सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खप्तडमा हिमपात सुरू, हवाई सेवा सुचारु भएसँगै पर्यटक बढ्ने अपेक्षा !

सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड क्षेत्रमा यसवर्षकै पहिलो हिमपात भएको छ । कात्तिकको मसान्त राति हिमपात भएको डोटीका पर्यटन व्यवसयी दीपक खड्काले बताए ।

पहाडी क्षेत्रमा सामान्य बदली हुँदा पनि खप्तडमा हिमपात हुने गर्दछ । तर कात्तिकमा परेको हिउँ धेरै दिनसम्म नरहने पर्यटन व्यवसायी बताउँछन् ।

Sana Kishan

सुदूरपश्चिमको डोटी, अछाम, बाजुरा र बझाङको सीमानामा खप्तड राष्ट्रिय निकुञ्ज फैलिएको छ । यसै वर्षदेखि सुदूरपश्चिमका डोटी, बझाङ, अछामको साँफेबगरसम्म हवाई सेवा सुरु भएको छ ।

World Link Ads
Mahakali Polytechnic

तीनै जिल्लाका विमानस्थल कालोपत्रे भएपछि हवाई सेवा सुरु भएको हो । हवाई सेवा सुरु भएको र कात्तिकदेखि नै खप्तडमा हिमपात भएपछि पर्यटक बढ्ने आशा पलाएको खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।( annapurnapost.com बाट साभार )

Dirghayu Ads

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.