Sunday, November 29, 2020

जो तिहार मनाउन श्रीमती र छोराछोरीसंगै हिंडेका थिए !

- Advertisement -

बैतडी- दशरथचन्द राजमार्गअन्र्तगत पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राती बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए । त्यसमा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका २÷२ जनाको मृत्यु भयो ।

बैतडीका मृत्यु हुने सबै तीन जना एउटै गाउँका रहेका छन् । यस्तै सात जना घाइते पनि भए । उनीहरु तीनै जना दोगडाकेदार गाउँपालिका–६ सित्तडका हुन्् । मृत्यु हुने तीनै जना २५ वर्षदेखि ३० वर्षमुनिका युवक छन् । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक कविन्द्रप्रसाद जोशी, नेपाल प्रहरीका जवान रणबहादुर चन्द र करनसिंह ऐरी छन् ।

मृत्यु हुने तीनै जनाका श्रीमती र छोराछोरी पनि सँगै बसमै सवार थिए । उनीहरु घाइते अवस्थामा बाचेका छन् । तीन जनाको मृत्यु र सात जना घाइते भएपछि दोगडाकेदार गाउँपालिकाले दुख व्यक्त गरेको छ । गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले एक शोक वक्तव्य निकालेर दुख व्यक्त गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “उक्त घटनाले गाउँपालिका परिवार मर्माहत र शोकमा डुबेको छ, मृतकप्रति श्रद्धाञ्जलीका साथै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।”

तिहारको समयमा भएको दुर्घटनाले जिल्लामै खल्लो वातावरण भएको छ । चाडपर्वको समयमा धेरै जना आफन्तहरुको भेटघाटमा गईरहेका थिए । यो घटनाले सबैलाई दुखित तुल्याएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । उनले भने, ‘चाडपर्वको बेला भएको दुर्घटनाले सबैलाई झस्काएको छ । ९ जनाको ज्यान जाने गरी भएको घटनाले सिंगो जिल्ला शोकमग्न भएको छ ।’

दुर्घटना परी बैतडीको दोगडाकेदार ६ सित्तडका २५ बर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ बर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम ४ का र्तकराज गिरीको मृत्यु भएको छ ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका १० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी र धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको छ ।

सो दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।  (manakamanadaily.com बाट साभार)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मिसन नेपालको कंचनपुर जिल्ला संयोजकमा बोहरा र कोषाध्यक्षमा पन्त     ...

कंचनपुर , महेन्द्रनगर                                          मिसन...

सडक दुर्घटना प्रहरीका हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुर– पुर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कञ्चनपुरको दैजीमा आईतबार भएको सडक दुर्घटनामा नेपाल प्रहरीका हवल्दारको मृत्यु भएको छ। शुक्लाफांटा नगरपालिका घर भई झोलुगें प्रहरी...

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया