सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महानायक राजेश हमाल र दुर्गेश थापा एकै भिडियोमा देखिदै !

प्रायः विवा दमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापासंग महानायक राजेश हमालले म्युजिक भिडियो खेलेका छन् । लकडाउन यता राजेशको उपस्थिति म्युजिक भिडियोमा बाक्लिदो छ ।

केही समयअघि आफुले खेल्ने एक भिडियोमा राजेशले विवा दमा नपरेको नायिका छानेको भन्ने खबर सार्बजनिक भएको थियो । तर, यतिबेला भने बारम्बार विवा दको झ मेलामा परिरहने दुर्गेशसंग ठुले दाइ र साने दाइ भन्दै अभिनय गर्दैछन् ।

बिष्णु माझी र आरसि सापकोटाको स्वरमा रहेको सल्लैको धुपै राम्रो बोलको गीतमा यी २ एकसाथ देखिदै छन् भने संगै टिकटकर तथा मोडल गरिमा शर्मा र शिक्षा संग्रौला पनि यो गीतको भिडियोमा फिचर्ड भएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पार्क भिलेज रिसोर्टमा तामझाम सहित छायांकन गरिएको भिडियोको गीतमा रमेश परियारको शब्द संगीत रहेको छ ।

Dirghayu Ads

भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन् भने राजेश संग फिचर्ड हुने मोडलहरु दुर्गेश, गरिमा र शिक्षाले बालापनको दिन सम्झिदै उनलाई सम्मान गरेका छन् ।

जुन कुरा उनिहरुको फेसबुक पोस्ट हेर्दा बुझ्न सकिन्छ । छायांकन सम्पन्न भिडियोलाई काजिश श्रेष्ठले निर्देशन तथा कोरियोग्राफर गरेका छन् । भिडियो केही समयपछि सार्बजनिक हुने निर्माण युनिटले बताएका छन् ।  (gnewsnepal.com बाट साभार )

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.