सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

२ घण्टा सम्म अस्पतालको पेटिमा गर्भवती प्रसव पिडाले चिच्याउँदै छटपटाउँदा पनि अस्पतालले भर्ना लिएन, यसरी सडकमै जन्मियो बच्चा

एजेन्सी । कोरोनाका कारण अहिले अन्य रोगका कारण धेरै मानिसले ज्यान गुमाएका छन् । नेपालमै गर्भावस्थामा ज्यान गुमाउने आमाहरुको संख्या पनि अन्य अवस्थामा भन्दा बढी छ । यस्तै अवस्था भारतमा पनि छ । कोरोनाका कारण अस्पतालले अन्य रोगका विरामीको पनि भर्ना लिन नमान्दा अनाहकमा ज्यान गुमाउनु परेको छ ।

कोरोनाको रिपोर्ट नआउँदा सम्म चिकित्सक विरामीको नजिक नै नपर्ने र उपचार समेत नहुने भएपछि अन्य रोगका कारण ज्यान जानेको संख्या बढेको हो । हालै यस्तै अवस्था दर्शाउने एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । सुत्केरी व्यथाले च्यापेपछि अस्पताल लगिएकी गर्भवतीलाई अस्पतालले भर्ना लिएन । ति महिला प्रशव पीडाले २ घण्टा सम्म अस्पतालकै अगाडी चिच्याइरहिन् ।

भारतको राजस्तानस्थित बासवान्डा जिल्लाका कान्तुका पति मानसिंहले आफ्नी गर्भवती पत्निलाई लिएर अस्पताल लगेका थिए । तर उनको भर्ना नै लिइएन । उनका पतिले अस्पतालसँग गरेको लाखौँ विन्ती काम लागेन र गाउँको प्राथमिक स्वास्थ केन्द्रमा बसेका स्वास्थ्यकर्मीले उनको कुरा सुनेनन् । उनीहरुले स्वास्थ्य परिक्षण नै नगरी जिल्ला अस्पताल लैजान रेफर गरे ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कान्तुलाई अस्पताल सम्म लैजाने अवस्था पनि थिएन । को स्वास्थ्य अवस्था बिग्रिदै गयो । सुत्केरी ब्यथाले च्यापेकी कान्तुले करिब २ घण्टासम्म चिच्याएपछि सडकमा नै वच्चालाई जन्म दिएकी छन् । घटना हो सोमबार रातीको हो । महिलाले सडकमै बच्चा जन्माएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।

Dirghayu Ads

सोमबार राती करणघाटी गाउँको प्राथमिक स्वास्थ केन्द्रबाट जिल्ला अस्पताल रेफर गर्दा एम्बुलेन्स समेत नपाएका उनका पति यता र उता भौतारिरहेका थिए । तर २ घण्टाको संघर्ष पछि उनकी पत्नीले प्राथमिक स्वास्थ केन्द्रको सडक पेटीमा शिशुलाई जन्म दिइन् । महिला यसरी पीडामा चिच्याइरहँदा त्यहाँका कर्मचारी र स्वास्थ्यकर्मी रमिता हेरेर बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.