Saturday, November 28, 2020

पिसाब पोल्ने समस्या समाधानका ९ घरेलु उपायहरु, जानकारीको लागि सेयर गरौं !

- Advertisement -

पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट,कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् ।

१.बोटैमा पाकेको अर्गानिक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।

२.गाजरको रस साँझ बिहान १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।

३.दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।

४. पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।

५.हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।

६.दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।

७. हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्नाले पनि पिसाब सम्वन्धि रोग निको हुने गर्दछ ।

८.तरकारीमा मेथीको साग सेवन गर्दा पिसाव पोल्ने समस्या कम हुन्छ ।

९ फलफुलमा आलुवखरा,अंगुर पाकेको आँपको रस सेवन गर्नाले पनि पिसाव पोल्ने समस्या कम हुन्छ ।

यो पनि पढ्नुहोसः यो कुरा सुरु भएको थियो २०७४ सालको नयाँ वर्षको दिन। बैशाख १ गते निन्द्राबाट ब्युझिए लगतै देब्रे हतको नाडीमा केही असहज महसुस भएको थियो। खस्रो चिज हातमा कोरिएको थियो, हेर्दा ट्याटुजस्तो देखिने छाम्दा भने कुनै कुरा टाँसिए जस्तो।

बेलुका सुत्दा सामान्य नै रहको हातमा एकाबिहानै आएको अस्वभाविक परिवर्तनसंगै अनौठो अनुभुति भएपनि म डराएँ। छिटो छिटो खाटबाट उठेर बाथरुम पसेर हातमा साबुन लगाएँ। मज्जाले मिचे,पखाले। सो ट्याटु जस्तो चिज पखालिएन, बरु त्यसको रंग चेन्ज भयो।

कालो गोलो घेरा देखियो। गोलो घेरा भित्र रेखाहरु आफसे आफ कोरिन थाले। हेर्दा हेर्दै गोलो आकारको दाँया बाँया घडीको दम जस्ता दुई आकार देखियो। अब घडी जस्तो आकृति प्रस्ट देखियो। घडीको १२ अंकको ठाउँमा एउटा सानो थोप्लो र ६ अंक रहने ठाउँमा अर्को थोप्लो देखे।

हातको अनौठो घडी हेरे। घडीमा देखिएको दुईवटा दाँयाँबाँया रहेका दमजस्ता मध्ये एउटा अलिक बाहिर र अर्को केही भित्र छिरेको जस्तो थियो। बाहुला सारेर त्यसलाई छोपी बानेश्वर तिर लम्के। बानेश्वर चोकमा बाटो काट्नेको भित्र सदा झै बाक्लो थियो। कलेज जान लागेका केटीहरु चर्को स्वरमा गफ गर्दै थिए।

चोकको बिचमा ट्राफिकको सिठ्ठिको आवाज झनै चर्को थियो। धुवाँ, धुलो, कोलाहाल, यो भन्दा त गाउँकै वातावरण ठिक। गाउँसंग तुलना गर्दै मान्छेको भिड भित्र बाटो काट्न उभिरहेको थिए। बाहुला सारेर घडी हेरे। त्यो बाहिर निस्किएको जस्तो दम थिचेझै औलाले धकेलेको मात्र के थिए, त्यो त साच्चै थिचियो, भित्र पस्यो।

यो भित्र पस्नासाथ पहिले दबिएझै रहेको अर्को तिरको दम फुत्त बाहिर आयो। १२ बजे तिर तेर्सिएको रातो सुइ ६ बजेमा झर्यो। निलो सुई १२ तिर तेर्सियो। हरियो सुईमा कुनै हलचल देखिएन। छालाको सहतमा आएको हलचलबाट आँखा उठाए, अर्को अनौठो घट्यो। वरिपरि रहको बाटो काट्नेको भिड गायब! वरिपरि हेरे, डाँडापाखा अनि वनजंगल मात्र।

ती डाँडापाखा अरु कतै नभइ उही पुरानो गाउँको थियो, जुन केही बेर अघि सम्झदै थिए। यताउता डुले, बानेश्वरबाट एकाएक गाउँमा कसरी आइपुगे, केही बुझ्न सकिन। हातको घडी हेरे। घडीको कालो गोलाकार आकार कालो थिएन। बरु चम्किलो सेतो गोलाकार भित्र रातो, निलो र हरियो सुई प्रस्ट थियो। घर भएको ठाउँमा आइपुगे।

अर्को अनौठो भयो। ठाउँ त त्यहि थियो तर त्यहाँ घरको कुनै नामनिशान थिएन। केही बेर बसेर केही परको बजार तिर लागे। बजारमा सबै घरहरु उस्तै छन्। चलहपलह उस्तै छ। मोबाइल निकालेर समय हेरे। मोबाइलमा सवा सात बजेको थियो। बिहान कोठाबाट निस्किदा सात बजेको थियो। त्यहाँबाट बानेश्वर पुग्दा सवा सात भएको हुनुपर्छ।

बाटोकाट्न केही मिनेट बसे, अनि एकाएका गाउँमा पुगेको प्रस्ट याद छ। बजार आइपुग्नु अघि घर हुनुपर्ने ठाउँमा १० मिनेट त बसेको हुदो हुँ। तर मोबाइलमा सवा सात मात्र किन, रहस्यहरुको चाङ एकपछि अर्को थपिदै गयो। (Frommandu.com बाट साभार )

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो धर्म हो त्यसैले एक सेयर गरौं) मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् ।...

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र...

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको...

मंसिर ११ र १२ गते ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’...

बिहीबार र शुक्रबार देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैछ । नियमित कार्यक्रम अन्तर्गत मंसिर ११ र १२ गते भिटामिन ‘ए’ र जुकाको...

धनिया स्वादका लागि मात्र होइन यी रोगको औषधि पनि हो

हाम्रो भान्सामा प्रयोग हुने धनिया स्वादका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । धनियाले विभिन्न रोगको औषधिको रुपमा समेत काम...

सास गन्ध आएर हैरान हुनहुन्छ ? यसो गर्नुहोस् !

सास गन्ध आएर अरुका अगाडि राम्रोसँग कुराकानी गर्नसमेत अप्ठ्यारो स्थिति आउँदा लाजको अनुभव हुने नै भयो । साथै श्वासको गन्धले मानिसको स्वास्थ्य र खानपिनको...

पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य

शरीरमा रहेका विकारहरू निकाल्ने प्राकृतिक तरिका हो पिसाबमोचन । यसको सामान्य रंग फिक्का पहेंलो वा अलिकति गाढा पहेंलो हुनसक्छ । पिसाबको रंग हेरेर  तपाईंले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया