Monday, November 30, 2020

बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्म जयन्ती !

- Advertisement -

लन्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लन्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम सम्पन्न गरेको छ।

तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पु¥याएको योगदानको चर्चा गरे ।

लन्डनस्थित स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजबाट विद्यावारिधि गरेर उक्त विश्वविद्यालयको नेपाली एन्ड हिमालयन स्टडिज विभागमा रही नेपाली भाषा, साहित्यको अध्यापन गरी हाल अवकासप्राप्त डा माइकल हटले समग्र नेपाली साहित्यको विकासक्रमको चर्चा गरे । उनले नेपालका वरिष्ठ कवि तथा साहित्यकारको योगदानको चर्चा गर्दै केही साहित्यकारका सिर्जनासमेत वाचन गरेका थिए ।

प्रा डा सूर्यप्रसाद सुवेदीले महाकवि देवकोटाले नेपाली भाषा तथा साहित्यमा पु¥याएको विशेष योगदानको चर्चा गरे । नेपाली साहित्य विकास परिषद् संयुक्त अधिराज्यका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहले बेलायतमा नेपाली साहित्यको विकास र विस्तारसम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज संयुक्त अधिराज्यका अध्यक्ष लक्ष्मी राई ९लारा०ले बेलायतमा नारी हस्ताक्षरहरुको विषयमा जानकारी गराइन् । त्यस्तै कवि तथा साहित्यकार गोपी सापकोटाले बेलायतमा नेपाली साहित्यको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बेलायतमा रहेका प्रतिनिधि नेपाली कवि तथा साहित्यकारहरुका रचनाहरु सम्मिलित डा दुबसु क्षेत्रीद्वारा सम्पादित ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ तथा नेपालको सबैभन्दा पुरानो साहित्यिक मासिक पत्रिका ‘शारदा’को बेलायतमा नेपाली साहित्य विशेषाङ्क १ र २ को लोकार्पण गरिएको थियो ।

सो अवसरमा आयोजित काव्यगोष्ठीमा बेलायतलगायत युरोप तथा नेपालबाट समेत कवि तथा साहित्यकारहरुले कविता, गीत, मुक्तक वाचन गरेका थिए ।

साथै बेलायतमा रहेका बाँसुरी समूह र कलाकारहरु सेमन्त राई, भरत लोहरुङ र सुरेन्द्र इङ्नामले बाँसुरी वादन, कलाकारहरु डम्बरसिंह प्रयास तथा मनोज अञ्जानले सारङ्गी वादन एवं कलाकार प्रमोद शर्माले गायन प्रस्तुति गरेका थिए । (khabardarinews.com बाट साभार )

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मिसन नेपाल राष्ट्र निर्माण अभियान कञ्चनपुरको अध्यक्षमा बोहरा

महेन्द्रनगर १४ मंसिर मिसन नेपाल राष्ट्र निर्माण अभियान कञ्चनपुरको अध्यक्षमा मोहन बहादुर बोहरालाई दिईएको छ । अभियानको केन्द्रीय कार्यलयले वेदकोट नगरपालिका १ का बोहरालाई मिसन...

एम्नेस्टी इन्टरनेसनल शुक्लाफाँटा युथ नेटवर्कको नयाँ कार्य समिति चयन

महेन्द्रनगर १४ मंसिर । मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि विश्वव्यापी रुपमा कार्यरत संस्था एम्नेस्टी इन्टरनेसनको युथ नेटवर्कको नयाँ कार्य समिति चयन भएको छ ।...

ट्रककाे ठक्करबाट हबल्दारकाे मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको...

यूकेमा ९ सय बढीलाई रोजगारी दिदै ७ मिलियनको टर्नओभर गर्न सफल...

लण्डन । बेलायतमा बिगत दुइ दसक देखि क्लिनिङ्ग सेवा प्रदान गर्दै आएका नेपालको स्थाई घर म्याग्दीका योगेन क्षेत्रीको वाईबीसी कम्पनीले दिएको उत्कृष्ट सेवाबाट ग्राहकहरु...

नेपाल प्रजातान्त्रिक महासंघको सूचना, प्रविधि तथा प्रचार विभाग कञ्चनपुरको संयोजकमा भट्ट

हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ मंसिर । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाका रुपमा स्थापित नेपाल प्रजातान्त्रिक महासंघले सूचना, प्रविधि तथा प्रचार विभागको सुदूरपश्चिममा संगठन विस्तार कार्य...

‘स्मार्ट’ बन्दै विद्युत् प्राधिकरण

तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्ने कुराको जानकारी लिन अब नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घरघरमा...

अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआर निर्माणको प्रक्रिया शुरु

  अत्तरिया -अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआरका निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्ने उक्त क्षेत्रमा योजनावद्ध औद्योगिक विकासका...

कञ्चनपुरमा स्क्रब टाइपसका बिरामीको संख्या बढ्दो, पहिलो चौमासिकमै १५ जनामा संक्रमण

कञ्चनपुरः कञ्चनपुरमा चालु आर्थिक वर्षमा स्क्रब टाइपसका बिरामीको संख्या बढ्दोक्रममा देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कञ्चनपुरमा १५...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया