Tuesday, November 24, 2020

जाडो समयमा यसकारण पर्छ बढी चाया, यी हुन् चाया हटाउने घरेलु उपाय ! जानी राखौं ।

- Advertisement -

सुन्दर र आकार्षक देखिने चाहना सबैलाई हुन्छ। मानिसको सौन्दर्यताको प्रतिक कपाल पनि हो। कपालले मानिसको सौन्दर्यता बढाउँछ । तर जोडोको समयमा कपालमा पर्ने चायाले सबैलाई सताउँछ । छिट्टै कपाल चिल्लो हुने र सेतो चाया कालो कपालभरी देखिदा मानिसहरु दिक्क हुन्छन् ।

सामान्यतया कपालमा गर्मीको समयमा भन्दा पनि जाडोको समयमा बढी चाया देखिन्छ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई चाया भन्ने गरिन्छ । राम्रो सरसफाइ नभएमा पनि चाया पर्ने गर्छ । सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना हुन्छ ।

कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ । शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।

त्यस्तै, सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ । लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ । सरसफाइ र सन्तुलित भोजनले चाया हटाउन ठूलो भूमिका खेल्छ । भिटामिनयुक्त खाना, नियमित रूपमा कपाल नुहाउँदा, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्दा चायाको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पु¥याउनुपर्छ । चायाको समस्यालाई शतप्रतिशत निको पार्न गाह्रो छ । तर, यसको असरलाई कम गर्न भने त्यति गाह्रो छैन । तर, चायाले तालु रातो हुने, चिलाउने र रगत बग्ने, पोल्ने र छाला खुइलिने जस्ता समस्या हुन्छ ।

चाया निको पार्ने उपायः टाउकोमा चाया पर्न नदिन टाउकोको नियमित सरसफाई गर्नपर्दछ । साथै सन्तुलित भोजन र फलफूलको सेवनले पनि टाउकोमा चाया पर्नबाट जोगाउछ । पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खाना खाने गरेमा समेत चायाको समस्या घटेर जान्छ । नियमित रुपमा कपाल नुहाउने, जेल वा हेयर क्रिमको सट्टा राम्रो तेलको प्रयोग गरे चायाको समस्या हट्नेछ ।

चाया हटाउने घरेलु उपाय
– एक चम्चा माटोमा गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५र२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया जान्छ ।

–अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया जान्छ । –रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ । –करिव ५ वटा कागती काटेर २ लीटर पानीमा उमाल्नुस र चिसो भइसकेपछि कपाल धुनुस तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ ।

–एलोभेराको रस निकालेर कपालमा दल्नुस र आधाघन्टा जति राखेर पखाल्नुस चाया हटेर जान्छ ।–दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया निख्रन्छ । –सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्नुस । एक दिन बिराएर यसो गर्न सकेमा तपाइको टाउकोबाट चाया पूर्णरुपले हराएर जान्छ ।

–ग्लीसीरिन र गुलाव जल मिलाएर राख्नुस र हरेक दिन नुहाउने बितिक्कै अलिकति दल्ने गर्नुस तपाईको कपालबाट चाया हराएर जान्छ । –नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराएर जान्छ । – एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चाया हट्छ (frommandu.com बाट साभार )

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

के तपाईंलाई अरुभन्दा बढी जा’डो हुन्छ ? कतै यो रो’गको ल’क्षण...

जाडोयाम आइसकेको छ । को’रोनाभा’इरससँग पूरा संसार जुधिरहेको छ । यस्तोमा हामीले थप स’तर्क रहन आवश्यक छ । को’रोनाभाइर’सले सबैभन्दा धेरै हाम्रो रो’ग प्रतिरो’धी...

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ...

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल के गर्ने ? अक्सर हाम्रो मनले भन्छ, ‘होइन, किन फ्याक्ने । अर्को पटक फेरी काम लाग्छ ।’...

मंसिर ११ र १२ गते देशभर भिटामिन-ए खुवाइने

सरकारले यस वर्ष पहिलो चरणअन्तर्गत बालबालिकालाई भिटामिन–ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गतेलाई तय गरेको छ। मंसिर ११ र १२...

छा’तीमा क’फ ज’मेर भित्र भित्रै थाहा नै नभई हुनसक्छ नि’मोनिया। घरेलु...

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ । कसैलाई रु’घा...

केही घण्टा मै यसरी सफा गर्नुहोस कलेजो,अहिलेसम्म रक्सिले बिगारेको कलेजोलाइ २०...

काठमाडौँ । सबै खालका बिराम चैट गर्नुछ । आज हामीलाई ध्यान दिनुहोस् । तपाईका लागि यो सामाग्री बहुउपयोगी हुन सक्छ । हामी सबैलाई थाहा...

जति उपचार गर्दा पनि ग्यास्ट्रिकले छोडेको छैन?आन्द्रामा यस्ता घाउ हुन भन्दा...

काठमाडौँ । “भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ ।” खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास...

जाडो महिना : बालबालिकाको हेरचाह कसरी गर्ने

चिसो ह्वात्तै बढेको छ । देशभरको मौसममा आएको अदलबदलका कारण धेरैलाई मौसमी रुघाखोकीले सताएको छ । कोरोनाको त्रासकाबीच मौसमी फ्लू भएका मानिसहरु पनि निकै...

जा’डोमा क’ब्जियतको सम’स्याले है’रान पारेको छ ? के खाने के नखा’ने...

आधुनिक जीवनशैली र अ’व्यवस्थित आ’हार–वि’हारले अधिकांश मानिसहरु कब्जि’यतको शि’कार हुने गरेका छन् । कब्जि’यत नै अन्य पा’इल्स, फि’स्टुला, फि’सरजन्य रो’गको कारक समेत बन्न जान्छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया