Friday, December 4, 2020

चिसो माैसममा कोरोना संक्रमणको जोखिम कति ?

- Advertisement -

काठमाडौं । युरोपेली राष्ट्रहरुमा कोरोना भाइरसको संक्रमण तीव्र गतिले बढ्दैछ। युरोपमा मात्र १ करोड २९ लाख ५९ हजार बढी मानिस संक्रमित भइसकेका छन्। मृतकको संख्या मात्र ३ लाख ७ हजार बढी छ।

रसियामा हालसम्म १८ लाख ५८ हजार बढी कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये ३२ हजार बढी संक्रमितको त मृत्यु भइसकेको छ। त्यहाँ एकै दिन २१ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ४ सय बढीको मृत्यु भएको छ। विश्वको सबैभन्दा चिसो हुने देशमध्ये रसिया पनि एक हो।

गर्मी मौसममा कोरोना भाइरसको संक्रमण रोकिने धेरैको अनुमान थियो। तर रोकिएन। चिसो मौसममा कोरोनाको संक्रमण बढ्न सक्ने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन्।

केही दिनयता काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ। गर्मीमा भन्दा जाडो मौसममा भाइरल इन्फेक्सनको जोखिम पनि बढी हुन्छ। चिसो समयमा भाइरल ज्वरो, रुघाखोकी, निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या बढ्ने चिकित्सक बताउँछन्। चिसो मौसममा कोरोनाका भाइरस अन्य समयमा भन्दा बढी बाँच्न सक्ने विभिन्न अध्ययनहरुले समेत देखाएको छ।

जोडामा भाइरस सक्रिय हुने र भाइरल लोड समेत बढ्ने सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला बताउँछन्। चिसोमा नाक, मुख र घाँटीको कोषिकाहरु सुख्खा हुने भएकाले भाइरस फैलिन सक्ने उनले बताए।

डा बाँस्तोला भन्छन्, ‘जाडोका कारण भाइरस सक्रिय हुन्छ। भाइरल लोड पनि बढेर जान्छ। यसमा भएको ह्युमिलिटीका कारण नाक, मुख र घाँटीको कोषिकाहरु सुख्खा हुने भएकाले भाइरस फैलिन सक्छ।’

चिसोमा अन्य भाइरल संक्रमण, मौसमी रुघाखोकी, ब्याक्टेरियल संक्रमण, निमोनियाको जोखिम हुने भएकाले जटिलता थप्ने काम गर्ने उनले बताए। जाडोमा अधिकांश व्यक्तिहरु कोठामा गुम्सिएर बस्छन्। तर कोठामा गुम्सिएर बस्दा पनि संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन सक्ने डा बाँस्तोला बताउँछन्।

उनी भन्छन्, ‘जाडोमा एउटै कोठामा हावा नछिर्ने गरी गुम्म भएर बस्नु हुँदैन। यदि कोही व्यक्ति संक्रमित छ, भने गुम्सिएर बस्दा पनि कोरोना संक्रमण फैलन सक्छ।’

अर्को पक्ष भनेको चिसो मौसममा रोग प्रतिरोधात्मक क्षमता पनि घट्ने गर्छ। डा बाँस्तोलाका अनुसार चिसो मौसम यसै पनि मुटु रोगी र दमका रोगीका लागि जोखिमपूर्ण मानिन्छ। त्यहीमाथि कोरोना भाइरसले थप जटिलता निम्त्याउन सक्ने उनले बताए।

चिसो मौसममा कोरोनाको जोखिम बढ्छ भन्ने यकिन नभए पनि अर्का सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन सम्भावनालाई नकार्न भने सक्दैनन्। चिसो मौसममा भाइरल इन्फेक्सन बढ्ने भएकाले कोरोनाको जोखिम पनि बढ्न सक्ने उनको भनाइ छ।

उनी भन्छन्, ‘चिसो तथा सुख्खा मौसममा भाइरसहरु सक्रिय हुन्छन्। चिसोमा कोरोनाको जोखिम बढ्छ भन्ने यकिन त छैन। तर यसको सम्भावनालाई नकार्न पनि सकिँदैन।’

सुरुवाती दिनमा चीनको वुहानमा कोरोना देखिँदा पनि त्यहाँ चिसो मौसम थियो। भाइरसको प्रकृति, देखिरहेको अवस्थालाई हेर्दा कोरोनाको जोखिम बढ्न सक्ने डा पुन बताउँछन्।

बढ्दो चिसाले विशेषगरी बालबालिका, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई सताउँछ। चिसोका कारण भाइरल ज्वरो, रुघाखोकी, निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या तत्काल देखापरे उपचारको आवश्यक पर्ने डा पुनको सुझाव छ।  (khabardarinews.com बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बट्टाईको अण्डा खाँदा हुने फाईदाहरु

अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो । यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका...

खाना कम खाँ’दा मो’टोपन घ’ट्छ भन्नु भ्र’म हो। यस्ता छन् अरु...

        तौ’ल कसरी घ’टाउने भन्ने कुरा अहिले धेरैको निम्ती टा’उको दु’खाईको बिषय बन्दै गएको छ । अस्तव्य’स्त जीवनशैली, अ’नियन्त्रित खा’नपान र...

डण्डीफोरले हैरान हुनुहन्छ ? पुदिनाले पुग्छ फाइदा

  पुदिना स्वास्थ्यका हिसावले बहुउपयोगी वनस्पती हो । अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा...

उठ्ने बित्तिकै पानी पिउँदा हुने ५ फाइदा थाहा पाउनुहोस्

बिहान उठेपछिको तपाईंको दैनिकी के के हुन्छ ? सम्झनुहोस् तपाईंले आफ्नो स्वास्थ्यका लागि पनि केही गर्नुहुन्छ ? अरु धेरै पर्दैन नियमित खाली पेटमा एक...

चिसो मौसममा हरेक सम’स्याको औ’षधिः अलैँच

धेरैजसो व्यक्तिहरु चिसो सुरु भएसँगै विभिन्न समस्याबाट पीडित हुने गर्छन् । सास फेर्न समस्या हुने, रुघाखोकी लाग्ने, कफ आउने, छातीमा समस्या हुने जस्ता समस्याबाट...

इतिहासमै पहिलो पटक ओली सरकारले आज ३९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास...

काठमाडौँ, १५ मंसिर । आज ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले...

के तपाईंलाई थाहा छ कति हा’इट भएको मानिसको तौ’ल कति हुनु...

मानिसको तौ’ल कति हुनुपर्छ ? यसको जवाफ उक्त व्यक्तिको उ’चाई र शा’रीरिक ब’नौटलाई आधार मानेर दिन सकिन्छ । तौ’ल बढी हुनु वा घ’टी हुनु...

बेदकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास (फोटो फिचर )

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण गरिने भएको छ ।       ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया