सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्तन क्यान्सरका लक्षण, कसरी बच्ने, कसरी घरैमा अनुमान गर्ने ? बेलैमा उपचार भए निको हुन्छ !

स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुन सक्छ।स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ ।

साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन् तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ। क्यान्सर हुने प्रकृतिका ट्युमरले नजिकका तन्तु नष्ट गर्छन् । ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन् । त्यसलाई शल्यक्रिया गरेर हटाए पनि फेरि उत्पन्न हुन सक्छन्।स्तन क्यान्सर प्रायः दूध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ ।

स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ। महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । पहिलो पाठेघरको मुखको क्यान्सर हो । क्यान्सरका कारण हुने महिलाको मृत्युमा पनि स्तन क्यान्सर दोस्रो नम्बरमै छ ।

World Link Ads
Mahakali Polytechnic

स्तन क्यान्सरका लक्षण

नदुख्ने गाँठो आएमा, स्तनको मुन्टाबाट रगत बगेमा, स्तनको मुन्टा भित्र जान थालेमा, छालामा निको नहुने घाउ आएमा, काखीमा गाँठागुँठी आएमा, स्तनको रङ परिवर्तन हुन थालेमा । आदि ।

स्तन क्यान्सरका कारण

स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे पनि निम्न कारणहरूलाई जोखिम मानिएको छः

वंशाणुगत (रगतको नातामध्ये आमा, दिदी, बहिनी, छोरी कसै एकमा भएमा) कारण स्नत क्यान्सर हुन सक्छ । करिब १० प्रतिशतमा वशांणुगत कारणले स्तन क्यान्सर हुन्छ । हर्मोनहरुमा गडबडी हुनाले पनि स्तन क्यान्सर हुन सक्छ ।नियमित मदिरा सेवन गर्ने महिलामा । परिवार नियोजनका साधान पिल्सहरु प्रयोग गर्ने महिलामा क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ ।जिनमा खराबी आएमा पनि क्यान्सर हुन सक्छ । दूध खुवाउने महिलाले बच्चालाई दूध खुवाएनन् भने पनि क्यान्सर हुन सक्छ । महिनावारीको गडबडी छ भने पनि स्तन क्यान्सर हुन सक्छ । बच्चा नभएका महिलालाई स्तन क्यान्सरको जोखिम हुन्छ । बढी उमेरमा बच्चा जन्माउने महिलालाई स्तन क्यान्सरको सम्भावना हुन्छ ।

स्तन क्यान्सर चालिस वर्ष भन्दा माथिका महिलाहरुलाई हुने संभावना बढी हुन्छ । तर, अहिले कम उमेरको महिलामा पनि स्तन क्यान्सरको जोखिम बढेको छ । विभिन्न कारणहरुमा सानै उमेरमा महिनावारी सुरु भएका र ढिलो उमेरसम्म हुनेलाई पनि स्तन क्यान्सर हुने सम्भावाना रहन्छ । स्तन क्यान्सर हर्मनमा निर्भर हुने भएकाले र महिनावारी हर्मनसँग सम्बन्धित भएका कारण लामो समयसम्म हर्मोनसँग एक्स्पोज हुँदा क्यान्सर हुने खतरा रहन्छ । यसैगरी बच्चा नभएका, पहिलो बच्चा ३० वर्षभन्दा पछि जन्माउनेहरुमा पनि जोखिममा हुन्छ ।

स्तनको सौन्दर्य गुम्ने चिन्ताले वा दूध नआएर र अरु कुनै बाध्यताले सन्तान भएपनि कतिपयले स्तनपान गराउँदैनन् । यो समूहका महिलालाई पनि स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । करिब १० प्रतिशतमा वशांणुगत कारणले स्तन क्यान्सर हुन्छ । यदि परिवारमा आमा वा दिदीबहिनीलाई छ भने उक्त परिवारका अन्य महिलालाई हुने सम्भावना बढी हुन्छ ।यसैगरी हर्मनयुक्त औषधि खाने, परिवार नियोजनका औषधि लामो समय सेवन गर्ने, हर्मन रिप्लेसमेन्ट पिल (एचआरटी) सेवन गर्नेलाई पनि स्तन क्यान्सर हुने खतरा अन्य महिलाको तुलनामा बढी हुन्छ । मोटोपन, धुमपान, मद्यपान पनि यसका कारक हुन् ।

साथै, विवाह नगरेका, बच्चा नजन्माएका, बच्चा पाएर स्तनपान नगराएका र पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा पनि स्तन क्यान्सर जोखिम उच्च हुने चिकित्सकको भनाइ छ ।स्तनमा गिर्खा हुनु, स्तनको आकारमा परिवर्तन, मुन्टाबाट रगत वा पिप बग्नु, स्तनको छालामा सुन्तलाको बोक्रामा जस्तो स–साना प्वाल देखिनु, मुन्टा भित्र धसिनु आदि स्तन क्यान्सरका लक्षण हुन्। यस्ता लक्षण देखिइसक्दा पनि दुखाइ भने प्रायः नहुने भएकाले स्तन क्यान्सरले धेरैलाई झुक्याउने डा सुजाता हिराचन बताउनु हुन्छ ।

बच्ने कसरी ?
स्तन क्यान्सर बाट बच्न धूम्रपान नगर्ने, चिल्लो तथा बोसोयुक्त खाना कम खाने, तौल नियन्त्रणमा राख्न नियमित ब्यायाम गर्ने र बच्चा जन्मिएपछि नियमित स्तनपान गराउनुपर्छ । प्रांगारिक फलफूल, सागसब्जी र रेसादार खानाले सबैखाले रोगबाट बचाउँछ । समय समयमा चेक जाँच गराउने गर्नुपर्दछ ।

Sana Kishan

स्वस्थ भएर लामो आयु बाँच्न बिहान के गर्न हुदैन र के गर्नु पर्छ ?

नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले त स्वास्थ्यलाई कैयौँ फाइदा पु¥याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ समस्याबाट पनि बच्न सकिन्छ । विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ ।

यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ । शहरी क्षेत्रका धेरै मानिस हिँड्न मन गर्दैनन् । यस्तो बानीले शरीरलाई वेफाइदा मात्र पु¥याउने नभई कालान्तरमा विभिन्न खालका रोगको सिकार पनि बन्नुपर्ने हुन्छ । यदि दिनको समयमा व्यस्त रहे तापनि बिहानको समयमा हिँड्दा राम्रो हुन्छ ।

यस्ता छन्, बिहानमा हिँड्नुका फाइदा

१. दैनिक रूपमा हिँड्ने बानीले तनाव पनि मुक्त गर्ने काम गर्छ । नियमित हिँड्ने बानीले सकारात्मक सोचको पनि विकास गर्दै लैजान्छ ।

२. दैनिक रूपमा हिँड्दा शरीरका हड्डी, खुट्टा, पेट तथा पाखुराका मांसपेशी मजबुत बन्दै जान्छन् । त्यस्तै, ढाड, जिउ दुख्नेजस्ता समस्या पनि बिस्तारै कम हुँदै जान्छ ।

३. विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ । यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ ।

४. कतिपयमा रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि उनीहरू विभिन्न अस्पताल पनि धाइरहेका हुन्छन् । तर, बिहानको समयमा दैनिक १ घण्टा हिँड्ने बानीले अनिद्राको समस्यालाई पनि दूर गर्दै लैजान्छ ।

५. यति मात्र होइन, बिहान हिँड्नुका अरू पनि थुप्रै फाइदा छन् । बिहानको हिँडाइले श्वासप्रश्वास प्रणालीमा सुधार ल्याउने काम गर्छ । हिँड्दा श्वासप्रश्वासको गति बढ्छ र शरीरका नसाहरूमा राम्रोसँग अक्सिजन पुग्ने गर्छ । यसो हुँदा शरीरमा रहेका विकार तत्व सजिलै हट्नुका साथै शक्तिसमेत वृद्धि हुँदै जान्छ ।

६. मानिसलाई विश्वास नलाग्न सक्छ, तर मर्निङ वाकले स्मरण शक्तिको पनि विकास गर्छ ।

नोटः माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।  (urlabarinews.com बाट साभार )

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.