Friday, December 4, 2020

किसानहरुले उत्पादन गरेको तरकारीले बजार पाउन थाल्यो !

- Advertisement -

बैतडी : पछिल्लो समय बैतडीमा किसानहरुले गरेको तरकारी उत्पादनले बजार पाउन थालेको छ । लामो समयदेखिको कोरोना महामारीका कारण बाहिरबाट तरकारीको आयात बन्द हुदा जिल्लामा उत्पादन हुने तरकारीले राम्रो बजार पाउन थालेको किसानहरुले बताएका छन ।

जिल्लाको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका किसान सुरेश सिह भाटले पहिलेको तुलनामा अहिले तरकारीको बजार राम्रो भएको बताउनुभयो । अहिले भारतबाट आउने तरकारी आउने छाडेकोले आफुहरुले उत्पादन गर्ने तरकारी खपत गर्न सहज भएको उहाँको भनाई छ ।

उनले झण्डै ७ रोपनी जमिनमा बिभिन्न प्रकारका तरकारीहरु उत्पादन गर्ने गरेका छन । तरकारी खेतीबाटै बार्षिक ५ लाख आम्दानी हुने गरेको भाटको भनाई छ । तरकारीको बजार भाउ पनी अहिले बृद्धि भएकोले तरकारी खेती गर्ने किसानहरुलाई राहत भएको सोही ठाउँका अर्का किसान तारा सिह भाटले बताउनुभयो ।

गत बिगतको तुलनामा अहिले प्रत्येक तरकारी उपजमा १० देखि १५ रुपैंयासम्म बृद्धि भएको उनको भनाई छ । अहिले बन्दा प्रतिकेजी ५० रुपैया, काउली ६० रुपैया र मुला प्रतिकेजी २५ रुपैयामा बिक्रि गर्ने गरेको उहाँले जानकारी दिनुभयो । आफुहरुले उत्पादन गरेको तरकारी जिल्लाका बिभिन्न बजारहरुमा खपत गर्ने गरेको उनीहरुको भनाई छ ।

गत बिगतका बर्षहरुमा तरकारी खेती गर्दै आएका किसानहरुको उत्पादन राम्रै भए पनि बजार नपाउदा समस्या हुने गरेकोमा अहिले उत्पादनले बजार पाउन थालेको कृषि ज्ञान केन्द्र बैतडीले जानकारी दिएको छ । किसानहरुले उत्पादन गरेको गोलभेडा, आलु, रायो, काउली र बन्दा लगायतका तरकारीहरुले बजार पाउन थालेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्ण बहादुर चन्दले जानकारी दिनुभएको छ ।

अहिले तरकारी खेती गर्ने किसानहरुलाई स्थानिय सरकारहरुले पनी बिभिन्न प्राबिधिक सहयोग सगंै बिउ बिजन बितरण र अन्य सहयोगले गर्दा तरकारी खेती तर्फ किसानहरुको आर्कषर्ण बढ्दै गएको छ । बेमौसमी तरकारी खेतीबाट किसानहरुले अहिले मनग्गे आम्दानी समेत गर्न थालेका छन ।

जिल्लामा ५ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जानकारी दिएको छ ।  (जनक साउदले रेडियो बैतडी.com मा लेखेका छन ।)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

इतिहासमा पहिलो पटक घटिरहेको सुनको भाउ एक्कासी यति धेरैले बढ्यो मुल्य...

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार...

नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड द्वारा मृत्युदावि रकम भुक्तानी

कञ्चनपुर नेपालकै पहिलो र अग्रणि जीवन बीमा कम्पनी नेशनल लाईफ इन्सोरेन्स क. लि. महेन्द्ररनगर शाखााबाट आफ्ना तिनवटै छोराहरू पवन जोशी, भुवन जोशी र मिलन जोशीको...

को’रोनाले यसरी फेरिदियो जीवन, पाइलट गरिरहेछन् ‘फूड डेलिभरी’ को काम

को’रोना महामा’रीका कारण थुप्रैको जीवन नराम्रोसँग प्रभावित भइरहेको छ । संसारभरी राजगारीमा कमी आएको छ र थुप्रै क्षेत्र यस्ता छन् जुन न’राम्रोसँग धरासयी बनेका...

कञ्चपुरमा फरवार्डका चार शाखाको औपचारिक रुपमा उद्घाटन

कञ्चनपुर । ग्रामिण क्षेत्रको विकास गर्न तथा त्यहाँ रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक शशक्तिकरणमा जोड्ने हो भने माइक्रोफाइनान्स क्षेत्रलाई सरकारले प्राथमिकता...

कोरोना कहरले फेरियो कञ्चनपुरका व्यवसायीको व्यवसाय

महेन्द्रनगर । दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिएका छन् । कोरोना कहरमा...

घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले...

९५ रुपैयाँमै टेलिकमको भ्वाइससहित ८ जीबी डेटा प्याक, फेसबुक र युट्युवमा...

नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वको अवसरमा विभिन्न छुट र अफर सहितको नयाँ प्याकेज ल्याएको छ । कम्पनीले फेस्टिभल अफरका...

भारतबाट आलु आयत नभएपछि नेपालको आलुले राम्रो मूल्य पायो

विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ । विगतका वर्षहरूमा १५ देखि २५...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया