Saturday, November 28, 2020

कञ्चनपुरको कालिकिच पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै !

- Advertisement -

कञ्चनपुरः बेल्डाँडी गाउँपालिका २ मा रहेको प्रसिद्ध कालिकिच ताल र किसान मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय स्थल बनाउन शुरुआत गरिएको छ । गाउँपालिकाले ती दुवै स्थानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पर्यटकीय स्थल बनाउने प्रक्रिया अघि बढाएको हो ।

ती स्थान गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र नजिक रहेका छन् । गाउँपालिकाले वन मन्त्रालयसित समन्वय र सहकार्य गरी ती स्थानलाई गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्र बनाउन डिपिआर बनाएर अघि बढाएको गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

“कालिकित ताल र किसान मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय स्थल बनाउन डिपिरआ बनाएर अघि बढेका छौ” उनले भने, “यसका लागि वन मन्त्रालयसंग समन्वय र सहकार्य गरी अघि बढेका छौ ।”

उनका अनुसार कालिकित ताललाई पर्यटकीय स्थल बनाउन ३५ करोड ९० लाखको विस्तृत परियोजना प्रतिवेदन बनाइएको छ । यसमा ताल वरिपरि बाटो सहित भ्यूटावर, प्रवेशद्वार लगायतका संरचना निर्माणका कार्य समावेश गरिएका छन् ।

 

यसैगरी किसान मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय पूर्वाधार विकासका लागि २५ करोडको लागत अनुमान गरिएको छ । दुबै क्षेत्रको डिपिआर बनाएर गाउँपालिका बजेट जुटाउन सम्बन्धित मन्त्रालयमा पहल अघि बढाएको अध्यक्ष थापाले बताए ।

“संघीय, प्रदेश सरकार संग पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार र सडकको व्यवस्थाका लागि बजेटको माग गरेका छौं” उनले भने, “गाँउपालिकाले समेत यसमा सहकार्य गर्ने गरी बजेट माग गरिएको छ ।”

कालिकिच ताललाई गत वर्ष प्रवेशद्वार शिलान्यास गरी निर्माण अघि बढाइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि गत वर्ष भीमदत्त नगरपालिका १९ बागफाँटासम्म पुग्न बेल्डाडँडीमा प्रवेशद्वार बनाउन शुरु गरिएको थियो । प्रवेशद्वार निर्माण भएपछि कालिकिताल घुम्न पर्यटक आाउने अपेक्षा गरिएको छ ।

अध्यक्ष थापाले कालिकित तालमा अजिङ्गर, चरा सहित विभिन्न थरीका माछाहरु पाइने बताए । बेल्डाँडी २ मा पर्ने यो ताल ५ किलोमिटर क्षेत्रमा फैलिएको छ । हिउँदमा साइबेरियन चराहरु समेत आउने भएकाले चरा संरक्षणकर्मीहरु बर्सेनी कालिकिच ताल आउने गरेका छन् ।(setikalinews.com बाट साभार)

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआर निर्माणको प्रक्रिया शुरु

  अत्तरिया -अत्तरिया–धनगढीको औद्योगिक करिडोरको गुरुयोजना तथा डीपीआरका निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्ने उक्त क्षेत्रमा योजनावद्ध औद्योगिक विकासका...

कञ्चनपुरमा स्क्रब टाइपसका बिरामीको संख्या बढ्दो, पहिलो चौमासिकमै १५ जनामा संक्रमण

कञ्चनपुरः कञ्चनपुरमा चालु आर्थिक वर्षमा स्क्रब टाइपसका बिरामीको संख्या बढ्दोक्रममा देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कञ्चनपुरमा १५...

स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ जोखिम भत्ता वितरण

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितको परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ जोखिम भत्ता वितरण गरेको...

भोलि चिनियाँ रक्षामन्त्री आउँदै, परराष्ट्रद्वारा सार्वजनिक

काठमाडौं, मंसिर १३ ।  चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आउदै हुनुहुन्च । उहाको भ्रमणबारे...

बैतडीमा बलात्कार लुकाउन एक तोला सुनः छ महिनापछि बाहिरियो घटना

१२ मङ्सिर, बैतडी: एक तोला सुनको प्रलोभनमा सामसुम पार्न खोजेको बलात्कार घटना झन्डै ६ महिनामा सार्वजनिक भएको छ। आरोपितले तमसुक गरेअनुसार सुन नदिएपछि पीडित पक्षले...

आईएमयू नेपालबाट कोभिड–१९ सबै रिपोर्टिंङ

भुवनेश्वरी जोशी १३ मङ्सिर, डोटी । विश्व व्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको मुख्य पाटो स्वाब संकलन र परीक्षण सम्बन्धि काम को विवरण...

स्थानीय तहका प्रशासकीय प्रमुख सरुवा अधिकार प्रदेशलाई दिने तयारी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण गर्न प्रस्ताव गरिँदै छ । स्थानीय...

कञ्चनपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु

कञ्‍चनपुर — भीमदत्त नगरपालिका–२ महोलियामा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । शुक्रबार राति ट्यांकी सफा गर्ने क्रममा उनीहरुको मृत्यु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया