Wednesday, November 25, 2020

डा. केसीले भने मेरो उपचार खर्च म आफैँ बेहोर्छु बरु सरकारले नागरिक प्रतिको कर्तव्य पूरा गरोस् !

- Advertisement -

डा.गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा केसीको उपचार खर्च सरकारले पूरै व्यहोर्ने भनेको थियो।

तर केसीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारलाई आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गर्न भनेका छन्। कोरोना संक्रमण भएर उपचार गराइरहेका डा केसीको उपचार खर्च सरकारले व्यहोर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत सार्वजनिक गरेका थिए। डा केसीले त्यसप्रति विज्ञप्तिमार्फत प्रतिक्रिया जनाएका हुन्।

केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ बाट संक्रमित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् ।

कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्। त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा पर्दछु।‘ चिकित्सा शिक्षा सुधारका अभियन्ता डाकेसीलाई बिहीबार पिसिआर परीक्षण गर्दा संक्रमण देखिएको थियो।

हाल उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार डाक्टर केसीमा ज्वरो रुघाखोकीको समस्या देखिएको थियो।

यस्तो छ विज्ञप्तीको पूर्णपाठ

म कोभिड (१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् ।

कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन् । त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ।

हामीसँग पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए। साथै, त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए।

तसर्थ हामीसँग १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्नुहुन अनुरोध गर्दछु। मेरो स्वास्थ्य लाभको कामना गर्नुभएकोमा फेरि पनि तपाईंलाई धन्यवाद दिन चाहन्छु। ( ktmdainik.com बाट साभार )

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी...

काठमाण्डौ – कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५...

खोस्यो पाँच वरिष्ठ चिकित्सक कोरोनाले

कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन्। पछिल्लोपटक गत शनिबार काठमाडौंको ओम अस्पतालका वरिष्ठ जनरल ७८ वर्षीय र्सजन डा। धु्रब...

२७ बर्षिया अंशु गुरुङ व्रिटिश आर्मीको क्याप्टेन बनीन्, क्याप्टेन बन्ने पहिलो...

लण्डन । नेपालकी एक युवती बेलायती सेनाको उच्च तहमा पुगेकी छन् । नेपालको कास्की जिल्ला ‘पोखरा, लेखनाथ महानगरपालिका वडा नम्बर २२ भुम्दी निवासी डेन्टिस्ट...

लिंगालाई मुख्य पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरिने

महेन्द्रनगर, ८ मंसिर । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित लिङ्गा क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । वेदकोट नगरपालिकाले लिङ्गा क्षेत्रलाई नगरकै पर्यटन प्रवद्र्धनको...

देशभर १९८० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८...

बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलियो

 बैतडीको नेपाल भारत सीमानाका झुलाघाट नाका आजदेखि ५ दिनसम्मका लागी खोलिएको छ । कोरोना महामारीका कारण लामो समयमसम्म नाका बन्द हुदाँ बैतडीका भारतीय पेन्सनरहरुले...

मंसिर ११ र १२ गते देशभर भिटामिन-ए खुवाइने

सरकारले यस वर्ष पहिलो चरणअन्तर्गत बालबालिकालाई भिटामिन–ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गतेलाई तय गरेको छ। मंसिर ११ र १२...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया