउने पनि बताइएको छ ।

यस्तै आगामी वर्षसम्ममा विश्वभर १ अर्ब डोज प्रयोगका लागि उपलब्ध गराउने आशा राखेको कम्पनीले जनाएको छ । बेलायत सरकारले पनि कम्पनीसँग अझै सहकार्य गरिरहेको छ । जब कि, बेलायती खोप छिट्टो आउने ६ खोपमध्ये परेको छैन ।

सुरक्षित छ त ?

खोप कहिले आउला भन्ने जति चासोको कुरा हो, त्यत्तिकै मात्रामा यो सुरक्षित छ त ? भन्ने जिज्ञासा बढी छ । यस खोपबारे प्रमुख सुरक्षा चिन्ता प्रकट गरिएको छैन । तर पारासिटामोल वाहेक अरु औषधि सतप्रतिशत सुरक्षित हुँदैनन् ।

जस्तै कि, केही बिरामीलाई खोपपछि पनि टाउको दुख्ने, अरु दुखाइ र थकान जस्ता समस्या छोटो समयका लागि देखिनसक्ने सम्भावना रहन्छ । तर विज्ञहरु के भन्छन् भने यस खोपबाट रोग प्रतिरोधी क्षमता र अरु जे अपेक्षा गरिएको हो त्यसका लागि चाहिँ यसले काम गर्नेछ ।  (annapurnapost.com बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

इतिहासमै पहिलो पटक ओली सरकारले आज ३९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास...

काठमाडौँ, १५ मंसिर । आज ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले...

के तपाईंलाई थाहा छ कति हा’इट भएको मानिसको तौ’ल कति हुनु...

मानिसको तौ’ल कति हुनुपर्छ ? यसको जवाफ उक्त व्यक्तिको उ’चाई र शा’रीरिक ब’नौटलाई आधार मानेर दिन सकिन्छ । तौ’ल बढी हुनु वा घ’टी हुनु...

बेदकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास (फोटो फिचर )

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण गरिने भएको छ ।       ...

जान्नुहाेस, निलो दाग बो क्सी ले रग त चुसेर देखिएकाे हाे...

मानिसकाे शरिरमा निलाे दाग देखा पर्याे भने बाेक्सिकाे आराेप लगाउने गर्छन् । के साँच्चै बाेक्सिले टाेकेकाे हाे त ? कहिले काहिँ देखिने याे दाग...

स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु यास्ता छन् जानिराखाैँ

मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् । धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी...

जा’डोमा ता’तो तातो गु’न्द्रुक खानुको कति धेरै फाईदाहरु

दुः’ख वा अभा’वको खान्की भनिन्थ्यो, गुन्द्रुकलाई । तर, अहिलेका पुस्ता गुन्द्रुक भनेपछि हुरुक्कै हुन्छन् । त्यसो त अहिले हाम्रो मेनुमा विश्वकै खानेकुरा उपलब्ध छ...

प्रे’शर हा’ई छ ? झुक्किएर पनि खा’नु हुदैन यस्ता कुरा

उच्च र’क्त’चाप व्य’वस्थापनका लागि सि’फारिस गरिएको खा’नपान व्य’वस्थालाई चि’कित्सा वि’ज्ञानमा दा’श खानपान वि’धि भनिन्छ । यो खानपान वि’धिलाई उच्च र’क्तचापको रो’कथाम र उ’पचार एवं...

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया