धर्मानन्द भट्ट
आउछन् आउन त अनेक चाड– तिहार के गर्नु
हुँदैन कहिल्यै मनमा उज्यालो, आकार के गर्नु
सबै जमघट होलान गाउँघरमा राम्रै होला भन्छु,
एकातिर भइन्छ आफू, एकातिर घरबार के गर्नु
अरुका लागि मनाउनु पर्छ जहिल्यै पनि किन?
कहिल्यै हुँदैन मनको सोचेको, सरकार के गर्नु
तिमीले धेरै आशा नगरेको राम्रो यसपटकलाई,
सधैँ झैँ अहिले नि रित्तो छ, माहुरीको घार के गर्नु
म सोचिरहन्छु तिमीले नि सोचे त हुने ए नेता,
जहिल्यै खानको लागि मात्र, मारामार के गर्नु
सबैतिर झिलिमिली हुँदा मेरोमा किन अन्धकार,
सोचिन्छ कहिले काहीँ यस्तै रहेछ, संसार के गर्नु (aksherpati.com बाट साभार )