सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भगवान शुर्यदेवको दर्शन गरी हेर्नुस् ०७७ कार्तिक ३० गते आइतबारको राशिफल !

वि.सं.२०७७ साल कार्तिक ३० गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–औशी,१२ घडी ३३ पला,बिहान ११ बजेर २७ मिनेट उप्रान्त प्रतिपदा ।   नक्षत्र–विशाखा,३२ घडी ०६ पला,बेलुकी ०७ बजेर १६ मिनेट उप्रान्त अनुराधा । योग–शोभन । करण–नाग,बिहान ११ बजेर २७ मिनेट उप्रान्त किंस्तुध्न,बेलुकी १० बजेर १८ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–तुला,दिउसो १ बजेर ४० मिनेट उप्रान्त बृश्चिक ।

काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २६ घडी ४९ पला । म्ह पूजा । गाई –गोरु तिहार ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पर्यटन सम्वन्धी व्यावसायमा सामान्य चहलपल हुनेछ । पारिवारिक माहोलमा दिन वित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नी विचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । साझपख समय मध्ययम रहेकोले भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नोकरीमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै अगाडी बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्वन्धी समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउको भ्रमण गरी रमाउने योग रहेकोछ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्ययम रहेकोले खानपानमा बिशेष ध्यान दिनुहोला, पेट सम्बन्धी समस्या आउन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दि आउनेछ । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । मध्यान्हबाट समय उत्तम रहेकोले आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । मन परेको मानिसबाट उपाहार प्राप्त हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईँको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाँफा हुने हुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाई तथा छिमेकी सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । साझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपार्ईँको निर्णय तपार्ईँ आफैलाई आत्मघाती हुनसक्छ । आफन्त,साथिभाई तथा कुटुम्वसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

Sana Kishan

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा लगानी गर्दा पछिसम्म आम्दानी भैरहनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्र्ईँँले गरेको काम समयमा सम्पन्न हुने हुदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग हर क्षेत्रमा रहने योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्वन्धीत कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आम्दानिको तुलनामा खर्च कम हुने हुँदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने पैत्रिक धन सम्पतीको परिचालनको माध्ययमबाट मनग्गे लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विषेश सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रसस्त नाँफा कमाउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनि क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामगर्दा ख्याल गर्नुहोला काममा सपोर्ट गर्नेभन्दा फसाउने मानिसहरु हावि हुनेछन् । नीति नियमको बेवास्ता गर्दा राज्यलाई दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ,सचेत रहनुहोला । बनेका योजनाहरु बौद्धिकताको कमिले लागुगर्न नसक्दा बन्न लागेका कामहरु अलपत्र हुनेछन् । धार्मिक तथा तिर्थ स्थलको यात्रा गरी मनलाई शान्त पार्न सकिनेछ । माया प्रेममा अरुकै नकारात्मक टिप्पणिले गर्दा मनमुटाब बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बाटो हिड्दा वा सवारि चलाउदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानीसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्तविच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला । (upaharkhabar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.