Saturday, November 28, 2020

सुखी र खुशी हुनका लागि जान्नैपर्ने गीताका यी ५ उपदेश !

- Advertisement -

अक्सर हामी दिनमा खुसी धेरै हुन्छौ कि दुखी ? अर्थात हाम्रो धेरैजसो समय दुखी भएर बित्छ कि, सुखी भएर ?यसको लेखाजोखा हाम्रो शारीरिक स्वास्थ्य, मानसिक अवस्था, परिस्थिती, वातावरण आदिले गर्छ । शारीरिक र मानसिकसँगै बाह्य कुराहरुले पनि हामीलाई कहिले खुसी बनाउँछ, कहिले दुखी । कोहि चाहदैनन्, दुखी हुन । हामी सबै खुसी हुन चाहन्छौं । र, सधै त्यसको खोजीमा रहन्छौं । मीठो खानाको स्वाद लिएर होस्, पैसा कमाएर होस्, राम्रो लुगा लगाएर होस्, अरुलाई सहयोग गरेर होस्, हामी खुसी हुन चाहन्छौं ।

महाभारत युद्धको रणभूमिमा भगवान श्रीकृष्णले आफ्नो प्रीय पात्र र श्रेष्ठ धनुर्धर अर्जुनलाई गीताको उपदेश दिएका थिए । भगवान कृष्णलाई कलियुगमा हुनेवाला भ्रष्टाचार, वैमनस्य तथा स्वार्थका बारेमा पहिला नै ज्ञान थियो ।यसकारण उनले अर्जुनलाई माध्यम बनाएर यो उपदेश समस्त मानव जातिको कल्याणका लागि दिए । धर्मको मार्गमा लागेर पनि मनुष्यले कसरी आफ्नो जीवनको सारा समस्या हटाउन सक्छ उनले यो बताएका छन् ।यसका लागि ५ उपदेश दिएका छन्–

१. कर्म गर्नेमाथि नै अधिकार

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि ।।
भावार्थ– तिम्रो अधिकार कर्म गर्नुमा नै छ । त्यसको फलमा होइन । अतः तिमीले फलको इच्छा बिना नै कर्म गर्नु जरुरी छ ।
जसको अर्थ हुन्छ– जो मानिस भविष्यको चिन्ता गरे बिना वर्तमानमा रहेर मात्र आफ्नो काममा केन्द्रीत हुन आवश्यक छ । यदी वर्तमानमा मेहेनत र लगनशिल भएर काम गरेको खण्डमा भविष्यमा त्यसको सुफल नै प्राप्त हुन्छ ।

२. जसले द्वेष गर्दैन

यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति ।
शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः ।।
भावार्थ– यस्ता मानिस जो न कहिल्यै अति हर्षित हुन्छन्, न द्वेष गर्छन न शोक गर्छन् । र जो न कामना गर्छन् र शुभ र अशुभ सम्पूर्ण कर्मका त्यगी छन् त्यस्ता भक्तियुक्त मानिस मलाई प्रिय छन् ।अर्थात– कुनै पनि अति विशिष्ट कार्य हुँदा हामीले अति हर्षित हुने कुराबाट बच्न जरुरी छ । यसो गर्नाले गल्ती हुने आशंका बढ्छ । अरुलाई जलन हुने कुनै काम गर्नु हुँदैन ।

३. कर्म जरुरी

न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ।।
भावार्थ– निसन्देह कुनै पनि मुनुष्य कुनै पनि समय बिना कर्म बस्न सक्दैन । किनकी मखुष्य समुदाय प्रकृति जनित गुणद्वारा कर्म गर्नका लागि बाध्य छ । जसको अर्थ हरेक मनुष्यका लािग धर्तीमा कुनै न कुनै कार्य मौजुद छ । जुन कार्य गर्नका लागि उ बाध्य पनि छ । प्रत्येक व्यक्तिमा कुनै न कुनै खुबी वा प्रतिभा छ । मात्र जरुरी छ कि आफूभित्र रहेको खुबीलाई पत्ता लगाएरु कार्य गर्नु ।

४. जसले इन्द्रियलाई रोक्छ

कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन्।
इन्द्रियार्थान्विमूढात्मा मिथ्याचारः स उच्यते।।
भावार्थ– मन्दबुद्धि भएको मनुष्य समस्त इन्द्रियलाई हठपूर्वक रोक्छ । मनबाट ति इन्द्रियका विषयमा चिन्तन गर्छ त्यो मिथ्याचारी अर्थात दम्भी हुन्छ । यसको अर्थ हुन्छ यस्तो व्यक्ति जो आफ्नो इन्द्रियमाथि केवल माथिजबाट नियन्त्रण गरेको देखाउँछ र भित्रबाट उसको मन चलायमान हुन्छ यस्तो व्यक्ति झुठा र कपटी मानिन्छन् ।

५. परमात्मलाई सच्चा मनले स्वीकारर्नु

एतां विभूतिं योगं च मम यो वेत्ति तत्त्वतः।
सोऽविकम्पेन योगेन युज्यते नात्र संशयः।।
जो पुरुष मेरो यर परमैश्वर्यरुप विभूतिको र योगशक्तिको तत्वले जान्दछ उ निश्चल भक्तियोगबाट मुक्त हुन्छ । यसमा कुनै सन्देह छैन ।अर्थात जो व्यक्ति ईश्वर शक्तिलाई सच्चा मनले स्वीकार गर्छ र परमात्मामा पूरै आस्था राख्छन् भगवान उसलाई नराम्रो हुन दिँदैनन् ।  ( urlabarinews.com बाट साभार )

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन, जीवनलाई हुन्छ नोक्सान

सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ।...

खाना हातले खानु राम्रो कि चम्चाले ?

हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् ।पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो ।तर बिस्तारै...

ग्याँ’स चु’ल्हो फो’होर भएर है’रान हुनुहुन्छ ? यसरी चम्का’उनुहोस्।

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्या’स चु’ल्हो । खा’ना प’काउनेदेखि पानी त’ताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भा’न्साको स’फाई गर्नु र...

विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अवस्य पढ्नु होला

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई...

कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ५ पुग्‍यो

काठमाडौं:  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने...

सुनौलो रङ्गको नाग देवताको दर्शनले मात्रपनि तपाईको भाग्य खुल्छ रे (ॐ...

मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया