Saturday, November 28, 2020

सक्दो सेयर गर्नुहोस, २२३ वर्ष अघि यी देवीको आराधना गर्दा काठमाण्डौंमा महामारीको अन्त्य भएको थियो !

- Advertisement -

अहिले संसार नै कोरोना भाइरसले त्रसित बनेको छ।संसारमा नै यो महा मारीको रुपमा फैलिएको छ।तर कोरोन मात्र यस्तो महा मारी होइन जसले नेपाल लगायत संसारलाई त्रसित बनायो।को रोना भाइरस महा मारी बेला हामी तपाईंहरूलाई आजभन्दा २२३ वर्षअघि काठमाडौंमा उपत्यकामा फैलिएको यस्तो महा मारी कथा सुनाउँदैछौ, जसको ठूलो मूल्य चुकाउनुपरेको थियो यहाँका आदिबाशी नेवारहरूले।

मध्यकालीन काठमाडौंमा ‘बिफर निको पार्ने देवी’ का रूपमा पुजिने शितला माजूबारे हेमराज शाक्यको पुस्तक ‘श्री स्वयम्भू महाचैत्य’ मा पनि वर्णन छ।काठमाडौंका नेवारलाई निष्कासित गरिएको तिथि भने यसमा अलि फरक परेको छ। उक्त घटना विक्रम सम्बत् १८५८ को जेठ–असार महिनातिर भएको उनले लेखेका छन्।

उक्त महामारीका कारण तत्कालीन निरंकुस शासकले काठमाडौंका नेवार परिवारलाई ठूलो संख्यामा चार भञ्ज्याङ कटाएका थिए।खासगरी नाबालक बालबच्चा भएका परिवारलाई पूर्वमा तामाकोशी र पश्चिममा मर्स्याङ्दीपारि खेदिएको थियो।यस्तो गर्नुको पछाडी के कारण रहको थियो त्येसको पनि हामी तपाइहरुलाइ वृतान्त सुनाउछौ।

काठमाडौँ उपत्यका बाट खेदिएका नेवार त्यसपछि पूर्वतिर लागेका र भोजपुर, चैनपुर र धनकुटा तथा पश्चिम लागेकाहरू गोरखा, लमजुङ, तनहुँ र कास्कीसम्म पुगेको इतिहासकारहरुले बताउँछन्।यो विक्रम सम्बत् १८५४ को कुरा हो।त्यति बेला रणबहादुर शाहको शासन थियो।

इतिहासकारहरूले उनलाई सन्की, हठी, दुर्बल र रसिक राजाका रूपमा चित्रण गरेका छन्।कति पय इतिहासकारले उनीलाई कलाकारी राजाको पनि उपनाम दिएका छन्।बाबुराम आचार्यले उनको व्यक्तित्व वर्णन गर्दै ‘नेपालको संक्षिप्त वृत्तान्त’ मा लेखेका छन्– ‘यिनी हँसमुख स्वभावका थिए।स्वर पनि मिठो थियो। सितार बजाउनमा सिद्धहस्त थिए।

जीउडाल पातलो थियो। स्वास्थ्य प्रायः कमजोर रहन्थ्यो। यिनी बराबर बिरामी पर्थे। घोडा चढ्न डराउँथे र प्रायः मानिसका पिठ्यूँमा सवार भई यताउति घुमफिर गर्थे।’बाबुराम आचार्यले उनलाई पशुप्रेमी राजा पनि भनेका छन्।पशुपन्छी पाल्न यिनलाई विशेष सोख थियो।

न्यूरोडमा जहाँ अचेल नेपाल बैंकको प्रधान कार्यालय छ, त्यहाँ रणबहादुरको पालामा ठूलो पशुशाला थियो।त्यहि ठाउँमा गाई, घोडा, मृग, भेडा, बाख्रा, भैंसी, बँदेल, हाँस, कुखुरा लगायत विभिन्न पशुपन्छी पालिएका थिए, आचार्य वर्णन गर्छन्, ‘साँढे जुधाउनमा नवयुवक राजा रणबहादुर शाहलाई ठूलो सोख थियो।’

उनीलाई साढे जुदाई सबै भन्दा रोचक लाग्थ्यो।एकचोटि पशुपतिनाथ दर्शन गर्न मिथिलातिरको एउटा ब्राह्मण परिवार काठमाडौं आएको थियो। ‘कान्तवती’ नामकी छोरी सँगै थिइन्। नवयौवना रुपवती ती विधवा ब्राह्मणीलाई देखेर नवयुवक रणबहादुर मोहित भएछन्।उनलाई ति बिधवा हदै सम्मको मन परेछ।लंकाका राजा रावणले मिथिलाकी सीता हरण गरेजस्तै रणबहादुरले पनि मिथिलाकी विधवा ब्राह्मणी कान्तवतीलाई बलपूर्वक आफ्नो राजभवनमा लगे।

विवाहको प्रस्ताव राखे।तर कान्तवती मानिनन्।‘म पतिव्रता विधवा ब्राह्मणी हुँ, पुनर्विवाह गर्नु अधर्म हुन्छ,’ उनी यसै भन्दै लगभग छ महिना अडिएर बसिन्।तर राजाको अगाडी उनको केहि चलेन ।आखिरमा रणबहादुरको हठसामु लाचार हुँदै भनिन्, ‘म महाराजसँग विवाह गर्न तयार छु, तर मेरो एउटा सर्त छ।’यो पोस्ट facebook मा share गरौ ।(manakamanadaily.com बाट साभार )

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया