सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धरानमा कोरोना संक्रमणबाट १९ वर्षीया युवतीको मृत्यु !

धरान- कोरोना भाइरसको संक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका ५ की एक युवतीको धरानमा उपचारका क्रममा मृत्यु भएको छ।

धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा १९ वर्षीया सङ्क्रमित युवतीको मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शुक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

शुक्रबारै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । शनिबार उपचारको क्रममा उनको मृत्यु भएको हो ।

Dirghayu Ads

यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । ( khabardarinews.com बाट साभार )

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.