Saturday, November 28, 2020

तिहार सुरु भएकै दिन जिवनभर भुल्न नसकिने पीडा, अब कहिल्यै तिहार नआए हुन्थ्यो !

- Advertisement -

तिहार सुरु भएकै दिन बस दुर्घटनामा परेर बैतडीमा ९ जनाको निधन भएपछि तिहार खल्लो भएको छ। निधन भएका परिवारका सदस्यका लागि अब तिहार कहिल्यै नआए हुन्थ्यो जस्तो भएको छ । तिहारमा अन्य घरमा रमाइलो हुँदा निधन भएका परिवारका सदस्य र घाइतेको अवस्था हेर्न नसकिने छ ।

जिल्लामा शोकमग्न वातावरण भएकाले यो वर्षको तिहार निकै खल्लो भएको यातायात व्यवसायी हरिश विष्टले बताए। ‘म आँफै पनि यातायात व्यवसायी हुँ। आफू बस्ने ठाउँ नजिकै बस दुर्घटना भएपछि उद्धारमा खटिएँ’, उनले भने, ‘त्यो दृश्य देख्दा मलाई अहिले पनि नरमाइलो लागिरहेको छ। त्यो पी डा भुल्नै सकिदैन्। यो दुर्घटनाले तिहारको कुनै रमझम छैन्।’

बस दुर्घटनामा आफ्नो वडाका साथीहरुको ज्यान गएपछि तिहारको कुनै रौनक नभएको दोगडाकेदार गाउँपालिका ६ का भोजराज जोशीले बताए। ‘चाडपर्वको मुखमा भएका यस्ता घटनाले चाडपर्वको कुनै रौनक रहेन’, उनले भने, ‘पुरै गाउँ शोकमग्न छ। यो वर्षको तिहार पुरै खल्लो भएको छ।’

बैतडीमा भएको बस दुर्घटनाले यो वर्षको तिहार मात्रै नभएर मृ त कका परिवारका हरेक चाडपर्वलाई खल्लो हुने वातावरण बनाएको छ।

दुर्घटनामा साथीहरु गुमाउँदाको पी डा निकै दर्दनाक भएको स्थानीय शैलश धानुकले बताए। उनले भने, ‘संगै पढेका साथीहरु पनि यो दुर्घटनामा हामीले गुमायौं। यो वर्षको तिहार निकै खल्लो भएको छ। यो तिहारमा कुनै उमंग छैन्।’

जिल्लामा भएको बस दुर्घटनाले चाडपर्वका बेला नरमाइलो वातावरण भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। उनले भने, ‘यो वर्ष एकातिर कोरोना भाइरसको महामारीले चाडपर्व त्यस्तो खासै मनाउन पाइएको छैन्। अर्कोतिर यो घटनाले जिल्लावासीलाई दुःखी बनाएको छ।  अन्नपुर्णपोष्टमा भगीरथ अवस्थीले समाचार लेखेका छन ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिने

सरकारले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सगरमाथाको नयाँ उचाइ यसै महिना सार्वजनिक गर्ने भएको...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी...

काठमाण्डौ – कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५...

खोस्यो पाँच वरिष्ठ चिकित्सक कोरोनाले

कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन्। पछिल्लोपटक गत शनिबार काठमाडौंको ओम अस्पतालका वरिष्ठ जनरल ७८ वर्षीय र्सजन डा। धु्रब...

२७ बर्षिया अंशु गुरुङ व्रिटिश आर्मीको क्याप्टेन बनीन्, क्याप्टेन बन्ने पहिलो...

लण्डन । नेपालकी एक युवती बेलायती सेनाको उच्च तहमा पुगेकी छन् । नेपालको कास्की जिल्ला ‘पोखरा, लेखनाथ महानगरपालिका वडा नम्बर २२ भुम्दी निवासी डेन्टिस्ट...

लिंगालाई मुख्य पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरिने

महेन्द्रनगर, ८ मंसिर । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित लिङ्गा क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । वेदकोट नगरपालिकाले लिङ्गा क्षेत्रलाई नगरकै पर्यटन प्रवद्र्धनको...

देशभर १९८० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया