Wednesday, November 25, 2020

बैतडीमा ट्राफिक कर्मचारी अभाब हुँदा समस्या , जिल्ला भरि ९ जनाले सेवा दिदै!

- Advertisement -

बैतडी- बैतडीमा आबश्यक ट्राफिक कर्मचारी नहुदा समस्या भएको छ । अहिले जिल्लामा सडकहरुको तुलनामा आबश्यक ट्राफिक कर्मचारी नहुदा काम गर्न समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

बैतडीमा बि.सं. २०६३ सालमा कायम भएको ९ जनाको दरबन्दी अनुसार कर्मचारी भए पनि अहिले जिल्लामा बिस्तार भएका सडक सञ्जालहरुमा निगरानी बढाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख राजेन्द्र रावलले जानकारी दिनुभएको छ । २०६३ साल यता जिल्लामा दर्जन बढी सडक सञ्जालहरु बिस्तार भएका छन त्यो बमोजिक ट्राफिक प्रहरी परिचालन गर्न समस्या भएको उहाँको भनाई छ ।

अहिले भएको जनशक्ति मुख्य राजमार्गहरुमै पनी अपुग भएको ट्राफिक प्रमुख रावलले बताउनुभयो । अहिले सवारी साधनहरुको बढ िचाप हुनेजिल्लाको गोकुलेश्वर सिल्लेगाडा, खोचलेक, सतँबाज, मेलौली र जुलाघाट लगायतका आधा दर्जन ठाउँहरुमा ट्राफिक प्रहरीको अभाब रहेको बताउदै प्रमुख रावलले त्यी ठाउँहरमा ट्राफिक प्रहरीको उपस्थिति बढाउन सकेमा सवारी दुर्घटना कम हुने बिश्वास ब्यक्त गर्नुभयो ।

यसै बिच जिल्लाका बिभिन्न कच्ची सडकहरुमा जीप ब्यबसायीको मनोमानी चल्ने गरेको छ । ट्राफिक प्रहरीको उपस्थिति नहुदाँ जीप ब्यबसायीहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने र मनपरी भाडा असुल्ने गरेका छन ।

यस्तै बैतडीमा ट्राफिक प्रहरीसगं आबश्यक स्रोत साधनहरुको पनी अभाब रहेको छ । पछिल्लो समय जिल्लामा आबश्यक ट्राफिक कर्मचारी, स्रोत साधनको अभाब र जनचेतनाको कमीले सवारी र्दुघटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले बताएको छ । र्दुघटनाको जोखिमलाई ध्यान नदिएर सार्बजनिक सवारी साधनहरुले क्षमता भन्दा बढी यात्रा बोक्ने, ट्राफिक नियमको पालना नगर्ने र निजि सवारी साधनहरु पनी मनपरी ढगंले सञ्चालन हुदा जिल्लामा सवारी र्दुघटना बढ्दै गएको छ । (जनक साउदले रेडियो बैतडिमा लेखेका छन ।)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी...

काठमाण्डौ – कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५...

खोस्यो पाँच वरिष्ठ चिकित्सक कोरोनाले

कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन्। पछिल्लोपटक गत शनिबार काठमाडौंको ओम अस्पतालका वरिष्ठ जनरल ७८ वर्षीय र्सजन डा। धु्रब...

२७ बर्षिया अंशु गुरुङ व्रिटिश आर्मीको क्याप्टेन बनीन्, क्याप्टेन बन्ने पहिलो...

लण्डन । नेपालकी एक युवती बेलायती सेनाको उच्च तहमा पुगेकी छन् । नेपालको कास्की जिल्ला ‘पोखरा, लेखनाथ महानगरपालिका वडा नम्बर २२ भुम्दी निवासी डेन्टिस्ट...

लिंगालाई मुख्य पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरिने

महेन्द्रनगर, ८ मंसिर । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित लिङ्गा क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । वेदकोट नगरपालिकाले लिङ्गा क्षेत्रलाई नगरकै पर्यटन प्रवद्र्धनको...

देशभर १९८० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८...

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले...

मंसिर ११ र १२ गते देशभर भिटामिन-ए खुवाइने

सरकारले यस वर्ष पहिलो चरणअन्तर्गत बालबालिकालाई भिटामिन–ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गतेलाई तय गरेको छ। मंसिर ११ र १२...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया